Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

यस्तो रहेछ सङ्खुवासभा हत्याकाण्ड हुनुको कारण

खबरडबली संवाददाता

 सङ्खुवासभा । मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा एकै परिवारको छ जनाको हत्यामा संलग्न आरोपितले दाउराको चिर्पट प्रहार गरेर हत्या गरेको खुलेको छ । हत्यामा संलग्न आरोपी २६ वर्षीय लोकबहादुर कार्कीले छ जनाको हत्या चिर्पट प्रहारबाट गरेको प्रहरीसमक्ष बयान दिएका छन् ।

आइतबार इलाका प्रहरी कार्यालय चैनपुरमा पत्रकार सम्मेलन गर्दै प्रहरीले यसबारे जानकारी गराएको हो । लोकबहादुरले सबैभन्दा पहिले ठूलो बुबा तेजबहादुरलाई नै चिर्पटले हानेर हत्या गरेको प्रहरीलाई बयान दिएको प्रदेश नम्बर १ का प्रहरी प्रमुख नायब महानिरीक्षक अरुण बीसीले पत्रकार सम्मेलनका जानकारी दिए । तेजबहादुरका भतिज लोकबहादुरले पछाडिबाट चिर्पट दाउराले टाउकोमा प्रहार गरेर ढलाएका थिए । तेजबहादुरको हत्या गरेको घटना देख्ने सबैलाई मार्ने योजना बनाएको प्रहरीसमक्ष बयान दिएको नायब महानिरीक्षक बीसीले बताए । 

लोकबहादुरले पटक–पटक चिर्पट प्रहार गरेपछि तेजबहादुरले हारगुहार गरेको आवाज सुनेपछि तेजबहादुरकी श्रीमती कमला र बुहारी रञ्जनासमेत घटनास्थलतर्फ आएका थिए । सोही क्रममा लोकबहादुरले उनीहरुमाथि पनि लगातार चिर्पट प्रहार गरेर हत्या गरेको बयान दिएको बीसीले बताए । लोकबहादुरले घरमाथि बाटोमा आएका दुई जना नाबालक दिपेन र गोमालाई पनि लखेटी लखेटी हत्या गरेका थिए । 

त्यसपछि घरको पछाडि खोले पकाउँदै गरेकी हजुरआमा पार्वता कार्कीलाई समेत भित्तामा पटक–पटक टाउको ठोक्काएर हत्या गरेर घरतर्फ लागेको प्रहरी समक्ष बयान दिएका थिए । लोकबहादुरले हत्या घटनामा प्रयोग गरेको चिर्पट कुँडो पकाउने अगेनामा हाली नष्ट गरेको बताएका थिए । शुक्रबार रातिदेखि सूक्ष्म अनुसन्धान गर्दै सोधपुछ गरेपछि शनिबार बिहान आरोपीले घटनामा आफ्नो संलग्नता स्वीकार गर्दै आफ्नो ‘टार्गेट’मा तेजबहादुर मात्रै रहेको बताएका थिए । 

घटनामा संलग्न देखिएका लोकबहादुर तीन पटक वैदेशिक रोजगारीमा पनि गएको तर लामो समय काम गर्न नसकी नेपाल फर्किएका थिए । लोकहदुरलाई ठूलो बुबा तेजबहादुरले पटक–पटक गाली गर्ने गरेका कारण रिसले उनको हत्या गरेको बताएका छन् । 

व्यक्तिगत रिसइबीका कारण

एक वर्षअघि लोकबहादुरकी आमा तेजबहादुरको घरमा लडेकी थिइन् । उनको आमा बेहोस भएपछि उपचारका क्रममा झापामा मृत्यु भएको थियो । लोकबहादुरले आफ्नी आमाको मृत्युको कारण तेजबहादुर नै भएको आरोप लगाउँदै आएका थिए । तेजबहादुर र लोकबहादुरको घर करिब १०० मिटरको दूरीमा छ । गत सोमबार बिहान खेताला खोज्न निस्किएका तेजबहादुरलाई बाटोमै कुरेर बसेका लोकबहादुरले आक्रमण गरेर हत्या गरे । छ जनाको हत्यामा स्थानीय चिनेजानेकै व्यक्तिको हात हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको थियो । सोही आधारमा अनुसन्धान अगाडि बढाएको प्रहरीले लोकबहादुरलाई पक्राउ गरेको हो । लोकबहादुरले पनि व्यक्तिगत रिसइवीका कारण हत्या गरेको स्वीकार गरिसकेका छन् । 

हत्या गरिएका तेजबहादुरले सधैँ आपूmलाई हेप्ने गरेका कारण आवेगमा आएर हत्या गरेको आरोपी लोकबहादुरले प्रहरीलाई बताएका छन् । लोकबहादुरले निर्दोष देखिनका लागि छिमेकीलाई हत्याको खबर सबैभन्दा पहिले पुर्‍याएका थिए । प्रहरीको निगरानीमा रहेका लोकबहादुरको घरमा रगत लागेको कपडा र हत्यामा प्रयोग गरिएकोजस्तो देखिने हतियार प्रहरीले फेला पारेको थियो ।  घटनाको अनुसन्धानमा प्रदेश नम्बर १ का प्रहरी प्रमुख नायब महानिरीक्षक बीसी, सङ्घीय प्रहरी एकाइ कार्यालय धरानका प्रहरी उपरीक्षक भीम दाहाल र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) टोलीका प्रहरी नायब उपरीक्षक रुगम कुँवर, जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदी घटनास्थलमा खटिएका थिए । रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

८५वर्षमा फर्कियो ७ वर्षअघि गुमेको दृष्टि

सिरहा । सिरहाको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई जीवनको उत्तराद्र्धमा दृष्टि फर्किएला र फेरि संसार देख्न पाइएला भन्ने कुनै आशा...

जेनजी आन्दाेलन छानबिन आयोग प्रतिवेदन: भदौ २३ लाई कारबाही, २४ लाई उन्मुक्ति

काठमाडौं । जेनजी विद्रोहको छानबिन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको आयोगले भदौ २३ गतेको घटनालाई लिएर सरकार प्रमुखदेखि सुरक्षा अंगका प्रमुखलाई कार...

बालेनलाई आज संसदीय दलको नेता चयन गर्दै रास्वपा, भोलि प्रधानमन्त्रीको शपथ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्री बनाउने गरी नयाँ सरकार गठनको अन्तिम तयारी अघि बढाएको छ। प्रति...

यस्तो छ आजको मौसम

काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ ...

वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब ५४ अर्ब ८४ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आवको सात ...

गत वैशाखयता देशभर सात हजार २३१ विपद्का घटना

काठमाडौँ । गत वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार २३१ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनु...

चुलोचौकोदेखि क्याम्पससम्म: बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका—१ की सुमित्रा राउत ९ कक्षा पढ्दै गर्दा विवाह भयो । थप पढ्ने रहर त थियो, तर विवाहपछि उनको जीवनको लय मोडियो । राउतल...

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज

काठमाडौँ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै तयारी पूरा भइसकेको सङ्घीय संसद् सचि...

जलेर नष्ट भएका तेह्र हजारभन्दा बढी लालपुर्जाको स्रेस्ता कायम

बाँके । नेपालगन्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा जलेर नष्ट भएका १३ हजारभन्दा बढी जग्गाधनी प...

तनहुँको मह विश्व बजारमा, किसान उत्साहित

तनहुँ ।  जिल्लामा उत्पादित मह अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्न थालेपछि किसान उत्साहित भएका छन् । यहाँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेक र दगाममा ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending