काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफुहरुप्रति पूर्व नेता माधव नेपाले गरेको टिप्पणीको जवाफ फर्काएका छन् ।
रावलले नेपालको नाम नलिइ कोही नेता कसैले अगाडि धकेल्दा धकेलिने रहेछन् भने पछाडि फर्काउन खोज्दा पर्किनु पर्ने बताएका छन् ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका माधव कुमार नेपालले शनिबार ललितपुरको एक कार्यक्रममा एमालेका दोस्रो पुस्ताले आफुलाई अगाडि धकेलेको तर पछाडि फर्केर हेर्दा कोही नभेटिएको भन्दै असन्तुष्टि जनाएका थिए ।
आइतबार समाजिक सञ्जाल ट्वीटरमा उपाध्यक्ष रावले नेपालको नामै नलिइ उनीप्रति यसरी टिप्पणी गरेका छन्, ‘कोही नेता कसैले अगाडि धकेल्दा धकेलिने रहेछन् भने पछाडि फर्काउन खोज्दा पछाडि पनि फर्किनु पर्ने हो।द्वन्द्वको स्थितिमा अलगिने मनस्थिति हुन्छ भने सहमति भइसकेपछि एक भई मेलमिलाप गर्ने कुरा मुख्य हुन्छ भन्ने सत्य बुझ्न धेरै अध्ययनको आवश्यकता हुन्न।जिम्मेवारीबोध महत्वपूर्ण कुरा हो।’
०७७ पुस पाँच गते पूर्वप्रधानमन्त्री केपी ओलीले हठात् संसद विघटन गरी निर्वाचन घोषणा गरेपछि ओली विरुद्ध देशव्यापी आन्दोलनमा भीम रावल सहित दोस्रो पुस्ताका ९ जना स्थायी कमिटी सदस्यहरुले माधव नेपाललाई साथ दिएका थिए भने अन्त्यमा माधव नेपालले पार्टी विभाजन गरेपछि माधव समूहका रावल सहितका १० जना नेताहरु ओली समूहमा विलय भएका थिए ।
उक्त समूहका नेता योगेश भट्टराई र घनश्याम भुसाल बाहेक अन्य सबै नेताहरु पार्टी नै विभाजन गर्नुपर्ने सम्मको दवाव दिएको माधव नेपालल खुलासा गरेका थिए ।
माधव नेपालले एमाले विभाजनकै लागि निर्वाचन आयोगमा दुई वटा पार्टी दर्ता गरेको समेत आरोप लगाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: