Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८० शुक्रबार | 1st December, 2023 Fri

एमसीसी आइपिएसको एक अंग भएकाले यसलाई स्वीकार्न हुन्न : क्षेत्री

डा . दीपेन्द्रबहादुर क्षेत्री

यो सम्झौता नेपालको संसदबाट नै किन पारित गर्नुपर्ने भन्नेमा मेरो केही भिन्न मत रहेको छ । हाम्रो संविधान पनि संसदबाट नै पारित भएर आएको हो । जतिपनि नियम कानूनहरु छन, ति सबै संसदबाट आएको छ । त्यहाँबाट आएपछि त्यो बज्र जस्तै हुन्छ । त्यसलाई अर्को पटक बदर नगरेस

नेपाल अफगानिस्थानभन्दा बढी जटिल मोडमा पुग्ने हो कि भन्ने सर्वत्र चिन्ता छ । अफगानिस्तानलाई प्रत्यक्ष प्रभाव पर्ने पाकिस्तान थियो । पाकिस्तानमा एक प्रकारले अमेरिकाको प्रभावमा थिए । चीनले न्यानो किसिमले समर्थन मात्र गरेको हो । हामी कहाँ त चीनको जस्केलो छदै छ । 

भियतनामको राष्ट्रपति फ्यू र उपराष्ट्रपति चि भन्ने थिए । उनी अमेरिकामा गएर ट्याक्सी चलाउँछन् भन्ने सुनेको थिएँ । अमेरिकामा ट्याक्सी चलाएर पनि बाँच्न सकिदो रहेछ भन्ने लोभ थियो । त्यही लोभ नेपाली नेताहरुलाई पनि भएको हो कि भन्ने लाग्छ । किनकी हाम्रा नेताका छोराछोरी पनि अमेरिकामा छन् । त्यसैले उनीहरुको चिन्ता भविष्यमा विल्लीबास नहोस् भन्ने हो । कालन्तरमा अफगानिस्तान, इराक र भियतनाम जास्तो भएछ भने पनि बुढेसकालमा अमेरिकामा आरामसंग जिन्दगी बिताउन पाइन्छ भन्ने होला । उनीहरु त सुरक्षित ठाउँमा गएर बस्छन् तर दु:ख भोग्नु हामीले पर्छ । 

बमबारुदको शिकारले लाश उठाउने मानिस नहुन सक्छ । एकले अर्कालाई मद्दत नगर्ने दिन पनि आउन सक्छ । यो मुुलुकका लागि महा दुर्भाग्य हो । एमसीसीबारे सरकारले बुँदागत रुपमा अमेरिकी अधिकारीसंग सोधेका छन् भन्ने कुरा हामीले अखबारमा पढ्छौं । आइपीएसको बुँदा नं. ९ के छ भने सन् २००१ देखि अमेरिकाले फरक राष्ट्रिय सुरक्षा नीति अपनाएर सञ्चालन गर्ने भनेको छ । त्यही अनुसार सन् २०१७ पछि हिन्द प्रशान्त क्षेत्रमा सैनिक, गैर्य सैनिक गठबन्धनहरु एकपछि अर्को बनाउँदै गइराखेको छ । यी सबै आइपीएस कै मातहतमा रहेको छ । यस्तै एमसीसी लगायतका अमेरिकी साहयता परिचालन गरिएका छन् । यी सबै साहयता यसकै अंग हो भनेर अमेरिकी अधिकारीहरुले स्वीकार गरेका छन् । यसबारे सरकारले आम जनतालाई प्रष्ट पार्न जरुरी छ । 

एमसीसीमा भएको प्रावधान अमेरिकाले अब्बल दर्जाको रक्सी दिएर पसिना छुट्दा समेत यस्ता कुरा ख्याल हुन्छ । मात्रि भूमिप्रति उहाँहरुको नशा नशामा रगतको अंश थियो भने त्यो आउनुपथ्र्यो । किन आएन ? यसको मतलब एक पछि अर्को महत्वपूर्ण कुराहरु शासकहरुले लुकाएर राख्नुभएको छ । डा. युवराज खतिवडाले अर्थमन्त्री हुँदा यस्ता सम्झौता गरेका छन्, ति कुराहरु अहिले पनि सार्वजनिक भएका छैनन् भन्ने कुरा आइरहेको छ । उनीहरुको तर्क के छ भने सम्झौता भएका सबै कुरा बाहिर ल्याउनु पर्छ भन्ने छैन भनेर तर्किने गरेका छन् । यो सम्झौता नेपालको संसदबाट नै किन पारित गर्नुपर्ने भन्नेमा मेरो केही भिन्न मत रहेको छ ।  हाम्रो संविधान पनि संसदबाट नै पारित भएर आएको हो । जतिपनि नियम कानूनहरु छन, ति सबै संसदबाट आएको छ । त्यहाँबाट आएपछि त्यो बज्र जस्तै हुन्छ । त्यसलाई अर्को पटक बदर नगरेसम्म कायम रहनेछ । यसको अर्थ उनीहरुसंग गरिएको एउटा कागजको खोस्टा हाम्रो संविधान भन्दा माथि हुन्छ । यति गरेन भने गाउँमा एक जना किसानले समेत औंला उठाउँछ । सार्वभौम संसदबाट पास गरेपछि कसैले बोल्ने ठाउँ नै रहँदैन । हाम्रो मुखमा बुझो मार्न उनीहरुले त्यसो गरेका हुन् । 

अमेरिकी राजदुतले नेपालमै बसेर एउटा मिडियालाई अन्र्तवार्ता दिने क्रममा हाम्रो साहयता गर्ने रणनीति बदलिएको भनेका छन् । एमसीसीमा सहायता होइन लगानी गछौं  भनेका छन् । लगानी गर्नुको अर्थ के हुन्छ भने यसका लागि सुरक्षा चाहिन्छ, लागानी फिर्ता लैजाने मनशाय हुन्छ र लगानीबाट सकेसम्म नाफा कमाउँ भन्ने पनि हुन्छ । यसैको शेरोफेरोमा रहेर उनीहरुले बौद्धिक सम्पत्तिको कुरा उठाएका हुन् । विद्युतिय लाइनहरु विस्तार गर्ने उनीहरुको बहना मात्र हो । हाइटेन्सन लाइन विस्तार गर्दा हाम्रो विद्युत प्राधिकरणले व्यक्तिको जग्गा अतिक्रमण गरेजस्तै गरी उनीहरुले पनि गर्नेछन् । त्यसमा हाम्रो कुनै अधिकार हुँदैन । यस्तै सडक विस्तार तथा स्तरउन्नतिका प्रावधान रहेको छ । नेपालको सडक र विद्युतमा लगानी गरीसकेपछि हाम्रो सार्वभौमसत्ता कहाँ रह्यो ? त्यसैले उनीहरु अनुदान नभइ लगानी गर्न चाहन्छन् ।  लगानीको सुरक्षा उनीहरुको हुन्छ । यसको सुरक्षाका लागि विचारले मात्र भएन भने सैन्य बलले हस्तक्षेप गर्छन् । अहिले पनि उसले विभिन्न देशहरुमा आफ्ना सेना तैनाथ गरेका छन् । 

एमसीसीले दिएको ५० करोड डलरमा नेपाल सरकारले समेत १३ करोड डलर थप गर्ने भनेको छ । यसमा हाम्रो पनि सहभागिता छ भने एकपक्षीयरुपमा यसलाई उनीहरुले सम्झौता भंग गर्न सक्ने सर्त के कति कारणले आउन सक्छ ? 

(क्षेत्री योजना आयोगका पूर्वउपाध्यक्ष एवं गर्भनर हुन्)

Tags mcc
Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेको मेची–महाकाली अभियान सुरु

बैतडी । नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु गरेको छ । एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन...

ल्यार्काल लामा आइविसिको सभापतिमा निर्बाचित

काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक...

दुर्गा प्रसाईको महंगो गाडीमा केपी ओली चढ्दै

काठमाडौं । राजतन्त्र फर्काउने अभियानका अभियान्ताका रुपमा चिनिएका दुर्गा प्रसाईले चढ्ने गरेको करिब ५ करोड रुपैँयाको ल्याण्डक्रुजर भि ८ गाडी केपी ओलीले ...

बल्खुमा फेरि तनाव : प्रहरीमाथि हातपात गरेपछि दुर्गा समथर्थकमाथि अश्रुग्याँस प्रहार

काठमाडौं । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबिच झडप भएको छ । प्रसाईका समर्थकले ब्यरिकेटमा बसिरहेका प्रहरीलाई हातपात गरेपछि  प्रहरीले प...

प्रधानमन्त्री प्रचण्ड सगरमाथाको आधारशिविर कालापत्थरमा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सगरमाथाको आधारशिविर कालापत्थरबाट शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गर...

जापानविरुद्द नेपालको सान्त्वना जित

काठमाडौं । चार देशीय महिला टी–२० सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जित निकालेको छ । आज भएको खेलमा जापानलाई ६७ रनले हराउँदै न...

लप्सीफेदीमा सुरक्षाकर्मी र स्थानीयबिच झडप, डीएसीसहित ३ घाइते

काठमाडौं । काठमाडौंको लप्सीफेदीमा स्थानीय र प्रहरीबिच झडप हुँदा डीएसपी सहित ३ प्रहरी घाइते भएका छन् ।  शंखरापुर नगरपालिका ३ लप्सीफेदीमा विद्युतप्रा...

क्रिकेटर मोहम्मद शामीलाई पक्राउ नगर्न मुम्बई पुलिसलाई दिल्ली पुलिसको रोचक आग्रह

काठमाडौं । मानिसहरुबिच सोसल साईड एक्समा दिल्ली पुलिसको एउटा आग्रह देखेर चर्चापरिचर्चा चलिरहेको छ ।  बुधबार भारतमा जारी एकदिवसीय क्रिकेट अन्तर्गत भा...

टिकटक प्रतिबन्धविरुद्दको रिटमा ४ गते प्रारम्भिक सुनुवाई हुने

काठमाडौं । सरकारले टिकटकमा लगाएका प्रतिबन्ध फुकुवाका लागी भन्दै सर्वोच्व अदालतमा आधा दर्जन रिटपरेपछि अदालतले आगामी ४ गते प्रारम्भिक सुनुवाई गर्ने भएको...

दर्जनौं नेता–कार्यकर्ता माओवादीमा प्रवेश

तनहुँ । तनहुँको एक कार्यक्रममा नेकपा एमाले लगायत विभिन्न पार्टीका नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।  पार्टी प्रवेश गर्नेहरूमा ने...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies