Khabar Dabali ६ माघ २०८२ सोमबार | 19th January, 2026 Mon
Investment bank

अब भौतिक उपस्थितिमै विद्यालय सञ्चालन

खबरडबली संवाददाता

खोटाङ । कोरोना सङ्क्रमणदर केही कम हुँदै गएपछि जिल्लाका स्थानीय तहले अवरुद्ध पठनपाठन भौतिक उपस्थितिमै पुन:सञ्चालनमा ल्याउन थालेका छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा स्वास्थ्य सुरक्षालाई पालना गर्दै बिहान र दिउँसोको समय मिलाएर विद्यार्थीको भौतिक उपस्थितिमै नियमित पठनपाठन सञ्चालन गर्न थालेका हुन् ।

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ गाउँपालिकाले भौतिक उपस्थितिमै पठनपाठन सञ्चालनमा ल्याइसकेको गाउँपालिका प्रमुख प्रदीप राईले जानकारी दिए। सो गाउँपालिकाभित्र नौ मावि, १० आधारभुत र ३० प्रावि सञ्चलनमा छन् । शिक्षक सङ्ख्या पर्याप्त भएको विद्यालयमा बाल शिक्षा केन्द्रदेखि कक्षा ५ सम्मको पठनपाठन बिहान ७ बजेदेखि १० बजेसम्म तथा कक्षा ६ देखि १० सम्मको पठनपाठन बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन शुरु गरिएको उनले बताए ।

“शिक्षक र विद्यार्थी सङ्ख्या न्यून भएको विद्यालयमा बाल शिक्षा केन्द्रदेखि कक्षा ८ सम्मको पठनपाठन बिहान १० देखि दिउँसो २ बजेसम्म सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ”, गाउँपालिका प्रमुख राईले भने, “कक्षा ६ देखि ८ तथा कक्षा ९ र १० को पठनपाठन भने विद्यालयको अनूकुलमा हप्तामा तीन दिन मात्र सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ ।”

विद्यार्थी सिकाइ निरन्तरताका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीबाट प्राप्त पत्र एवं विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७८ को दफा ५ को उपदफा ४ अनुसार गाउँ शिक्षा समितिको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै/गराउँदै पठनपाठन सञ्चालन गर्न सिफारिस गरेको थियो । गाउँ शिक्षा समितिको सोही सिफारिसलाई भदौ १३ गते बसेको गाउँ कार्यपालिकाको बैठकबाट अनुमोदन गरेर अवरुद्ध पठनपाठनलाई सुरु गराइएको गाउँपालिकाले जनाएको छ ।

हरेक बेञ्चमा दुईमात्र विद्यार्थी राख्ने र दैनिक दुई वा तीन विषयको मात्र सिकाइ सहजीकरण गर्ने व्यवस्था मिलाइएको छ ।  गाउँपालिकाले विद्यालयका प्रध्यानाध्यापकलाई दैनिक कक्षा निरीक्षण गर्ने, सहजीकरण गरिएका विषयमा अस्पष्टता भएमा इन्टरनेटका माध्यमबाट शिक्षक–विद्यार्थीबीचमा अन्तक्र्रिया गर्ने, हरेक हप्ता शिक्षक तथा विद्यार्थीको स्वास्थ्य परीक्षण गर्ने, विद्यार्थीको स्वास्थ्यमा समस्या देखिए तत्काल अभिभावकलाई खबर गर्ने वा अन्य निकायलाई जानकारी दिनेलगायतका विषयमा विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासन र अभिभावकबीचमा अन्तक्र्रिया गर्ने व्यवस्था गरेको जनाएको छ ।

गाउँपालिकाको निर्देशनअनुसार विद्यार्थी सिकाइ सहजीकरणका लागि हरेक वडा शिक्षा समितिले यही भदौ १५ गते बैठक राखेको थियो । बैठकले गाउँमा कोही बिरामी भएको सूचना विद्यार्थीमार्फत लिने, कोभिड–१९ को सङक्रमणबाट बच्न र बचाउन विद्यालयमा सचेतता अपनाउनेलगायतका निर्णय गरेको जनाएको छ ।

खोटेहाङ गाउँपालिकामा ४९ सामुदायिक विद्यालयबाहेक खोटाङ क्याम्पस र सिमपानी क्याम्पस, चार स्वअध्ययन केन्द्र तथा दुईसंस्थागत विद्यालय छन् । यस्तै हलेसी तुवाचुङ नगरपालिकाले पाँच माविमा अनलाइन कक्षा सुरु गरेको छ । 

गत साउन ३१ गतेको नगर कार्यपालिकाको बैठकको निर्णयअनुसार यही भदौ पहिलो साताबाट दुर्छिम मावि दुर्छिम, महेन्द्रोद्वय मावि हलेसी, सरस्वती मावि अर्खौले, बुलापन्थे मावि धितुङ र जनता मावि सल्लेमा अनलाइन कक्षा सुरु गरिएको नगर शिक्षा शाखाका संयोजक पदम कार्कीले बताउनुभयो । अनलाइन कक्षा सञ्चालन गरिरहेका विद्यालयका ६० प्रतिशत विद्यार्थी अनलाइन कक्षामा समेटिएको दाबी गरिएको छ । 

नगरका अन्य विद्यालयलाई अनलाइन कक्षा सञ्चालनबारे तालिम दिइए पनि कक्षा सुरु गर्न भने बाँकी रहेको संयोजक कार्कीले बताउनुभयो । एघार वडा रहेको नगरपालिकामा १२ मावि, १३ आधारभूत, ६४ प्रावि, चार संस्थागत र दुईवटा सार्वजनिक शैक्षिक गुठी सञ्चालनमा छन् । 

यस्तै जन्तेढुङ्गा गाउँपालिकाले आगामी भदौ २७ गतेदेखि पठनपाठन सञ्चालन गर्ने तयारी गरेको छ । कोभिड–१९ को सङ्क्रमणदर केही कम भएको निष्कर्षसहित भदौ १७ गते बसेको गाउँ शिक्षा समितिको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । 

जिल्लाको प्रमुख व्यापारिक केन्द्रमा पर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले भने अहिलेसम्म विद्यालय खोल्नेसम्बन्धी कुनै निर्णय गरेको छैन । सबैभन्दा बढी कोरोना सङ्क्रमित देखिएको यस नगरपालिकामा सञ्चालित दुई संस्थागत विद्यालयले भने अनलाइन कक्षा सञ्चालन गरिरहेका छन्

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सञ्चारमन्त्री खरेलले दिए पदबाट राजीनामा

काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर पदबाट राजीनामा दिएका हुन...

मन्त्री पदबाट राजीनामा दिँदै जगदीश खरेल, रास्वपाबाट चुनाव लड्दै

काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिने भएका छन् । चुनावमा सहभागी हुन भन्दै उनले राजीनामा बुझाउन लागेका हुन् । खरेल ...

पोखराबाट पक्राउ परे दुर्गा प्रसाईं

पोखरा । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन् । उनी पोखरामा कार्यक्रममा सहभाग...

मधेशमा ६० प्रतिशतभन्दा बढी मत पाउने स्वर्णिम वाग्लेको विश्वास

जनकपुरधाम। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा। स्वर्णिम वाग्लेले मधेश प्रदेशमा ६० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने विश्वास व्यक्त गर...

नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार, को कहाँबाट ?

झलनाथ र बामदेव परेनन्

कमल थापालाई टिकट दिएपछि राप्रपाका युवा नेता कार्कीले छाडे पार्टी

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा नेता हिक्मतजंग कार्कीले पार्टी छोडेका छन्। उनले पार्टी नेतृत्वको टिकट वितरणमा मनपरी गरेको निर्ण...

स्याङ्जामा कांग्रेसबाट ढकाल र मल्ल उम्मेदवार

स्याङ्जा। आगामी फागुन २१ ग्ते हुने प्रतिनिधी सभा निर्वाचनमा स्याङ्जामा नेपाली कांग्रेसले उम्मेदवारको टुङ्गो लगाएको छ । दुई निर्वाचन क्षेत्र रहेको य...

कांग्रेसले हिमाली जिल्लामा उम्मेदवार टुंगो लगायो

काठमाडौं । नेपाली कांग्रेसले आगामी २१ फागुनमा हुन गइरहेको निर्वाचनका लागि हिमाली जिल्लाहरूमा उम्मेदवारको टुंगो लगाएको छ। पार्टीभित्रै विवाद र छलफल चलि...

ओलीलाई योगेशको आग्रह: कुनै किचलो गर्दिनँ, उम्मेदवार मिलाउन सकिने क्षेत्रमा मिलाउनुस्

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रतिनिधिसभा निर्वाचनका केही क्षेत्रमा उम्मेदवार मिलाउन सकिने अवस्था रहे अध्यक्ष केपी शर्मा ओलीलाई ...

मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सिंहद्वारा सांसद पदबाट राजीनामा

काठमाडौं । मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिश सिंहले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन्। उनले विधिवत रूपमा प्रदेशसभा सदस्यबाट राजीनामा दिएको ज...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending