काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेको सम्पत्तिमा कानुन अनुसार हक दाबी गर्ने बताएका छन् । दलले मान्यता पाएपछि आयोजित पहिलो पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
‘पार्टीको सम्पत्तिबारे कानुनले जे भन्छ त्यही गछौँ । हक लाग्यो भने लिगौँला । होइन भने नयाँ संरचना बनाएर जाऔँला’ उनले भने ‘एमालेको संरचना बनाउनेमा मेरो नै भूमिका छ। बनाउने काम मेरो हो । अरुको काम ध्वंश पार्ने हो’ उनले भने ।
नेपालले आफ्नो पार्टी छिटै सरकारमा सहभागी हुने बताए । 'पाँच दल भन्न हिजो गाह्रो थियो । पाँच दलीय गठबन्धन अझै अघि बढ्छ । हामी सरकारमा जान्छौँ । कम्युनिष्ट पार्टी छोड्दैनौँ’ उनले भने ।
‘केपी ओलीले प्रशंशा गर्नेलाई मात्रै च्याप्नुभयो । पार्टी सिथिल भयो । सिथिल मात्रै होइन मृत प्राय भयो’उनले भने, ‘यो देखेपछि हामीले विद्रोहको विगुल फुक्ने काम गर्यौ । लामो यात्रामा जाँदा कोही बिचैमा थाक्दा रहेछन् । थाक्ने, आँट घट्ने घटिरहन्छन् । अगाडि बढ्नेहरु लक्ष्य हाँसिल गर्न खोज्ने, देशलाई अघि बढाउन खोज्नेहरु अघि बढिरहन्छन् । हामीले २०७७ चैतमा विद्रोहको विगुल फुकेका थियौँ । देशभरका कार्यकर्ताको भावनाको कदर गर्नतर्फ लाग्यौँ ।’
नेपालले अहिले आफूहरूको साथ छोडेकाहरूले पहिले नै निर्वाचन आयोगमा नयाँ दल दर्ता गरेको बताए । नेपालले २०७७ चैतमै नयाँ पार्टी खोल्नुपर्ने सुझाव आएको पनि बताए । 'अहिले हामीलाई साथ छोडेका साथीहरू आफै अघि बढेर निर्वाचन आयोगमा नयाँ दल दर्ता गरेका थिए । साक्षीको रूपमा निर्वाचन आयोग छ । प्रमाण त्यहीँ छ,' नेपालले भने 'अहिले नीति, संविधान हाम्रो अनुकुल भयो । केपी ओलीबाट गुम्सिएका हामीले निकाश पायौँ । कार्यकर्ताको भावना आत्मसाथ गर्यौँ, गम्भीर भयौँ । कम्युनिष्ट आन्दोलनलाई जोगाउन, नयाँ उचाइमा पुर्याउन, राष्टियताको रक्षा गर्न, जनताको समस्यालाई सम्बोधन गर्न, देशमा सुशासन लागू गर्न नयाँ परिस्थित सृजना गर्यौँ ।'
‘झलनाथ खनालले नवगठित नेकपा एकीकृत समाजवादी पार्टीप्रति ऐक्यवद्धता जनाउँदै केपी ओलीको दक्षिणपन्थी धारको विरुद्ध जुध्न भन्नु भएको छ । वामदेवले पनि यो पार्टीप्रति उत्साह प्रकट गर्नु भएको छ । हामीले बाध्यताले पार्टी गठन गर्नु पर्यो । क्रान्तिकारी योद्दालाई पार्टीबाट निष्काशन गरेपछि त्यसको विरुद्धमा विरोध गर्नेबाहेक हामीसँग केही भएन’ नेपालले भने ।
‘हामी पञ्चशीलका पाँच सिद्धान्त र संयुक्त राष्ट्रसंघीय बडापत्रानुसारको विदेश नीति अवलम्बन गर्नेछौँ । हाम्रो विदेश नीति सन्तुलनमा आधारित हुनेछ । कोही पनि शत्रु हुने छैनन्, सबै हाम्रा मित्रराष्ट्र हुनेछन् ’ उनले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ३ गते, २०८१ - १९:५५
काठमाडौं । गायक यश कुमारले आज बिहीबार परेको संविधान दिवसको पूर्वसन्ध्यामा आफ्नो नयाँ गीत ‘आँखा बन्द गरेर’ बजारमा ल्याएका छन् । बुधबार राजधानीमा आयोजित...
आश्विन ३ गते, २०८१ - १६:०३
काठमाडौं । संविधान दिवसका अवसरमा काठमाडौंको दरबारमार्गमा आयोजित ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । ‘नेसन...
आश्विन ३ गते, २०८१ - १५:५९
काठमाडौं । नेपाल प्रहरीले नयाँ बानेश्वरस्थित संघीय संसद भवन अगाडिबाट सात जनालाई पक्राउ गरेको छ । संविधानको विरोधमा प्रदर्शन गरेको आरोपमा उनीहरूलाई निय...
आश्विन ३ गते, २०८१ - १५:५८
सर्लाही । सर्लाहीको बागमती नगरपालिका–१२, बथनीयाकी ५० वर्षीया कृष्णकुमारी कुशवार केही दिनयता पढ्न जान थालेकी छन् । ६ वर्षीया नातिनी पढ्दै गरेको विद्याल...
आश्विन ३ गते, २०८१ - १५:५३
काठमाडौं। आजदेखि सर्वसाधारणका लागि धरहरा खुला गरिएसँगै चढ्न आउनेको भीड लागेको छ। शुल्क निर्धारण नभएसम्मका लागि संविधान दिवसको अवसर पारेर आजदेखि निःशुल...
आश्विन ३ गते, २०८१ - १५:४९
बाँके । बाँकेको एक विद्यालयले सांसदसँग विद्यार्थी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । बैजनाथ गाउँपालिका –५ स्थित प्रभात नमुना माध्यमिक विद्यालयले ब...
आश्विन ३ गते, २०८१ - १५:४५
मुगु । नेपालीहरुको महान चाडपर्वलाई लक्षित गरेर हिमाली जिल्ला मुगुमा सुपथ पसल आगामी असोज ७ गतेदेखि सञ्चालनमा आउने भएको छ । खाद्य व्यवस्था तथा व्या...
आश्विन ३ गते, २०८१ - १५:२५
जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारलाई बलियो बनाएको खण्डमा मात्र लोकतन्त्र, गणतन्त्र मजबुत भइ संविधान बलियो हुने बताएका...
आश्विन ३ गते, २०८१ - १५:१३
जनकपुर । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थायित्वलाई बलियो बनाउन संविधान संशोधन आवश्यक रहेको बताएका छन् । बिहीबार जनकपुर विमानस्...
आश्विन ३ गते, २०८१ - १५:१३
जनकपुर । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थायित्वलाई बलियो बनाउन संविधान संशोधन आवश्यक रहेको बताएका छन् । बिहीबार जनकपुर विमानस्...
प्रतिकृया लेख्नुहोस्: