Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

८८ विद्यालय भवन पुन:निर्माण

रासस

म्याग्दी । भूकम्पले क्षति पुगेका म्याग्दीका ८८ वटा विद्यालयका भवन पुन:निर्माण भएको छ । राष्ट्रिय पुन:निर्माण प्राधिकरणले विसं २०७२ को भूकम्पले भत्किएका र जीर्ण बनेका विद्यालय भवन पुन:निर्माण गरेको हो । प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) म्याग्दीका प्रमुख तुलाराज चौलागाईले २०७८ असार मसान्तसम्म ८८ वटा विद्यालयमा २८२ वटा कक्षा कोठा भवन पुन:निर्माण भएको जानकारी दिए । 

‘एक सय पाँच विद्यालयका ३४४ कक्षा कोठा, ५० शौचालय र २७ वटा खानेपानी आयोजना पुन:निर्माण गर्ने लक्ष्य रहेको थियो’, उनले भने, ‘८८ विद्यालयका २८२ कक्षा कोठा, ४५ शौचालय र २५ वटा खानेपानी पुन:निर्माण सकिएको छ ।’ तीस वटा दुई कोठे, १० वटा तीन कोठे, ४८ वटा चार कोठे भवन पुन:निर्माण भएको छ । पैतीस वटा भवन गत आर्थिक वर्ष २०७७/७८ मा निर्माण सकिएका हुन् । गत वर्ष ३७ वटा चार कोठे, तीन वटा तीन कोठे, १० वटा दुई कोठे भवन पुन:निर्माणका लागि विद्यालय व्यवस्थापन समितिसँग सम्झौता भएको थियो । 

गत आवमा २४ वटा चार कोठे, एक वटा तीन कोठे र दश वटा दुई कोठे भवन निर्माण सकिएका छन् । पैतालिस शौचालय र २५ वटा खानेपानीका योजना निर्माण भएको छ । गत वर्ष सम्झौता भएका १७ वटा भवन, पाँच वटा शौचालय र दुई वटा खानेपानी आयोजनाले पूर्णता पाउन बाँकी छ । तेह्र वटा चार कोठे, दुई वटा तीन कोठे र दुई वटा दुई कोठे भवन निर्माणाधीन अवस्थामा छन् । 

एक वटा चार कोठे भवनको दोस्रो तला ढलान बाँकी छ भने अरु सबै रङरोगन गर्ने अवस्थामा रहेका एकाइका इञ्जिनीयर विष्णु रिजालले बताए । आव २०७७/७८ मा ३० शौचालय र २७ वटा खानेपानीका योजना निर्माणका लागि सम्झौता भएको थियो । पाँच शौचालय र दुई खानेपानीका योजना निमाणाधीन अवस्थामा छन् । आव २०७३/७४ देखि जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)मार्फत विद्यालय भवन पुन:निर्माण कार्यको थालनी भएको थियो । वि.सं. २०७६ साउन १ मा जिल्ला आयोजना कार्यान्वयन एकाइ ९शिक्षा० स्थापना भएपछि म्याग्दीमा विद्यालय भवन, शौचालय र खानेपानी पुन:निर्माणले थप तीव्रता पाएको हो । 

कोरोनाको जोखिम, वैशाख तेस्रो सातादेखि गरिएको निषेधाज्ञा र जेठको अन्तिम सातादेखि शुरु भएको बर्सातले ग्रामीण सडक अवरुद्ध भएर निर्माण सामग्री ढुवानी गर्न नसक्दा विद्यालय भवन पुन:निर्माणका योजना प्रभावित बनेका हुन् । कतिपय विद्यालयमा दोस्रो चरणमा भवन निर्माण भइरहेको छ । सुविधा सम्पन्न भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गमैत्री भवन निर्माण भएपछि पठनपाठन सहज र विद्यार्थीले सुरक्षित महसुस गरेका हिमाञ्जल मावि नागीका प्रअ रमन पुनले बताए । जीर्ण भवनमा जोखिम मोलेर त्रासपूर्ण वातावरणमा पठनपाठन गर्नु/गराउनुपर्ने विद्यार्थी र शिक्षकको बाध्यता हटेको अमर ज्योति मावि डाडागाउँका प्रअ वीरबहादुर पुनले बताए । 

भूकम्प प्रतिरोधी क्षमताका विद्यालय भवन अपाङ्गमैत्री छन् । खानेपानी आयोजनाका संरचनालाई बालमैत्री बनाइएको छ । शौचालयका योजना छात्रामैत्री छन् । विद्यालय भवन पुन:निर्माणका लागि म्याग्दीमा हालसम्म करिब रु ६० करोड खर्च भएको छ । आव २०७७/७८ मा पूँजीगत शीर्षकमा रु २६ करोड १९ लख ५१ हजार बजेट विनियोजन भएकोमा रु २४ करोड ९९ लाख खर्च भएको एकाइका लेखा प्रमुख नारायप्रसाद सुवेदीले बताए । भौगोलिक विकटता, वैदेशिक सहायता शीर्षकबाट दाताले प्रतिबद्धता जनाएको बजेट समयमा नआउने र स्थानीयस्तरमा पर्याप्त मात्रामा दक्ष मजदुरको अभाव विद्यालय भवन पुन:निर्माणका क्रममा म्याग्दीमा देखिएका चुनौती हुन् । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चितवन ३ मा सोविताको अग्रता, रेनुले कति मत पाइन् ?

चितवन । चितवन–३ मा जारी मतगणनामा रास्वपाकी सोविता गौतमको अग्रता देखिएको छ । उनले २ हजार २५ मत ल्याएकी छन् । नेकपाकी रेनु दाहालको १ हजार १० मत छ । न...

भक्तपुर–२ मा राजीव खत्रीसँग पराकिलो मतान्तरले पछि परे महेश बस्नेत

काठमाडौं । भक्तपुर–२ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्रीको अग्रता देखिएको छ । बिहान ८ः२० बजेसम्ममा मध्यपुर–१ मा भएक...

कालीकोटमा नेकपा अगाडि, पछ्याउँदै एमाले

काठमाडौं । कालीकोटमा नेकपाका उम्मेदवार महेन्द्रबहादुर शाहीले सुरुवाती अग्रता लिएका छन्। प्रारम्भिक मतपरिणामअनुसार शाहीले १ हजार २६७ मत प्राप्त गरेक...

रुकुमपूर्वमा फराकिलो मतान्तरले प्रचण्डको अग्रता

काठमाडौं । रुकुमपूर्वको प्रारम्भिक मतगणना अनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले फराकिलो मतान्तरले अग्रता लिएका छन...

काठमाडौं ३ मा रास्वपाका राजुनाथ पाण्डेले बढाए अग्रता, कुलमान पछ्याउँदै

काठमाडौं । काठमाडौं क्षेत्र– ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार १ हजारभन्दा बढी मतले अग्र स्थानमा छन्। शुक्रबार बिहान ९ः४५ बजे सम्ममा ११ ह...

कञ्चनपुर–२ मा रास्वपाका दीपक बोहराको अग्रता

कञ्चनपुर । कञ्चनपुर क्षेत्र–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपकराज बोहराले अग्रता लिएका छन्।  निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्म...

तनहुँ–१ मा स्वर्णिम वाग्लेको अग्रता

दमौली ।  तनहुँ क्षेत्र–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।  उक्त पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले एक हजार ३५२ मतका साथ अग्रता लि...

रसुवामा कांग्रेसको अग्रता, पछ्याउँदै घण्टी

रसुवा । रसुवामा मतगणना प्रारम्भ भएको छ । पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यले अग्रता लिनुभएको छ । निर्वाचन अधिकृतको कार्य...

धनुषा ३ मा रास्वपाका मनिष झाको फराकिलो अग्रता

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ मा रास्वपाका मनिष झाले फराकिलो अग्रता कायम गरेका छन्।  झाले ४ हजार ३२४ मत प्राप्त गर्दा विमल...

भक्तपुर १ मा पनि रास्वपाको अग्रता, फराकिलो मतले पछि परे सुवाल

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत भक्तपुर क्षेत्र नम्बर १ को मतगणना जारी रहेको छ ।  पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE