Khabar Dabali १४ बैशाख २०८३ सोमबार | 27th April, 2026 Mon

राष्ट्रपति भण्डारीद्वारा नवनियुक्त प्रधानसेनापति शर्मालाई दज्र्यानी चिह्न प्रदान

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्मालाई महारथीको दज्र्यानी चिह्न प्रदान गरेकि छिन् ।  राष्ट्रपति भवन शीतल निवासमा  आज आयोजित विशेष समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपतिसमक्ष नवनियुक्त प्रधानसेनापति शर्माले पद तथा गोपनीयताको शपथ लिए। मुलुकको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाको ४४ औँ प्रधानसेनापतिका रुपमा शर्माले तीनवर्षे कार्यकालका लागि आजैदेखि औपचारिकरुपमा सैनिक नेतृत्वको जिम्मेवारी सम्हाल्नेछन् । 

समारोहमा प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित थिए ।  राष्ट्रपति भण्डारीले सरकारको सिफारिशमा उहाँलाई यही भदौ ११ गते आजदेखि लागू हुने गरी प्रधानसेनापतिमा नियुक्त गरेकि हो ।  नवनियुक्त प्रधानसेनापति शर्माले जङ्गी अड्डामा निशान भगवतीको पूजार्चना गर्नेछन्। उनको सम्मानमा  सैनिक टुकडीले प्रधानसेनापति सम्मान गारत अर्पण गर्नेछ । आजै पदबहाली, रथीवृन्दलाई  सम्बोधन तथा सैनिक मञ्च टुँडिखेल  र छाउनी पुगेर  वीर सैनिकप्रति पुष्पहार अर्पण गर्ने नवनियुक्त प्रधानसेनापति शर्माको कार्यक्रम छ ।

यसअघिका प्रधानसेनापति पूर्णचन्द्र थापाको तीनवर्षे कार्यकाल आजै सकिएको छ । नवनियुक्त प्रधानसेनापति शर्माले सामूहिक नेतृत्व, तालीम र आर्थिक पारदर्शितालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने यसअघि नै बताइसक्नुभएको छ । उहाँका सम्मानमा आज सैनिक मुख्यालय टुँडिखेलमा स्वागत समारोह आयोजना हुनेछ ।

 महारथी शर्माले भारतबाट राष्ट्रिय प्रतिरक्षा, संयुक्त राज्य अमेरिकाबाट आतङ्कवाद एवं सुरक्षा, थाइल्याण्ड र पाकिस्तानबाट प्रतिरक्षा तथा बङ्गलादेशबाट शान्ति सेनासम्बन्धी उच्चस्तरीय तालीम प्राप्त गर्नुभएको छ ।  युद्धकार्य महानिर्देशक, बलाधिकृत र बलाध्यक्षको जिम्मेवारी सफलतापूर्वक पूरा गर्नुभएका शर्मा राष्ट्रिय तथा अन्तरराष्ट्रिय सुरक्षासम्बन्धी समसामयिक समस्या तथा चुनौतीबारे पूर्ण जानकार छन् । उनले संयुक्त राष्ट्र संघको शान्ति मिशनअन्तर्गत पूर्वी टिमोरमा गुल्म र कङ्गोमा गणको अन्तरराष्ट्रिय कमाण्ड गरेका थिए ।
 
त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा स्नातकोत्तर र भारतको मद्रास विश्वविद्यालयबाट प्रतिरक्षा तथा रणनीतिक शास्त्रमा एमफिल गर्नुभएका शर्मासँग सरल स्वभाव, स्पष्ट अभिव्यक्ति र ठोस निर्णय गर्ने क्षमता छ । सेनाको तीन जोड एक अवधारणाको पुनर्संरचनालाई व्यवस्थित कार्यान्वयन गर्नु उहाँको प्रमुख कार्यभार रहनेछ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पूर्वमन्त्री गोपाल किरातीको घर भत्काइयो

काठमाडौँ । मनोहरास्थित सुकुम्बासी बस्तीमा अतिक्रमित सरकारी जग्गा खाली गराउने अभियान अन्तर्गत पूर्वमन्त्री गोपाल किरातीको घर प्रहरीले भत्काएको छ। सर...

अत्यावश्यक काम भन्दै वडा कार्यालय बोलाएर सामूहिक आक्रमण

रूपन्देही। रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ३ को वडा कार्यालय भवनमा दिनदहाडै एक स्थानीयमाथि साङ्घातीक आक्रमण भएको छ ।  वडाबासी वर्ष ४० का थि...

संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउनु उचित हुँदैन : कांग्रेस प्रवक्ता चालिसे

ललितपुर। नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउनु उचित नभएको बताएको छन्। पार्टी केन्द्रीय कार्यालय सान...

संविधान संशोधन बहसपत्र तयारी: विज्ञहरूसँग छलफल सुरु

काठमाडौं। संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठित कार्यदलले आजदेखि संविधान तथा कानुनविद्हरूसँग औपचारिक छलफल सुरु गरेको छ। प्रधानमन्त्री बालेन...

बाढीपछि अवरुद्ध बीपी राजमार्ग ३ दिनपछि सञ्चालन

काभ्रेपलाञ्चोक । गत शनिबार साँझदेखि अवरुद्ध रहेको बीपी राजमार्ग पुन: सञ्चालनमा आएको छ। रोशी खोलामा आएको बाढीका कारण क्षतिग्रस्त बनेका डाइभर्सन मर्मतपछ...

कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत चयन

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत चयन भएका छन्। पार्टी सभापति गगन थापाले आङ्देम्बेलाई दलको नेतामा निर्वाचि...

त्रिवि क्रिकेट मैदान खाली गराउने कुरा होइन, भाडा सम्झौता रिन्यू गर्ने हो: मन्त्री पोखरेल

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदान र नेपाल क्रिकेट संघ (क्यान) बीचको भाडा सम्झौता पुन: नवीकरण हुने सरकारले स्पष्ट पारेको छ। प...

महेश बस्नेतकि श्रीमति पक्राउ, शोभा पाठक अस्पताल भर्ना

काठमाडौं । माइतीघर मण्डलामा धर्ना बसेकी शोभा पाठकमाथि हातपात भएपछि उनलाई उपचारका लागि अस्पताल पठाइएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पाठकलाई...

सशस्त्र प्रहरीको १३औँ आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको १३औँ महानिरीक्षक (आईजीपी) मा नारायणदत्त पौडेल नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त मह...

सुकुमबासीबारे अध्ययननै नगरी राज्यले जे गरे पनि हुन्छ जस्तो गरी अघि बढ्यो: प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदिप पौडेलले सुकुम्वासी बस्तीमा सरकारले हतारमा डोजर चलाएको भन्दै असन्तुष्टि जनाएका छन्। महामन्त्री पौडेलले स...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending