झापा । घरै बसेर परिवारका सदस्यले थोरै लगानीमा सजिलै बढी आम्दानी गर्न सकिने व्यवसायका रुपमा पछिल्लो समय बङ्गुरपालनप्रति गाउँका किसानको आकर्षण बढ्दै गएको छ । परम्परागतरूपमा गरिने बङ्गुरपालनलाई आधुनिक र व्यावसायिक बनाउन सक्ने हो भने यसमा लागेका किसानको आर्थिकस्तर नै फेरिने सम्भावना रहेको बताइएको छ ।
यही सम्भावनालाई दृष्टिगत गर्दै नेपाल वेलहोप एग्रिटेक प्रालि र मेरीगोल्ड बङ्गुर फार्मले परम्परागत बङ्गुरपालन गर्दै आएका किसानलाई व्यावसायिक बनाउन सघाउने उद्देश्यले गाउँगाउँ पुगेर विज्ञद्वारा प्रशिक्षण प्रदान दिने अभियान सञ्चालन गरेको छ । ती संस्थाले झापा, मोरङ, सुनसरी र उदयपुरमा बङ्गुरपालनको पकेट क्षेत्र मानिएका पालिकामा किसानलाई भेला गरेर व्यावसायिक बङ्गुरपालनका बारेमा वैज्ञानिक प्रशिक्षण प्रदान गरिरहेका छन् ।
यही क्रममा शुक्रबार झापाको बाहुनडाँगीमा जिल्लास्तरीय एक दिवसीय प्रशिक्षण कार्यक्रम गरिएको हो । झापाका १५ पालिकाबाट सहभागी १५० भन्दा बढी किसान सो प्रशिक्षण कार्यक्रममा सहभागी भएका छन् । किसानलाई आधुनिक बङ्गुरपालनका लागि आवश्यक पर्ने खोर, पाठापाठीको प्रजाति, दाना र औषधिसम्बन्धी उपयोगी जानकारी प्रदान गरिएको मेरीगोल्ड बङ्गुर फार्मका सञ्चालक पुनम राईले बताए ।
नेपाल वेलहोप एग्रिटेक प्रालिका प्रबन्ध निर्देशक कुमार पौडेल, डा सुवास रेग्मी र डा नगेन्द्र खड्काले किसानलाई प्रशिक्षण दिएका थिए । परम्परागत तरिकाले भन्दा आधुनिक ढङ्गले बङ्गुरपालन गर्दा बढी फाइदा हुने जानकारी प्रशिक्षणबाट पाएको कार्यक्रमका सहभागी अभिषेक लिम्बूले बताए ।
प्रालिका प्रबन्ध निर्देशक पौडेलले उदयपुरको गाईघाट र बेलटार, सुनसरीको धरान र इटहरी, मोरङको पथरी तथा झापाको मेचीनगरमा बङ्गुरपालन व्यवसाय फस्टाइरहेको हुँदा यसलाई आधुनिक, व्यावसायिक र उन्नत तुल्याउन प्रशिक्षण अभियान सञ्चालन गरिएको जानकारी दिए ।
प्रालिले उच्च चिनियाँ तथा नेदरल्याण्डको प्रविधि प्रयोग गरेर बङ्गुर, कुखुरा, बाख्रा, गाईभैँसी र माछालाई खुवाइने २१ प्रकारका दाना उत्पादन तथा बिक्री गर्दै आएको समेत उनले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ६ गते, २०८२ - १३:२६
काठमाडौं । मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिश सिंहले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन्। उनले विधिवत रूपमा प्रदेशसभा सदस्यबाट राजीनामा दिएको ज...
माघ ६ गते, २०८२ - १२:२८
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार टुंग्याउन नेपाली कांग्रेसको संसदीय बोर्डको बैठक बस्ने तयारी भइरहेको छ। पार्टीको तर...
माघ ६ गते, २०८२ - १२:०९
काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । सुनको भाउ प्रतितोला ४ हजार २ सय रुपैयाँले बढ्दै नयाँ कीर्तिमान कायम गरेको ...
माघ ६ गते, २०८२ - १२:०२
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले सोनाम ल्होछारको शुभकामना व्यक्त गरेको छिन् । उनले भनेको छिन्, “तामाङलगायत हिमाली, पहाडी आदिवासी जनजाति समुदायक...
माघ ६ गते, २०८२ - ११:५१
दमक। उम्मेद्वारी दर्ताका लागि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज झापाको दमक आउँदै छन्। झापाको सबै निर्वाचन क्षेत्रको तयारीबारे उनले जानकारी लि...
माघ ६ गते, २०८२ - ११:४५
मुस्ताङ। पछिल्लो तीन वर्षयता हिमाली मुस्ताङमा हिमपात हुनसकेन । गत कात्तिक महिनामा यहाँको माथिल्लो मुस्ताङ क्षेत्रसहित वारागुङ मुक्तिक्षेत्र-१ मुक्तिना...
माघ ६ गते, २०८२ - ११:०१
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का शीर्ष नेताहरूले आगामी चुनाव नलड्ने निर्णय गरेका छन्। सोमबार बिहान बसेको पार्टीको स्थायी कमिटीको भर्चुअल...
पौष २७ गते, २०८२ - १६:४३
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...
पौष २७ गते, २०८२ - १६:३३
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...
पौष २७ गते, २०८२ - १६:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...




प्रतिकृया लेख्नुहोस्: