Khabar Dabali ४ बैशाख २०८३ शुक्रबार | 17th April, 2026 Fri

नेपालसित मैत्रीपूर्ण फुटबल खेल्न भारतीय टोली काठमाडौँमा

खबरडबली संवाददाता

काठमाडौँ । नेपालसित मैत्रीपूर्ण फुटबल खेल्नका लागि भारतीय टोली आज काठमाडौँ आइपुगेको छ । भारतीय टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का उपाध्यक्ष शिक्षित पराजुलीलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । 

मुख्य प्रशिक्षक इगोर स्टिमाकसहितको २५ सदस्यीय भारतीय टोली नेपालसित दुई मैत्रीपूर्ण खेल खेल्न नेपाल आइपुगेको हो । नेपालले यही भदौ १७ र २० गते त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भारतसित मैत्रीपूर्ण खेल खेल्ने तय भएको छ । भारतीय टोलीमा अमरिन्दर सिंह, धीरज सिंह, गुरप्रितसिंह सन्धु, प्रितम कोतल, चिलेसना सिंह, मन्दरराओ देसाई, आकाश मिश्रा, राहुल भेके, शुभाशिष बोस, सेरिटन फर्नान्डेज, ललेङ माबिआ, विपिन सिंह, अनिरुद्र थापा, सहल अब्दुल सामद, ब्रान्डन फर्नान्डेज, लिस्टन कोलाको, यासिर मोहमद, ग्लान मार्टिन्स, सुरेश सिंह, जेक्सन सिंह, प्रोनय हल्दर, मनवीर सिंह, रहिम अली, सुनिल क्षेत्री र फारुख चौधरी रहेका छन् । 

विमानस्थलमा पत्रकारहरुसित सङ्क्षिप्त कुरा गर्दै भारतीय टोलीका कप्तान सुनिल क्षेत्रीले नेपाली टोली आफ्नो टोलीका लागि कठिन प्रतिद्वन्द्वी भएको प्रतिक्रिया दिए । उनले नेपाली टोलीलाई कमजोर आँक्न नमिल्ने बताए । लामो समयसम्म अभ्यास गर्न नपाएको उल्लेख गर्दै कप्तान क्षेत्रीले मैत्रीपूर्ण खेल अभ्यास गर्ने र आफ्नो खेलमा सुधार ल्याउने बताए । उनले मैत्रीपूर्ण खेल आयोजना गरेकामा एन्फा र नेपाल सरकारलाई धन्यवादसमेत दिए ।  

नेपाली टोली भने हाल बन्द प्रशिक्षणका लागि कास्कीको पोखरामा रहेको छ । नेपाली टोलीमा किरणकुमार लिम्बू, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु,  सुमन अर्याल, दिनेश राजवंशी, गौतम श्रेष्ठ, अनन्त तामाङ, सुरज जीउ ठकुरी, सुमन लामा, कमल थापा मगर, नितिन थापा, तेज तामाङ, राजन गुरुङ, पूजन उपरकोटी, विशाल राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुनिल बल, मनिष डाँगी, अन्जन विष्ट, आयुष घलान, नवयुग श्रेष्ठ र आशिष लामा रहेका छन् । नेपाली टोलीमा रोहित चन्द अनुपस्थित रहेका छन् । उनी हाल फुटबल खेल्ने सिलसिलामा इन्डोनेशियामा छन् ।  

नेपाल र भारबीच हालसम्म १९ वटा खेलमा प्रतिस्पर्धा भएकामा भारतले १३ खेलमा जीत हासिल गरेको छ भने नेपाल दुई खेलमा मात्र विजयी भएको छ । दुवै देशले चार खेल बराबरी खेलेका थिए । भारतले नेपालको पोष्टमा ३३ गोल गरेको छ भने नेपालले भारतको पोष्टमा नौ गोल मात्र गर्न सकेको छ । विश्व फुटबल महासङ्घ (फिफा)को वरियताअनुसार पुरुष फुटबल टोलीतर्फ भारत १०५औँ तथा नेपाल १६८औँ स्थानमा रहेका छन् । 

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अनुसार भारतसितको मैत्रीपूर्ण खेलपछि नेपाली टोली दक्षिण एशियाली फुटबल प्रतियोगिता (साफ)को तयारी गर्न कतारको दोहा जानेछ । नेपाली टोली भदौ २५ गते दोहा प्रस्थान गर्ने तय भएको छ । नेपाली टोलीलाई हाल मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रशिक्षण दिइरहेका छन् । साफ च्याम्पियनशिप आगामी असोज असोज १५ देखि ३० गतेसम्म माल्दिभ्समा आयोजना हुँदैछ । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँधबिनै बिजुली: कर्णालीमा ‘हाइड्रोकाइनेटिक’ प्रविधिको ऐतिहासिक परीक्षण

काठमाडौँ । नेपालमा जलविद्युत उत्पादन भन्नासाथ ठूला बाँध, सुरुङ र उचाइबाट पानी खसाल्ने परम्परागत मोडेल सम्झिन्छौँ। तर, अब यो धारणा बदलिने संकेत देखिएको...

जेनजी आन्दोलनमा भागेका कैदीबन्दी पक्राउ

पोखरा । हाडनाता जबरजस्ती करणी मुद्दामा २५ वर्ष कैद सजाय पाएर फरार रहेका एक अभियुक्तलाई कास्की प्रहरीले पोखराबाट पक्राउ गरेको छ । रौतहटको डुमरिया गाउँप...

गैरकानुनी अभ्यास गर्ने अध्यागमनका कर्मचारीलाई कारबाही गरिने

काठमाडौं ।   अध्यागमन विभागले कानुनभन्दा बाहिर गई सर्त तोकेर प्रस्थान अनुमति दिने अध्यागमन प्रशासनको कुनै नीति वा निर्णय नभएकाले प्रचलित कानुन र विभाग...

सरकारी अस्पतालमा दुई दिन ओपीडी बन्द: सेवाग्रही मारमा

काठमाडौं । स्वास्थ्य क्षेत्रमा सक्रिय १४ वटा संयुक्त पेसागत संगठनको दबाबपछि सरकारले सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा साताको दुई दिन सार्वजनिक बिद...

मूल्यवृद्धिविरुद्ध अर्धनग्न प्रदर्शन, कोहलपुर चौराहामा एक्लै उभिए अभियन्ता

बाँके । समाजमा व्याप्त अन्याय, विकृति र भ्रष्टाचारविरुद्ध निरन्तर आवाज उठाउँदै आएका सामाजिक अभियन्ता भूमबहादुर भण्डारीले पेट्रोलियम पदार्थ तथा दैनिक उ...

विमानस्थल र प्रादेशिक अस्पताल पहिलो प्राथमिकता : सांसद पोखरेल

काठमाडौं । ओखलढुंगाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद विश्वराज पोखरेलले खिजिदेम्बा विमानस्थल र मानेभञ्ज्याङ गाउँपालिकास्थित प्रादेशिक अस्पताल निर्माणल...

एआई तस्वीरले निम्त्यायो विवाद : ट्रम्पविरुद्ध क्रिस्चियन समाज आक्रोशित

काठमाडाैं । अमेरिकी पूर्वराष्ट्रपति डाेनाल्ट ट्रम्पले आइतबार आफ्नै सामाजिक सञ्जाल  ट्रूथमामा पोस्ट गरेको एआई–निर्मित एक तस्वीरले तीव्र विवाद निम्त्याए...

मालवस्तु ढुवानीमा स्थानीय तहले कर लगाउन नपाउने निर्णय

काठमाडौं । अब एक स्थानीय तहमा उत्पादन भएको वस्तु अर्को स्थानीय तहको भू–भाग हुँदै ढुवानी गर्दा कुनै पनि प्रकारको कर वा शुल्क लगाउन नपाइने स्पष्ट गरिएको...

प्रतिनिधिसभाअन्तर्गत समितिका सदस्य हेरफेर

काठमाडाैं ।  सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विषयगत समितिमा रहने सदस्यको नामावली हेरफेर गरेका छन् । सभामुखले सङ्घीय संसद्को संयुक्त बैठक र सं...

दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले पूर्वमन्त्री दिपक खड्कालाई रिहा गर्न आदेश दिएको छ।  बिहीबार सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending