Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

नेपालमा प्रयोग भएको कोरोनाको खोप ९० प्रतिशतसम्म प्रभावकारी

खबरडबली संवाददाता

काठमाडौं । नेपालमा पछिल्लो समयमा नियमित रूपमा लगाइएको कोरोना विरुद्धको खोपको प्रभावकारिता देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशका विभिन्न स्थानबाट खोप लगाएका १३ हजार १६१ जनाको नमूना परीक्षण गर्दा ९० प्रतिशतसम्म एन्टिबडी देखिएको हो ।

मन्त्रालयले गत असार २१ गतेदेखि ३० साउनसम्म खोप लगाएका मानिसको नमूना परीक्षण गरेको थियो । सर्वेक्षणमा प्राप्त नतिजाअनुसार देशभर कूल ६८.६ प्रतिशत नमूनामा कोभिड १९ एन्टिबडी देखिएको छ । एक मात्रा खोप लगाएका व्यक्तिमा ८० प्रतिशत र पूर्ण मात्रा खोप लगाएकामा ९० प्रतिशत एन्टिबडी देखिएको छ । सो नतिजाका आधारमा नेपालमा प्रयोग भएको खोप अत्यन्त प्रभावकारी देखिएको मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

नेपालमा भेरोसेल, जोन्सन एण्ड जोन्सन, कोभिसिल्डलगायत खोप प्रयोग गरिएको छ । मन्त्रालयका अनुसार हालसम्म पहिलो मात्रा खोप लगाउनेको सङ्ख्या ५० लाख ६३ हजार ५२२ रहेका छन् । यस्तै पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ४० लाख ५२ हजार ७६५ रहेको छ ।

कोरोना भाइरसले आफ्नो रूप परिवर्तन गरिरहने जोखिम कायमै रहेकाले सङ्क्रमणको रोकथाम, नियन्त्रण गर्नु नै एक मात्र प्रभावकारी उपाय हो । जुन हालको अवस्थामा निकै सान्दर्भिक रहेको मन्त्रालयको भनाइ छ । भौतिक दूरी कामय गर्ने, गराउने, भीडभाड नगर्ने, नगराउने, घर बाहिर ननिस्कनै पर्ने भएमा अनिवार्य रूपमा मास्कको प्रयोग गर्ने गराउने, सरसफाइमा विशेष ध्यान दिने र कोरोना विरुद्धको खोप लगाउन मन्त्रालयले सबैमा आग्रह गरेको छ ।

कोरोनासँग मिल्दो जुल्दो सङ्क्रमण भएको तथा कुनै पनि लक्षण भएमा आफ्नो स्थानीय तहसँग सम्पर्क गरी नि:शुल्क रूपमा परीक्षण गराउन वा नजिकको सरकारी संस्था, प्रयोगशालामा नि:शुल्क परीक्षण गरिने मन्त्रालयले जनाएको छ । कोरोना सङ्क्रमणको पुष्टि भएमा विगत सात दिनभित्र आफ्नो सम्र्पकमा आएका व्यक्तिलाई अलग्गै  बस्न तथा नियमित रूपमा निगरानीमा रहन र स्वास्थ्य समस्या देखिए परीक्षण गर्न अनुरोध गरिएको छ । नियमित रूपमा १० दिनसम्म आइसोलेशनमा बसे कोरोना ठीक भएर जाने मन्त्रालयको भनाइ छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending