Khabar Dabali ८ बैशाख २०८३ मंगलवार | 21st April, 2026 Tue

नाटकीय ढङ्गबाट दश महिने शिशुको अपहरण गरी बेपत्ता, एकजना पक्राउ

खबरडबली संवाददाता

जुम्ला । जुम्लाबाट १० महिने शिशु अपरहण गरी बेपत्ता बनाउने एक अभियुक्तलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्ला हिमा गाउँपालिका–३ का २५ वर्षीय  दानबहादुर रोकाय रहेका छन् । 


जिल्ला प्रहरी कार्यालय सुर्खेतले शनिबार यहाँस्थित एयरपोर्ट चोकबाट उनलाई पक्राउ गरेको हो । जिप्रका निरीक्षक कनकबहादुर शाहीले रोकायले शिशुलाई आफूले लिएको स्वीकार गरिसकेको जानकारी दिनुभयो । अपहरित शिशु भने अपरिचित मानिसलाई दिएकाले अहिले आफूसँग नभएको बयान उनीले दिएको प्रहरी निरीक्षक शाहीले बताउनुभयो ।

जिप्रका जुम्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले  जुम्ला हिमा–३ का १९ वर्षीया किशोरीले यही भदौ ३ गते रातिदेखि शिशु हराएको भनेर निवदेन दिएको जानकारी दिनुभयो । “घटना निकै गम्भीर र संवेदनशील छ”, उनले भने, “अनुसन्धानका क्रममा भएकाले अहिले नै यो हो भन्न सकिन्न । हामीले विभिन्न दृष्टिकोणबाट अनुसन्धान गरिरहेका छौँ ।”

नाटकीय ढङ्गबाट बच्चाको अपहरण
 
रोकायको अवैध सम्पर्कबाट शिशु जन्मेको बताइएको छ । किशोरीले गत कात्तिक महिनामा शिशुलाई जन्म दिएकी थिइन् । पीडित किशोरीका बुवा शक्तिबहादुर कठायतका अनुसार किशोरीले यस वर्ष राहदेव मावि मोफ्लाबाट माध्यमिक शिक्षा परीक्षा दिएकी थिइन् । उनले भने“ छोरीलाई गाउँपालिकामा तालिम दिन्छु भनेर झक्याएर दानबहादुरले जबर्जस्ती सम्बन्ध राख्यो  ।  शिशु जन्मेपछि अपहरण समेत गर्‍यो । न्याय माग्न जिल्ला प्रहरी कार्यालय जुम्ला पुगेका छौँ ।”


किशोरीले भनिन्, “यही भदौ ३ गते घर नजिकै पसलमा बसिरहेको थिए ।  राति ९:०० बजेतिर दानबहादुर त्यहाँ आएर मलाई भन्यो, “तिम्रो आमालेले बोलाउनुभएको छ । मैले आमाले किन बोलाउनुभयो भनेर हतपत्त शिशुलाई पसलकै ओछ्यानमा राखेर हिँडे । ऊ (दानबहादुर) मसँग आएन । पछि आमाले नातिलाई किन छोडेर आइस्, छिटो यही लिएर आइज भनेर म पसल जाँदा शिशु त्यहाँ देखिन । शिशु हराएपछि करायौँ । स्थानीय प्रहरीलाई गुहार्‍यौँं । अहिलेसम्म शिशु भेटिएको छैन ।”

किशोरीले रोकायले नाटकीय तवरबाट आफ्नो शिशुलाई अपहरण गरेको आरोप रोकायमाथि लगाएकी छिन् । उनले भनिन् , “मलाई झुक्याएर नाटकीय ढङ्गले शिशुको अपहरण गरियो ।” 

किशोरीले दोषीमाथि कारवाही गरी आफ्नो शिशु सम्पर्कमा ल्याइदिन र आफूलाई न्याय दिन सरकारसँग आग्रह गरेकी छिन् । आरोपित युवा पक्राउ परिसकेकाले थप अनुसन्धानका लागि आज सम्बन्धित जुम्ला पठाइने सुर्खेत प्रहरीले जनाएको छ ।
–––

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले नेता कर्ण मल्लविरुद्ध बलात्कारसहित दुई कसुरमा मुद्दा दर्ता

काठमाडौं । नेकपा एमाले का कर्णाली प्रदेश कमिटी सदस्य कर्ण मल्लविरुद्ध दुई वटा कसुरमा मुद्दा दर्ता भएको छ। एक महिलाको जाहेरीका आधारमा मल्लविरुद्ध बल...

यूएईसहित खाडी मुलुकका लागि श्रम स्वीकृति पुन: सुचारु

काठमाडौँ । सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सहित खाडीका विभिन्न मुलुकहरूका लागि स्थगित गरिएको श्रम स्वीकृति पुन: सुचारु गर्ने निर्णय गरेको छ। श्...

रास्वपाको महामन्त्रीमा भूपदेव शाह मनोनित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा भूपदेव शाह मनोनित भएका छन्। सोमबार बसेको केन्द्रीय समिति बैठकले उनलाई महामन्त्रीमा ...

रास्वपाको सचिवालय विस्तार, सागर ढकाल र श्री ज्ञवाली थपिए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालयको संख्या विस्तार गरेको छ। सोमबार बसेको केन्द्रीय समिति बैठकले थप दुई जनालाई सचिवालयमा समावे...

रास्वपाले संघीय नेतृत्व मञ्चमा ६ सदस्य मनोनीत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीय नेतृत्व मञ्चमा ६ जना सदस्य मनोनीत गरेको छ। सोमबार बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा...

कांग्रेस संसदीय दलको नेताका लागि ११ वैशाखमा निर्वाचन

काठमाडौं । नेपाली कांग्रेस को संसदीय दलको नेता चयन गर्न यही ११ वैशाखमा निर्वाचन हुने भएको छ। निर्वाचन समितिका अनुसार संसदीय दलको कार्यालय, सिंहदरबा...

उपकुलपतिहरूलाई प्रधानमन्त्री बालेनको आश्वासन: कुनै किसिमको अफ्ठ्यारो भएमा सहयोग गर्छु

काठमाडौं । प्रधानमन्त्री बालेन शाह ले विश्वविद्यालयहरूमा कुनै समस्या परे सरकार सहयोग गर्न तयार रहेको बताएका छन्। सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री क...

उपदान र पेन्सन योजनाका लागि कोष र माइक्रोफाइनान्सबीच सम्झौता

काठमाडौं। नागरिक लगानी कोषले सञ्चालन गर्दै आएको उपदान तथा पेन्सन योजनामा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था आबद्ध भएको छ । यससम्बन्धी औपचारि...

रास्वपा केन्द्रीय समिति बैठक सुरु, ९ एजेन्डामा छलफल हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। पार्टी प्रवक्ता मनिष झाले बैठकका लागि ९ वटा एजेन्डा तय गरिएको जान...

भूपदेव शाहलाई महामन्त्री बनाउने रास्वपाको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूपदेव शाहलाई पार्टीको महामन्त्री बनाउने तयारी गरेको छ। आज बस्ने केन्द्रीय समिति बैठकमा उनलाई महामन...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending