Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

यस्तो रहेछ सङ्खुवासभा हत्याकाण्ड हुनुको कारण

खबरडबली संवाददाता

 सङ्खुवासभा । मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा एकै परिवारको छ जनाको हत्यामा संलग्न आरोपितले दाउराको चिर्पट प्रहार गरेर हत्या गरेको खुलेको छ । हत्यामा संलग्न आरोपी २६ वर्षीय लोकबहादुर कार्कीले छ जनाको हत्या चिर्पट प्रहारबाट गरेको प्रहरीसमक्ष बयान दिएका छन् ।

आइतबार इलाका प्रहरी कार्यालय चैनपुरमा पत्रकार सम्मेलन गर्दै प्रहरीले यसबारे जानकारी गराएको हो । लोकबहादुरले सबैभन्दा पहिले ठूलो बुबा तेजबहादुरलाई नै चिर्पटले हानेर हत्या गरेको प्रहरीलाई बयान दिएको प्रदेश नम्बर १ का प्रहरी प्रमुख नायब महानिरीक्षक अरुण बीसीले पत्रकार सम्मेलनका जानकारी दिए । तेजबहादुरका भतिज लोकबहादुरले पछाडिबाट चिर्पट दाउराले टाउकोमा प्रहार गरेर ढलाएका थिए । तेजबहादुरको हत्या गरेको घटना देख्ने सबैलाई मार्ने योजना बनाएको प्रहरीसमक्ष बयान दिएको नायब महानिरीक्षक बीसीले बताए । 

लोकबहादुरले पटक–पटक चिर्पट प्रहार गरेपछि तेजबहादुरले हारगुहार गरेको आवाज सुनेपछि तेजबहादुरकी श्रीमती कमला र बुहारी रञ्जनासमेत घटनास्थलतर्फ आएका थिए । सोही क्रममा लोकबहादुरले उनीहरुमाथि पनि लगातार चिर्पट प्रहार गरेर हत्या गरेको बयान दिएको बीसीले बताए । लोकबहादुरले घरमाथि बाटोमा आएका दुई जना नाबालक दिपेन र गोमालाई पनि लखेटी लखेटी हत्या गरेका थिए । 

त्यसपछि घरको पछाडि खोले पकाउँदै गरेकी हजुरआमा पार्वता कार्कीलाई समेत भित्तामा पटक–पटक टाउको ठोक्काएर हत्या गरेर घरतर्फ लागेको प्रहरी समक्ष बयान दिएका थिए । लोकबहादुरले हत्या घटनामा प्रयोग गरेको चिर्पट कुँडो पकाउने अगेनामा हाली नष्ट गरेको बताएका थिए । शुक्रबार रातिदेखि सूक्ष्म अनुसन्धान गर्दै सोधपुछ गरेपछि शनिबार बिहान आरोपीले घटनामा आफ्नो संलग्नता स्वीकार गर्दै आफ्नो ‘टार्गेट’मा तेजबहादुर मात्रै रहेको बताएका थिए । 

घटनामा संलग्न देखिएका लोकबहादुर तीन पटक वैदेशिक रोजगारीमा पनि गएको तर लामो समय काम गर्न नसकी नेपाल फर्किएका थिए । लोकहदुरलाई ठूलो बुबा तेजबहादुरले पटक–पटक गाली गर्ने गरेका कारण रिसले उनको हत्या गरेको बताएका छन् । 

व्यक्तिगत रिसइबीका कारण

एक वर्षअघि लोकबहादुरकी आमा तेजबहादुरको घरमा लडेकी थिइन् । उनको आमा बेहोस भएपछि उपचारका क्रममा झापामा मृत्यु भएको थियो । लोकबहादुरले आफ्नी आमाको मृत्युको कारण तेजबहादुर नै भएको आरोप लगाउँदै आएका थिए । तेजबहादुर र लोकबहादुरको घर करिब १०० मिटरको दूरीमा छ । गत सोमबार बिहान खेताला खोज्न निस्किएका तेजबहादुरलाई बाटोमै कुरेर बसेका लोकबहादुरले आक्रमण गरेर हत्या गरे । छ जनाको हत्यामा स्थानीय चिनेजानेकै व्यक्तिको हात हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको थियो । सोही आधारमा अनुसन्धान अगाडि बढाएको प्रहरीले लोकबहादुरलाई पक्राउ गरेको हो । लोकबहादुरले पनि व्यक्तिगत रिसइवीका कारण हत्या गरेको स्वीकार गरिसकेका छन् । 

हत्या गरिएका तेजबहादुरले सधैँ आपूmलाई हेप्ने गरेका कारण आवेगमा आएर हत्या गरेको आरोपी लोकबहादुरले प्रहरीलाई बताएका छन् । लोकबहादुरले निर्दोष देखिनका लागि छिमेकीलाई हत्याको खबर सबैभन्दा पहिले पुर्‍याएका थिए । प्रहरीको निगरानीमा रहेका लोकबहादुरको घरमा रगत लागेको कपडा र हत्यामा प्रयोग गरिएकोजस्तो देखिने हतियार प्रहरीले फेला पारेको थियो ।  घटनाको अनुसन्धानमा प्रदेश नम्बर १ का प्रहरी प्रमुख नायब महानिरीक्षक बीसी, सङ्घीय प्रहरी एकाइ कार्यालय धरानका प्रहरी उपरीक्षक भीम दाहाल र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) टोलीका प्रहरी नायब उपरीक्षक रुगम कुँवर, जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदी घटनास्थलमा खटिएका थिए । रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्लाहीमा सवारी दुर्घटनाः छ महिनामा २९ जनाको मृत्यु, १९० घाइते

सर्लाही । सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको छ महिनामा २९ जनाको मृत्यु भएको छभने १९० जना गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी ...

भावी प्रधानमन्त्री भनेर अघि सारिएका उम्मेदवारबीच के साँच्चै सार्वजनिक बहस हुनुपर्छ ?

काठमाडौँ । चुनावी अजेन्डाबारे सार्वजनिक बहसका निम्ति केही टेलिभिजन प्रस्तोताहरूले गरेको आह्वानमा दलहरूबाट भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत केही उम्...

आँखारोगीको खोजी गर्दै पौवादुङमा

भोजपुर । ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज रुपमा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले पौवादुङमा गाउँपालिकामा निःशुल्क आँखा जाँच...

उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको छ । कोशी, मधेस, बागमती, ...

अशक्तलाई घरमै नागरिकता

सङ्खुवासभा । जिल्लाको पाँचखपन नगरपालिका–३ मा अशक्तलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ । पाँचखपन–३ सिवुवाकी अशक्त ४३ वर्षीया चन्द्रकुमारी बानियाँला...

मध्यपहाडी लोकमार्गको बागलुङ–बिहुँ खण्डः नौ वर्षमा पाँचपटक म्याद थप, पुनः ठेक्काको तयारी

बागलुङ । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ बजारदेखि बिहुँ बयलडाँडाको १३ किलोमिटर सडक नौ वर्षमा पुनः ठेक्का लगाउने तयारी गरिएको छ । दुई वर्षमा कालोप...

सीमावर्ती कचनकबलका मतदाता उम्मेदवारको पर्खाइमा

झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयन दर्ता भएसँगै देशका अधिकांश सहरी तथा ग्रामीण क्षेत्रमा चुनावी च...

निर्वाचन ३२ दिन बाँकी: पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ । निर्वाचन आयोगका अन...

राष्ट्रपति पौडेल आज जापानको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज (आइतबार) देखि यही माघ २१ गतेसम्म जापानको औपचारिक भ्रमण गर्ने भएको छन् । नेपाल र जापानबिचको कूटनीतिक सम्बन्ध...

घरघरमा स्वस्थानी व्रत कथा समापन गरिँदै

काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दु धर्मावलम्बीले घरघरम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE