पर्सा । नेपाल विद्युत् प्राधिकरणले साँझको समयमा वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा दैनिक चार घण्टा विद्युत् कटौती गरेपछि उद्योगी व्यवसायी समस्यामा परेका छन् । प्राधिकरणले मागअनुसारको विद्युत् आपूर्ति गर्न नसकेपछि औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’ भएको हो । प्राधिकरणले अहिले साँझको ५ देखि ९ बजेसम्मको ‘पिकआवर’मा औद्योगिक कोरिडोर क्षेत्रमा विद्युत् कटौती गर्दै आइरहेको छ ।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले प्राधिकरणले विद्युत् कटौती गरेसँगै कोरिडोरका उद्योगले आफ्नो क्षमताअनुसार उत्पादन गर्न नसकेको बताए ।
“पछिल्लो एक महिनादेखि नेपाल विद्युत् प्राधिकरणले वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा अवस्थित उद्योग प्रतिष्ठानमा विनासूचना विद्युत् कटौती गर्दै आएको छ,” उनले भने, “पर्सा–बारा औद्योगिक कोरिडोरका उद्योगहरुले विभिन्न समस्या खेपिरहेकै बखत विद्युत् कटौतीको समस्या झेल्नु पर्दा उद्योगीहरु मर्कामा परेका छन् ।”
यसैबीच, सङ्घले प्रेस विज्ञप्ति जारी गरेर अघोषित लोडसेडिङका कारणले उद्योगधन्दा सञ्चालनमा अप्ठेरो परेको जनाएको छ । “विद्युत् कटौतीको बेला डिजेल प्लान्टबाट उद्योग सञ्चालन गर्नुपर्दा उत्पादन लागत बढ्न गई उद्योगहरुले आफ्नो प्रतिस्पर्धात्मक क्षमता गुमाउँदै गएका छन् । त्यस्तै साना उद्योगहरुले विद्युत् कटौतीको बेला डिजी सञ्चालन गर्न सक्ने अवस्था नभएकाले उद्योग नै बन्द राख्नुपर्ने अवस्था रहेको छ”, विज्ञप्तिमा उल्लेख छ ।
सङ्घले वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा अवस्थित औद्योगिक फिडरमा २४ घण्टामा १४÷१५ पटकसम्म ट्रिपिङ भइरहेको कारण औद्योगिक उपकरण बिग्रनाका साथै कच्चापदार्थ नोक्सान भएको जनाएको छ । अध्यक्ष अग्रवालले विद्युत्को समस्यालाई तत्कालै सम्बोधन गर्न प्राधिकरणसँग माग गरे ।
“हिउँदे याममा प्रत्येक वर्ष विद्युत् आपूर्तिमा समस्या आएकाले यसको दीर्घकालीन समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छौँ,” अध्यक्ष अग्रवालले भने, “अहिले औद्योगिक कोरिडोरमा भएको लोडसेडिङको समस्यालाई तत्कालै समाधान गर्न वैकल्पिक व्यवस्था गर्न माग गर्दछौँ ।”
नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख अवधेशकुमार दुबेले साँझको पिकआवरको समयमा केही समय विद्युत् कटौती हुँदै आएको जानकारी दिए । “साँझको पिकआवरको समयमा दुई÷चार घण्टा विद्युत् कटौती हुँदै आएको छ,” उनले भने, “हामीले सकेसम्म विद्युत् कटौतीको समस्यालाई सम्बोधन गर्ने प्रयास गरिरहेका छौँ ।”
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा गर्मीयाममा दैनिक तीन सय मेगावाट विद्युत्को माग हुने गर्छ । तर अहिले घरासयी ग्राहकको विद्युत्को माग घटे पनि औद्योगिक क्षेत्रमा केही समयका लागि कटौती गर्नुपर्ने बाध्यता छ । अहिले यो कोरिडोरमा दैनिक दुई सय मेगावाट विद्युत्को माग छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १६ गते, २०८२ - ०८:०५
काठमाडौँ । देशको अर्थतन्त्र उकास्ने उद्देश्यले आज यहाँ शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य शीर्षकमा सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना हुँदैछ छ ...
पौष १६ गते, २०८२ - ०७:५४
काठमाडौँ । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तय...
पौष १६ गते, २०८२ - ०७:४७
बागलुङ । विश्व बैंकको सहयोगमा बागलुङ नगरपलिकाभित्र ठेक्का लागेका तीन सडकमध्ये मुलपानी–तितौरे नौ किलोमिटर खण्डमा कालोपत्र थालिएको छ । पहिलो चरणमा ति...
पौष १६ गते, २०८२ - ०७:४५
काठमाडौँ । गर्भावस्था र सुत्केरी अवस्था महिलाका लागि जीवनको सबैभन्दा संवेदनशील चरणमध्ये एक हो । तर स्वास्थ्य सेवामा अझै पनि शारीरिक पक्षलाई मात्र प्रा...
पौष १६ गते, २०८२ - ०७:०८
काठमाडौं । नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको चलचित्र विकास बोर्डले स्वदेशी चलचित्रको डिजिटाइजेशन कार्यका लागि आवेदन आह्वान गरे...
पौष १६ गते, २०८२ - ०७:०१
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तोकको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि विभिन्न राजनीतिक दलहरुले समानुपातिकतर्फको बन्दसूची आयोगमा पेस गरिसकेका...
पौष १६ गते, २०८२ - ०६:५९
काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराई भू–भागका अधिकांश स्थानमा...
पौष १४ गते, २०८२ - ०७:५०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका सं...
पौष १४ गते, २०८२ - ०७:४४
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालको जीवनका पाँच दशक भेडाको बथानसँगै लेकबेँसी गर्दै बितेका छन्। सात वर्ष...
पौष १४ गते, २०८२ - ०७:२३
काठमाडौँ । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गर...




प्रतिकृया लेख्नुहोस्: