Khabar Dabali २८ बैशाख २०८३ सोमबार | 11th May, 2026 Mon

पश्चिम एसियाली द्वन्द्वको असर : मल खरिद टेन्डर असफल, असारपछि आपूर्ति अनिश्चित

खबरडबली संवाददाता

काठमाडौँ । पश्चिम एसियामा चर्किएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढ्नुका साथै ढुवानी अवरुद्ध हुँदा नेपालमा मल संकट गहिरिने संकेत देखिएको छ। सरकारले आह्वान गरेका युरिया मल आयातसम्बन्धी पछिल्ला दुई टेन्डरमा ढुवानी कम्पनीहरूले आवेदन नै नदिएपछि खरिद प्रक्रिया अवरुद्ध बनेको हो।

कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख विष्णु पोखरेलका अनुसार युरिया मल खरिदका लागि आह्वान गरिएका दुई टेन्डर असफल भएपछि २१ दिनका लागि पुनः टेन्डर आह्वान गरिएको थियो। तर त्यसमा पनि कुनै कम्पनी सहभागी भएन। “पश्चिम एसियाको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा मल पाउनै कठिन भएको छ। मूल्य २५ देखि ३० प्रतिशतसम्म बढेको छ,” उनले भने। उनका अनुसार एक सातामै प्रतिटन १०४ अमेरिकी डलरले मूल्य वृद्धि भएको छ।

असारसम्म मात्र मौज्दात

कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग हाल करिब एक लाख ५० हजार मेट्रिक टन मल मौज्दात रहेको छ, जुन असारसम्मका लागि मात्र पर्याप्त हुने बताइएको छ। मन्त्रालयका सहसचिव डा. रामकृष्ण श्रेष्ठले भने, “असारसम्म पुग्ने मल छ, तर त्यसपछिको अवस्था चुनौतीपूर्ण देखिएको छ।”

आपूर्ति सहज बनाउन सरकारले छिमेकी भारतसँग सरकार–सरकार (जीटुजी) सम्झौताअन्तर्गत सहयोग मागेको छ। दुई साताअघि परराष्ट्र मन्त्रालयमार्फत भारतलाई एक लाख मेट्रिक टन युरिया र ५० हजार मेट्रिक टन डीएपी मल उपलब्ध गराउन औपचारिक अनुरोध गरिएको मन्त्रालयले जनाएको छ।

विगतको सम्झौता कार्यान्वयन नहुँदा समस्या

२०७८ फागुनमा नेपाल र भारतबीच पाँच वर्षका लागि जीटुजी सम्झौता भएको थियो। उक्त सम्झौताअनुसार प्रत्येक वर्ष निश्चित परिमाणमा युरिया र डीएपी खरिद गर्ने व्यवस्था थियो। तर नेपालले सम्झौताअनुसार समयमै मल नउठाउँदा भारत असन्तुष्ट बनेको स्रोतको भनाइ छ।

कृषि मन्त्रालयका एक अधिकारीका अनुसार त्यसबेला अग्रिम रकम उपलब्ध नहुँदा मल आयात गर्न सकिएको थिएन। “अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित नभएकाले सम्झौताअनुसार सबै मल ल्याउन सकिएन,” उनले भने।

चालु आर्थिक वर्षमा सरकारले ६ लाख मेट्रिक टन मल खरिद गर्ने घोषणा गरे पनि साढे पाँच लाख मेट्रिक टन मात्र ल्याउने निर्णय गरिएको थियो। मन्त्रालयले चार लाख ४० हजार मेट्रिक टन मल खरिद प्रक्रिया अघि बढाएको थियो, जसका लागि २९ अर्ब रुपैयाँ विनियोजन गरिएको थियो। तर बजेट अभावका कारण सबै परिमाण ल्याउन नसकिएको अधिकारीहरू बताउँछन्। हालसम्म ८५ हजार मेट्रिक टन मल ल्याउन बाँकी रहेको छ, जसका लागि पटक–पटक टेन्डर गर्दा पनि सफल हुन सकेको छैन।

आपूर्ति शृङ्खलामा वैश्विक असर

रासायनिक मल उत्पादनका लागि प्राकृतिक ग्यास मुख्य कच्चा पदार्थ हो। पश्चिम एसिया विश्वकै प्रमुख प्राकृतिक ग्यास उत्पादक क्षेत्र भएकाले त्यहाँको द्वन्द्वले उत्पादन लागत बढाएको छ। साथै, होर्मुज जलडमरूमध्य र लालसागरजस्ता प्रमुख सामुद्रिक मार्गहरू अवरुद्ध हुँदा ढुवानीमा समेत गम्भीर असर परेको छ।

लालसागर मार्ग अवरुद्ध भएपछि जहाजहरू अफ्रिकाको बाटो हुँदै घुमेर जान बाध्य छन्, जसले ढुवानी खर्च बढाएको छ। होर्मुज जलमार्गमा पनि तनाव बढेकाले जोखिम उच्च छ। इरान, साउदी अरेबिया, कतार र ओमानजस्ता प्रमुख मल उत्पादक देशहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित भएका छन्। यसले विश्वव्यापी आपूर्ति शृङ्खलामै दबाब सिर्जना गरेको छ।

यसअघि रुस–युक्रेन युद्धले पनि विश्व खाद्य तथा मल आपूर्तिमा गम्भीर असर पारेको थियो। अहिलेको द्वन्द्वले थप चुनौती थपेको मन्त्रालयको भनाइ छ।

सरकारसँग तत्कालका लागि मौज्दात भए पनि नयाँ आपूर्ति सुनिश्चित हुन नसके कृषकहरू रोपाइँ सिजनमै मल अभावको मारमा पर्न सक्ने देखिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सोमबारदेखि देशभर ‘सरसफाइ सप्ताह’, सरकारी कार्यालयको फोहोर र अस्तव्यस्ततामाथि ‘एक्सन’

काठमाडौं । सरकारले सोमबारदेखि देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गर्ने भएको छ । सार्वजनिक सेवा प्रवाहलाई स्वच्छ, व्यवस्थित र नागरिकमैत्री बनाउन भन्दै ...

सामान्य विवादका क्रममा छुरा प्रहार हुँँदा एकको मृत्यु

सुनसरी । धरानमा धारिलो छुरा प्रहारबाट एक जना युवकको मृत्यु भएको छ । आइतबार धरान उपमहानगरपालिका-१९ मा स्थानीय युवाहरूबिच भएको सामान्य विवादका क्रममा छु...

लोघेकर दामोदरकुण्डद्वारा सौर्य ऊर्जा प्रणाली जडित हरित ऊर्जा प्रयोग

मुस्ताङ । लोघेकर दामोदरकुण्ड गाउँपालिकाले सौर्य ऊर्जा प्रणाली जडित हरित ऊर्जा प्रयोगमा ल्याएको छ । जलवायु क्षति न्यूनीकरण तथा वातावरणीय स्वच्छता कायम ...

'सुकुमबासी समस्यालाई दीर्घकालीन योजना बनाएर अगाडि बढौँ'

रौतहट । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सुकुमबासी समस्याको दीर्घकालीन समाधान गरिनुपर्नेमा जोड दिएका छन् ।  जिल्लाको चन्द्रपुर–२ टेम्प...

श्रीलङ्कामा बिजुली महसुल वृद्धि

काठमाडाैं । पश्चिम एसियामा जारी युद्धका कारण ऊर्जा आपूर्तिमा आएको असरले लागत बढेपछि श्रीलङ्काले बिजुली महसुल १८ प्रतिशतसम्म बढाउने निर्णय गरेको छ । ...

जुवातास खेलिरहेको अवस्थामा २७ जना पक्राउ

काठमाडौं । प्रहरीले मुलुकका विभिन्न स्थानमा चेकजाँचका क्रममा जुवातास खेलिरहेको अवस्थामा २७ जनालाई पक्राउ गरेको छ । प्रहरीले दाङ, कास्की र ललितपुरमा जा...

मकवानपुरमा लोक गायक राजु परियारसहित ७ स्रष्टा सम्मानित

मकवानपुर । मकवानपुरमा ७ स्रष्टा सम्मानित भएका छन् । भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठान मकवानपुरले विभिन्न विधाका ७ जना व्यक्तित्व सहित एक संस्था...

गुमनाम बन्दै नेकपा, मौन नेतृत्वले कार्यकर्ता अन्योलमा

काठमाडौं । एक समय देशको सबैभन्दा शक्तिशाली राजनीतिक शक्तिका रूपमा उभिएको नेकपा अहिले भने गुमनाम जस्तै बन्न थालेको छ । पार्टीका शीर्ष नेताहरू सार्वजनिक...

अदालतको आदेशपछि पनि डोजर चल्नु गलतः रवि लामिछाने

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले अदालतको आदेशपछि पनि सुकुमवासी बस्तीमा डोजर चल्नु गलत भएको बताएका छन् । रास्वपाका सांसदलाई प्रशिक्षण पछि ...

चोरीको मोटरसाइकलले ठक्कर दिँदा युवती गम्भीर, फरार युवक पक्राउ

जनकपुरधाम । रौतहटको मौलापुर नगरपालिका–५ स्थित आईटी चाेकमा मोटरसाइकलको ठक्करबाट युवती गम्भीर घाइते भएकी छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending