Khabar Dabali १२ जेष्ठ २०८३ मंगलवार | 26th May, 2026 Tue
Investment bank

खगोल विज्ञानमा अनुसन्धान गर्न सम्झौता

खबरडबली संवाददाता

काठमाडौं । नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) ले खगोल विज्ञानका विषयमा अनुसन्धान र ज्ञान आदानप्रदान गर्न दुबईस्थित एमआइटीवाइ विश्वविद्यालयसँग सम्झौता गरेको छ ।

सम्झौतापछि सोसाइटीले सो विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा स्नातक तहमा अध्ययनरत अन्तरिक्ष विज्ञानका विद्यार्थीलाई यस क्षेत्रमा हासिल गरेका ज्ञानका विषयमा तालिम दिइएको छ । सोसाइटीले १४औँ वर्ष पूरा गरी १५औँ वर्ष प्रवेश गरेका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष सुरेश भट्टराईले सो विश्वविद्यालयसँग दुई वर्षअघि सम्झौता गरी यस क्षेत्रमा काम गर्ने जनशक्ति आदानप्रदान गर्ने वातावरण बनेको जानकारी दिए ।

सोसाइटीले दुबईका विद्यार्थीलाई क्षुद्रग्रह खोज्नसमेत सिकाएको छ । कोरोना महामारीका कारण नेपालले भने सो विश्वविद्यालयसँग सिक्ने अवसर नबनेको सोसाइटीले जनाएको छ । कार्यक्रममा दुबईको विश्वविद्यालयमा अन्तरिक्ष विज्ञानमा प्राध्यापन गर्दै आउनुभएका शरत्राज नन्दराजन अंसारी श्यामलाले दुई संस्थाबीचको सहकार्यले खगोल र अन्तरिक्ष विज्ञान विषयमा फाइदा पुगेको बताए ।

मेक इञ्जीनियरिङका अर्केट महर्जनले खगोल र अन्तरिक्ष विज्ञानको अध्ययन, अनुसन्धानमा टेलिस्कोपको उपयोगिताका बारेमा प्रकाश पारे । पुल्चोक इञ्जीनियरिङ क्याम्पसका उपप्राध्यापक डा सुदीप भट्टराईले नेपालमा अन्तरिक्ष विज्ञान अध्ययन, अध्यापन पुल्चोकमा भइरहेको जानकारी दिए । यस विषयमा चारवर्षे स्नातक तहमा अध्ययन गरिरहेका विद्यार्थीले एक वर्षपछि सो तह पूरा गर्न लागेको उनले सुनाए। त्रिभुवन विश्वविद्यालय त्रिचन्द्र क्याम्पसका उपप्राध्यापक दयानिधि छत्कुलीले नेपालमा खगोल विज्ञानको अध्ययन अध्यापन हुन थालेपछि यस विषयमा रुचि राख्नेको सङ्ख्या पनि बढ्दै गएको बताए।

सोसाइटीका आजीवन सदस्य प्रेमराज जोशीले सुदूरपश्चिम प्रदेशका विद्यालय तहका विद्यार्थीमा खगोल विज्ञानका विषयमा चासो बढेको बताए। विद्यार्थी र शिक्षकको पहुँचमा टेलिस्कोप नभएकाले अध्ययन अनुसन्धानमा बाधा पुगेको उनको भनाइ थियो ।

वि.सं. २०६४ मा नेपालमा खगोल तथा अन्तरिक्ष विज्ञानसम्बन्धी जनचेतनामूलक गतिविधि गर्ने उद्देश्यले सोसाइटीको स्थापना गरिएको थियो । सोसाइटीको स्थापनापछि यस क्षेत्रमा अध्ययन एवं अनुसन्धानका लागि वातावरण बनेको हो ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending