Khabar Dabali १५ असार २०८३ सोमबार | 29th June, 2026 Mon
Investment bank

बालबालिकाको पहिचान सार्वजनिक नगर्न उच्च अदालतको अन्तरिम आदेश

खबरडबली संवाददाता

जमुनाह। कसुरजन्य कार्यको आरोप लागेका बालबालिकाको पहिचान गोप्य राख्नुपर्ने कानुनी व्यवस्था रहेको उल्लेख गर्दै उच्च अदालत नेपालगञ्जले अनुसन्धानका क्रममा नियन्त्रणमा लिएका बालबालिकाको नाम, तस्बिर वा भिडियो सार्वजनिक नगर्नरनगराउन अन्तरिम आदेश जारी गरेको छ ।

उच्च अदालत तुल्सीपुर, नेपालगञ्ज इजलासले मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५८(१)तथा उच्च अदालत नियमावली, २०७३ को नियम ४२(१) बमोजिम उक्त आदेश जारी गर्दै सम्बन्धित प्रहरी कार्यालयलगायत विपक्षी निकायहरूलाई आदेशको कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

अन्तरिम आदेशको प्रारम्भिक सुनुवाइ गर्दै सोही इजलासका न्यायाधीश दल बहादुर केसीले “यसमा के कसो भएको होरु निवेदकको माग बमोजिम आदेश जारी हुनु नपर्ने कुनै आधार, कारण र प्रमाण भए सो समेत पेश गर्नु” भनी विपक्षीहरूलाई कारण देखाउ आदेश दिएको छन् ।

आदेशअनुसार म्याद तामेल भएको मितिले म्यादबाहेक १५ दिनभित्र विपक्षी नं। १७ र १८ ले मुख्य न्यायाधिवक्ताको कार्यालय, लुम्बिनी प्रदेशमार्फत तथा अन्य विपक्षीहरूले उच्च सरकारी वकिल कार्यालय, नेपालगञ्जमार्फत लिखित जवाफ पेश गर्नुपर्नेछ ।

सोहीअनुसार आदेश तथा निवेदनको प्रतिलिपि संलग्न गरी विपक्षीहरूका नाममा म्याद सूचना जारी गरिएको र लिखित जवाफ प्राप्त भएपछि वा अवधि व्यतित भएपछि नियमानुसार पेश गरिने रिट निवेदकसमेत रहेका अधिवक्ता बसन्त गौतमले जानकारी दिए ।

उक्त आदेश स्वच्छ सुनुवाइ, फौजदारी न्याय प्रणालीको सुदृढीकरण, बालन्यायको प्रभावकारी कार्यान्वयन, गोपनीयताको हक तथा थुनुवाको अधिकार संरक्षणका विषयमा दायर सार्वजनिक सरोकारको रिट निवेदनको सन्दर्भमा आएको हो ।

२०८३ साल वैशाख २ गते उच्च अदालत तुल्सीपुर, नेपालगञ्ज इजलासमा अन्तरिम आदेशसहित परमादेश माग गर्दै रिट दायर गरिएको थियो ।

यसैबिच, उक्त रिटको २०८३ साल वैशाख ३ गते प्रारम्भिक सुनुवाइ गर्दै उच्च अदालत नेपालगञ्जले मिसिल संलग्न कागजात अध्ययन गरी वरिष्ठ अधिवक्ताहरू सुनिल कुमार श्रेष्ठ, लोक बहादुर शाह तथा अधिवक्ताहरू वसन्त गौतम, बलबहादुर चन्द, विश्वजित तिवारी, विकास आचार्य, सुनिता शर्मा, पवन कुमार गुप्ता र हरिकेश बर्माले प्रस्तुत गरेको बहस सुनेको जनाएको छ ।

सार्वजनिक सरोकारको विषयमा दायर गरिएको उक्त रिटमा एडभोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक अधिवक्ता बसन्त गौतमसहित अधिवक्ताहरू विश्वजित तिवारी, सुनिता शर्मा, विकास आचार्य, बलबहादुर चन्द, सुरेश कुमार गौतम, केवल सिंह थारु, शैलेन्द्र कुमार बैश्य, इन्सेकका भोला महतलगायत कानून व्यवसायी तथा मानव अधिकारकर्मीहरू निवेदक रहेको थिए।

रिटमा जिल्ला प्रशासन कार्यालय बाँके र बर्दिया, जिल्ला प्रहरी कार्यालय बाँके र बर्दिया, भूमि सुधार तथा मालपोत कार्यालय बर्दिया, भन्सार कार्यालय नेपालगञ्ज, डिभिजन वन कार्यालय, बर्दिया राष्ट्रिय निकुञ्ज ठाकुरद्वारालगायत अर्ध–न्यायिक निकायहरू तथा नेपाल सरकारका अर्थ, गृह, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई विपक्षी बनाइएको छ ।

निवेदनमा ती अर्ध–न्यायिक निकायहरूले विधिसम्मत इजलास गठन नगर्ने, पेशी सूची प्रकाशन नगर्ने, पक्षकारलाई सुनुवाइको अवसर नदिने, कानून व्यवसायीमार्फत प्रतिनिधित्व सुनिश्चित नगर्ने, कारणसहित निर्णय नगर्ने तथा पुनरावेदनको अधिकार उल्लेख नगर्ने जस्ता गम्भीर प्रक्रियागत त्रुटिहरू दोहोरिँदै आएको उल्लेख गरिएको छ ।

साथै अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिहरूलाई दोष प्रमाणित नहुँदै सार्वजनिक गर्ने, हिरासतमा दबाबपूर्ण बयान लिने, बालबालिकाको पहिचान खुल्ने गरी भिडियो तथा सूचना सार्वजनिक गर्ने जस्ता कार्यले निर्दोषिताको अनुमान, गोपनीयताको हक र स्वच्छ सुनुवाइको अधिकारमा प्रत्यक्ष असर परेको जिकिर गरिएको छ ।

रिटमा नेपालको संविधानका धारा १८, २०, २१, ४६ र १४४, न्याय प्रशासन ऐन, २०७३ को दफा ८ तथा मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा ९१ लगायतका कानुनी प्रावधानहरू र अन्तर्राष्ट्रिय मानव अधिकार सन्धिहरू—आईसीसीपीआर, यूडीएचआर र सीआरसीलाई आधार बनाइएको छ ।

रिटमा अन्तरिम आदेशमार्फत अर्ध–न्यायिक निकायहरूलाई विधिसम्मत इजलास गठन, पेशी सूची प्रकाशन, कानून व्यवसायीको पहुँच सुनिश्चित गर्ने, पक्राउ परेकाको पहिचान सार्वजनिक नगर्ने र दबाबपूर्ण बयान रोक्न माग गरिएको छ ।

यसैगरी, परमादेशमार्फत सम्बन्धित मन्त्रालयहरूलाई आवश्यक नीतिगत, संरचनागत र बजेटीय व्यवस्था गर्न, सबै अर्ध–न्यायिक निकायहरूलाई पूर्ण न्यायिक प्रक्रिया अवलम्बन गर्न बाध्य पार्न, कारणसहित निर्णय र पुनरावेदनको अधिकार सुनिश्चित गर्न तथा बालबालिकासम्बन्धी मुद्दामा बालइजलासको सिद्धान्त अनिवार्य रूपमा लागू गर्न माग गरिएको छ । साथै मुद्दाको संवेदनशीलता दृष्टिगत गरी अग्राधिकारसहित सुनुवाइ गर्न अदालतसमक्ष अनुरोध गरिएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको सङ्घीयता सम्बन्धी प्रस्ताव अवसरवादी र अपरिपक्व: वर्षमान पुन

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सङ्घीयताका सन्दर्भमा अघि सारेको पछिल्लो प्...

हतारोमा एकता गर्ने र फुर्सदमा रोएर बस्ने दिन नआओस् : संयोजक प्रचण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हतारोमा पार्टी एकता गर्ने र फुर्सदमा फेरि विभाजन भएर रोएर बस्ने दिन नआ...

हामी मरेका छैनौँ, प्रतिक्रियावादी शक्तिलाई परास्त गर्दै फेरि उठ्छौँ: ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशविरुद्ध प्रतिक्रियावादी शक्तिहरू सक्रिय भएको दाबी गर्दै त्यस्ता शक्तिला...

देश बर्बाद पार्‍यौँ भन्ने भाष्य गलत हो, हामीले देशलाई अगाडि बढाएका छौँ: ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूविरुद्ध फैलाइएका आरोप र आलोचनालाई अस्वीकार गर्दै देश बर्बाद पारिएको भन्ने धारणा गलत भएको बता...

मैले ‘क्रमभंग’को कुरा गर्दा अनावश्यक रूपमा अतिरञ्जित गरियो: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विभिन्न कोणबाट व्याख्या गरिने गरेको भन्दै त्यसप्रति असन्तुष्टि व्...

वामपन्थी शक्तिहरूबीच सहकार्यमा ढिलाइ गर्नु ठूलो गल्ती: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले वामपन्थी तथा देशभक्त शक्तिहरूबीच सहकार्यमा ढिलाइ गर्नु ठूलो गल्ती हुने...

व्यक्तिगत स्वार्थ र भ्रष्टाचारजस्ता कारणले कम्युनिस्ट आन्दोलन कमजोर भयो: माधव नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (नेपाली कम्युनिस्ट पार्टी)का सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनका कमजोरीहरूको गम्भीर आत्मसमीक्षा गर...

चुनावअघि एकता भएको भए वामपन्थीले करिब १ सय सिट जित्थ्यो: झलनाथ खनाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रमुख दुई कम्युनिस्ट शक्ति एक भएको भए निर्वाचनमा वामपन्थीले करि...

मदन भण्डारीको हत्याबारे सत्य पत्ता लगाउन नसक्नु हाम्रो कमजोरी हो: झलनाथ खनाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले जननेता मदन भण्डारीको हत्याबारे सत्य तथ्य पत्ता लगाउन नसक्नु आफ्न...

केही समयभित्र पेट्रोलियम पदार्थको मूल्य घट्छ: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयभित्र घट्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मध्यपूर्वमा द...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending