Khabar Dabali ८ बैशाख २०८३ मंगलवार | 21st April, 2026 Tue

पहिराले रसुवाका अधिकांश ग्रामीण सडक अवरुद्ध

खबरडबली संवाददाता

रसुवा । निरन्तरको वर्षाका कारण पहिरो जाँदा जिल्लाका अधिकांश ग्रामीण सडक अवरूद्व भएका छन् । सवारी साधनको आवतजावत बन्द भएपछि उत्तरी क्षेत्रका वृद्विम, खाम्जिङ, थुमन र ठूलोस्याफ्रुका बासिन्दा पैदल हिँड्न बाध्य भएका छन् ।

यसरी नै दक्षिणी क्षेत्रका डाडागाउँ, ठूलोगाउँ, ठूलोभोर्ले–पारच्याङ, लाङ्वु, सरमथली पाटीखर्कलगायतका स्थानमा जाने ग्रामीण सडकसमेत अवरूद्व भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दैनिक उपभोग्य वस्तु तथा निर्माण सामग्री भरियाद्वारा ढुवानी गराउन स्थानीय बासिन्दा बाध्य भएका छन् ।

बिरामीलाई डोको तथा थुन्छेमा बाकेर स्वास्थ्य सस्थामा लेजानुपरेको जनाइएको छ  । के–कति किलोमिटर सडक क्षति भयो भन्न एकीन जानकारी भएको छैन । 

यस वर्षको वर्षाबाट अत्यधिक पहिरो गएको र स्याउबारीबाट रसुवागढीसम्मको राजमार्ग भने निरन्तर सञ्चालन गराउन सफल भएको जिल्ला प्रहरी प्रमुख देवेन्द्र पाण्डेले जानकारी दिए। गत हप्ता धुञ्चेपारिको खोपाङ भिरको राजमार्गमा गएको पहिरो खुलाउन २४ घण्टा लागेको र राजमार्गको अन्य स्थानमा हुने गरेका अवरोध भने सकभर आजको आजै हटाई भन्सार कार्यालयबाट जाँचपास भएका मालबाहक सवारी सहजरूपमा गन्तव्यतर्फ पठाउन सुरक्षा निकायले सहजीकरण  गर्दै आएको छ ।

स्याउबारीबाट रसुवागढीसम्म करिब ५० किलोमिटर राजमार्गको क्षेत्र बढी भिरपाखा भएका कारण अधिकांश भागमा साना–ठूला पहिरो जाने गरेको र गत असारदेखि हालसम्म १५० भन्दा बढी पहिरो पन्छाइएको प्रहरी प्रमुख पाण्डेले जानकारी दिए। 

मेलम्चीमा आएको बाढीका कारण सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि चीनसँगको व्यापार व्यवसाय सहज पार्ने एक मात्र रसुवागढी नाका रहेको छ । प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले अवरुद्ध सडक सुचारु गर्न उच्च प्राथमिकताका साथ काम भइरहेको जानकारी दिए ।  

स्याफ्रुबेँसीदेखि रसुवागढी खण्डको १६ किमी क्षेत्रमा भने दिनहुँ सडकमार्ग अवरूद्व हुने समस्या बढेको छ ।

हिमाली क्षेत्र खुकुलो माटो, गहिरो खोंच भएको स्थानमा  निर्माणाधीन १११ मेगावाट रसुवागढी एवं १२० मेगावाट लाङटाङ भोटेकोशी जलविद्युत् आयोजनाका साथै अन्य स्थानमा सडक विभागको उपकरणले पहिरो पन्छाउने कार्य हुँदै आएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जनप्रतिनिधि र कर्मचारीका छोराछोरी अनिवार्य सरकारी विद्यालयमै पढाउनुपर्ने

अछाम। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले मेल्लेख गाउँपालिकाले सार्वजनिक पद धारण गरेका व्यक्तिका छोराछोरीलाई अनिवार्य रूपमा सर...

जनप्रतिनिधि र कर्मचारीका छोराछोरी अनिवार्य सरकारी विद्यालयमै पढाउनुपर्ने

अछाम। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले मेल्लेख गाउँपालिकाले सार्वजनिक पद धारण गरेका व्यक्तिका छोराछोरीलाई अनिवार्य रूपमा सर...

सप्तरीमा १० लाख ९६ हजारका भन्सार छलीका कपडा बरामद

सप्तरी। सशस्त्र प्रहरीले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाबाट ठूलो परिमाणमा भन्सार छलीका कपडा बरामद गरेको छ । नगरपालिकाको वडा नम्बर १३ स्थित कु...

एमाले नेता कर्ण मल्लविरुद्ध बलात्कारसहित दुई कसुरमा मुद्दा दर्ता

काठमाडौं । नेकपा एमाले का कर्णाली प्रदेश कमिटी सदस्य कर्ण मल्लविरुद्ध दुई वटा कसुरमा मुद्दा दर्ता भएको छ। एक महिलाको जाहेरीका आधारमा मल्लविरुद्ध बल...

यूएईसहित खाडी मुलुकका लागि श्रम स्वीकृति पुन: सुचारु

काठमाडौँ । सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सहित खाडीका विभिन्न मुलुकहरूका लागि स्थगित गरिएको श्रम स्वीकृति पुन: सुचारु गर्ने निर्णय गरेको छ। श्...

रास्वपाको महामन्त्रीमा भूपदेव शाह मनोनित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा भूपदेव शाह मनोनित भएका छन्। सोमबार बसेको केन्द्रीय समिति बैठकले उनलाई महामन्त्रीमा ...

रास्वपाको सचिवालय विस्तार, सागर ढकाल र श्री ज्ञवाली थपिए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालयको संख्या विस्तार गरेको छ। सोमबार बसेको केन्द्रीय समिति बैठकले थप दुई जनालाई सचिवालयमा समावे...

रास्वपाले संघीय नेतृत्व मञ्चमा ६ सदस्य मनोनीत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीय नेतृत्व मञ्चमा ६ जना सदस्य मनोनीत गरेको छ। सोमबार बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा...

कांग्रेस संसदीय दलको नेताका लागि ११ वैशाखमा निर्वाचन

काठमाडौं । नेपाली कांग्रेस को संसदीय दलको नेता चयन गर्न यही ११ वैशाखमा निर्वाचन हुने भएको छ। निर्वाचन समितिका अनुसार संसदीय दलको कार्यालय, सिंहदरबा...

उपकुलपतिहरूलाई प्रधानमन्त्री बालेनको आश्वासन: कुनै किसिमको अफ्ठ्यारो भएमा सहयोग गर्छु

काठमाडौं । प्रधानमन्त्री बालेन शाह ले विश्वविद्यालयहरूमा कुनै समस्या परे सरकार सहयोग गर्न तयार रहेको बताएका छन्। सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री क...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending