Khabar Dabali ८ बैशाख २०८३ मंगलवार | 21st April, 2026 Tue

वर्षाले डुबे उपत्यकाका सडक

खबरडबली संवाददाता

काठमाडौं । आइतबार रातभर वर्षा भएसँगै सोमबार बिहानसम्म काठमाडौँ उपत्यकाका विभिन्न सडक जलमग्न भए । काठमाडौँमा सोल्टीमोड क्षेत्र, नारायणहिटी दरबारको पूर्वी क्षेत्र र अन्नपूर्ण चोकमा सडक खुलाउन लागिएको छ । 

उपत्यकामा अरु धेरै ठाउँमा जमेको पानी काठमाडौँ उपत्यका खानेपानी लिमिटेड र सम्बन्धित पालिकाले खुलाइरहेका छन् । भारी वर्षाका कारण खोला बढेकाले करिडोर जलमग्न भएको लिमिटेडका प्रमुख कार्यकारी निर्देशक मिलन शाक्यले बताए। सडक विभागले सडक बनाउँदा छेउमा बनाउने ‘साइड ड्रेन’ सानो हुँदा सडकमै पानी जम्मा भएको पाइन्छ । उनले भने, “त्यसलाई पानी जान सक्ने गरी बनाउँदा सडक डुब्न पाउँदैन ।”

उपत्यकामा एकै दिन मात्रै वर्षा हुँदा पनि सडक जलमग्न हुने गरेको छ । सडकमा एक दुई फिटसम्म पानी हुँदा सवारी चालक र यात्रुलाई आवतजावत गर्न गाह्रो हुने गरेको छ । उपत्यकाका मुख्य र सहायक सडकमा कतिपय घर र पसलभित्रै पानी पसेको छ ।

उपत्यकामा सुन्धारा, बालुवाटार, कुमारीपाटी, तीनकुनेलगायतका स्थानमा सवारीसाधन नै डुबिरहेको देख्न सकिन्छ । वाग्मती, विष्णुमती धोबीखोलालगायत नदीको बहाव बढ्दा करिडोरमा पानी जम्ने गरेको छ ।

 उपत्यकामा रहेको ढल साँघुरो र नियमित मर्मतका अभावमा यस्तो समस्या देखिरहेको छ । भौतिक संरचना निर्माणको जिम्मेवारीको कुन निकायको हो भनी स्पष्ट भए पनि मर्मतको जिम्मेवारी कसको हो भनी अन्र्यौल हुँदा बर्सेनि यो समस्या दोहोरिरहेको हो । ढल प्रणाली पुरानो भएको तथा पुरानो र नकुहिने वस्तु पस्दा पानी ढलमा नगएर सडकमै जम्मा हुने र त्यसले सडक पानीले भरिने गरेको छ ।

ढल जाम हुनेलगायत समस्या आउँदा केयुकेएलले नै उपकरण लगेर ढल खुलाउने काम गरिरहेको छ । त्यसबाहेक सम्बन्धित महानगरपालिका र नगरपालिकाहरुले पनि आ–आफुसँग भएका उपकरणमार्फत सडक खुलाउने गर्छन् । कतिपय स्थानमा खोलाको क्षेत्र कम छाडेर संरचना बनाउँदा पनि खोला सडक र बस्तीसम्म पुग्ने गरेको छ । 

काठमाडौँ महानगरपालिकामा भीमसेनस्थान जाने पुलमा विष्णुमति थुनिएर खोला बाहिर बगेको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले बताउनुभयो । सो करिडोरको निर्माण महानगरपालिकाले गरिरहेको भए पनि कल्भर्ट पुल पहिले सडक विभागले बनाएको थियो । भीमसेनस्थानमा एक फिट माथिसम्म पनि खोलाको लेदो सडक र पेटीहरुमा रहेको छ ।

 उहाँले भन्नुभयो, “महानगरपालिकाले त्यो पन्छाउन पहल गरिरहेको छ ।”ढल निर्माणको मुख्य जिम्मेवारी खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभागको हो । विभागले खासगरी सङ्घीय सडकमा र स्थानीय सडकमा सम्बन्धित पालिकाहरुले ढल निर्माण गर्छन् । तीन तहका सरकार कसले ढल बनाएको छ भन्ने अर्कोलाई थाहा नहुँदा र ढलहरुबीचको जडानमा समस्या हुँदा सडक पानीले भरिने गरेको छ । 

स्थानीयवासी पनि कुन निकायलाई उजूरी गर्ने भन्नेमा अन्योलमा छन् । ललितपुर, इमाडोलका रमेश श्रेष्ठ यस क्षेत्रमा बर्षेनि पानी जम्ने गरे पनि त्यसतर्फ कसैको ध्यान नगएको बताउँनुहुन्छ । पानी पसलभित्र पस्दा धेरै क्षति हुने गरेको छ । उहाँले भन्नुभयो, “तत्काल पानी हटाउने मात्रैभन्दा दीर्घकालीन रुपमा समस्या समाधान गर्न खाँचो छ ।”
कुन सडकमा कसले ढल निर्माण गर्ने भन्ने नै स्पष्ट छैन  । सडकका विषयमा आठ मिटर वा त्योभन्दा बढी चौडा सङ्घीय सरकारले र त्यसभन्दा कम चौडाइको स्थानीय सरकारले निर्माण गर्ने जनाइएको छ । 


कुन सडकमा कसले ढल निर्माण गर्ने भनी टुङ्गे नभएको पालिकाले बताउँदै आएका छन् । सामान्यतया ठूला चौडाइका सडकमा सङ्घीय सरकार र कम चौडाइमा स्थानीय सरकारले ढल निर्माणको काम गर्दै आएका छन् । स्थानीय तहले ढल निर्माण गरेका स्थानमा पनि मर्मतमा भने ध्यान दिएको पाइँदैन ।

ढलको समस्या काठमाडौँ उपत्यकाका नगर क्षेत्रसँगै नयाँ बनेका नगरपालिकामा समेत देखिरहेको छ । ग्रामीण बस्तीमा शहरीकरणसँगै फोहरपानीको व्यवस्थापनको समस्या देखिरहेको हो । पानीको उचित निकास नहुँदा वर्षाका समयमा काठमाडौँ उपत्यकाका धेरै सडक डुबानमा पर्ने र स्थानीयवासीको घरभित्रै पानी छिर्ने समस्या हुने गरेको छ । 

मेलम्ची खानेपानी आयोजना, कार्यान्वयन निर्देशनालयले मुख्य नदीमा पानी प्रशोधन केन्द्र र खोला नजिकै ढल निर्माण गरिरहेको छ । मेलम्चीको पानीले ढलको समस्या अझै बढ्नसक्ने भएकाले खोला छेउमा जस्तै ढल निर्माण उपत्यकाका मुख्य र सहायक सडकमा पनि गर्न आवश्यक छ । फोहरपानीको व्यवस्थापनका लागि  निर्देशनालयले चार स्थानमा फोहरपानी प्रशोधन केन्द्र निर्माण गरिरहेको छ । गुह्श्वरी, सूर्यविनायक, बालकुमारी र सुन्दरीघाटमा फोहरपानी प्रशोधन केन्द्र निर्माण गर्न लागिएको हो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अडियो प्रकरणमा धनुषाको वरिष्ठ सई सागरशम्सेर जबरालाई निलम्बन गर्ने प्रक्रियामा सुरु

काठमाडौं । अडियो प्रकरणमा जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) सागरशम्सेर जबरा लाई निलम्बन गर्ने प्रक्रिया अ...

वरिष्ठ न्युरोसर्जन डा.दिनेश नाथ गंगोलको निधन

काठमाडौं । नेपालमा न्युरोसर्जरी सेवाको सुरुवात गर्ने श्रेय पाएका वरिष्ठ चिकित्सक डा. दिनेश नाथ गंगोल को निधन भएको छ। ९२ वर्षीय गंगोलको मंगलबार बिहान क...

चौबिस घण्टामा ट्राफिक प्रहरीले गर्याे तीन हजार बढीलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडौँ उपत्यकामा तीन हजार ५०१ जना सवारी चालकलाई कारबाही गरेको छ । आज बिहानसम्म मादक पदार्थ ...

आज दिउँसो साढे ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । आज दिउँसो साढे ३ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। बैठक सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना हुने प्रधानम...

जलविद्युत परियोजना निर्माण नरोक्न अदालतको अन्तरिम आदेश

बागलुङ । उच्च अदालत पाटनले ह्वाइट गोल्ड मल्टी इनर्जी प्राइभेट लिमिटेडको निवेदनमा गत चैत २२ गते जलविद्युत परियोजनाको निर्माण कार्य नरोक्न अन्तरिम आदेश ...

दुई राउण्ड हवाई फायर गरी खैरो हेरोइन कारोबारी मियाँ पक्राउ

विराटनगर। मोरङमा ठुलो परिमाणको लागुऔषधसहित एक व्यक्तिलाई प्रहरीले हवाइफायर गरी पक्राउ गरेको छ । सोमबार राति रतुवामाइ नगरपालिका–१ स्थित हटिया क्षेत्रमा...

जनप्रतिनिधि र कर्मचारीका छोराछोरी अनिवार्य सरकारी विद्यालयमै पढाउनुपर्ने

अछाम। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले मेल्लेख गाउँपालिकाले सार्वजनिक पद धारण गरेका व्यक्तिका छोराछोरीलाई अनिवार्य रूपमा सर...

जनप्रतिनिधि र कर्मचारीका छोराछोरी अनिवार्य सरकारी विद्यालयमै पढाउनुपर्ने

अछाम। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले मेल्लेख गाउँपालिकाले सार्वजनिक पद धारण गरेका व्यक्तिका छोराछोरीलाई अनिवार्य रूपमा सर...

सप्तरीमा १० लाख ९६ हजारका भन्सार छलीका कपडा बरामद

सप्तरी। सशस्त्र प्रहरीले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाबाट ठूलो परिमाणमा भन्सार छलीका कपडा बरामद गरेको छ । नगरपालिकाको वडा नम्बर १३ स्थित कु...

एमाले नेता कर्ण मल्लविरुद्ध बलात्कारसहित दुई कसुरमा मुद्दा दर्ता

काठमाडौं । नेकपा एमाले का कर्णाली प्रदेश कमिटी सदस्य कर्ण मल्लविरुद्ध दुई वटा कसुरमा मुद्दा दर्ता भएको छ। एक महिलाको जाहेरीका आधारमा मल्लविरुद्ध बल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending