एजेन्सी । अफगानिस्तानको केन्द्रीय बैंक, ‘दा अफगानिस्तान बैंक (डीबीए)’ ले अहिलेसम्म आफ्नो सम्पत्ति जफत हुने सम्बन्धमा कुनै औपचारिक सूचना प्राप्त नभएको बताएको छ ।
डीबीएले आइतबार दिएको एक वक्तव्यमा भनिएको छ, ‘अहिलेसम्म ‘दा अफ्गानिस्तान बैंक’ले यस बैंकको मौद्रिक सञ्चितिलाई फ्रिजिङ गर्नेसम्बन्धमा कुनै औपचारिक सूचना प्राप्त गरेको छैन र बैंकलाई विदेशी सञ्चारमाध्यमको रिपोर्टका आधारमा अफगानिस्तानी राष्ट्रिय सञ्चारमाध्यमले समाचारमार्फत यसबारे जानकारी गराइएका छन् ।’
अगस्तमा तालिबानले काबुल कब्जा गरेपछि धेरै ग्राहकहरूले आफ्नो बचतलाई बैंकबाट निकाल्न लामो लाइनमा बस्नुपर्ने बाध्यता भएको छ ।
अमेरिकाद्वारा अफगानिस्तानी बैंकको सम्पत्ति जफत गर्ने र विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) द्वारा घोषणा गरिएको रकम रोकिएको रिपोर्टले अफगानीहरू माझ चिन्ता बढेको चिनियाँ समाचार संस्था सिन्ह्वाले उल्लेख गरेको छ । गत महिना डीबीएले मध्य एसियाली देशका सबै बैंकहरूलाई ग्राहकका लागि २० हजार अफगानीहरूको साप्ताहिक निकासी सीमा निर्धारण गर्ने आदेश जारी गरेको थियो।
डीबीएद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘दा अफगानिस्तान बैंक’ले अफगानिस्तानका सम्पन्न नागरिकहरूलाई व्यावसायिक बैंकहरूमा आफ्नो निक्षेपको सुरक्षाको हुने विश्वास दिलाउन चाहन्छ ।
गत आइतबार अफगानिस्तानका अधिकांश बैंकले वित्तीय सेवामा झण्डै हप्ता लामो अवरोध अन्त्य गर्दै मुलुकमा बैंकिङ सेवा पुन: सञ्चालनमा ल्याएका छन् । तर बैंकको पैसा जफत हुने समाचारपछि निक्षेपकर्ताले आफ्नो रकम झिक्न थालेपछि बैंकमा ग्राहकहरूको लामो लाइन लाग्न थालेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: