Khabar Dabali १३ जेष्ठ २०८३ बुधबार | 27th May, 2026 Wed
Investment bank

आफू मात्रै ठीक भन्नेले ठूला उपदेश दिइरहेका छन् : अध्यक्ष दाहाल

खबरडबली संवाददाता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अरु सबै खराब आफू मात्रै ठीक भन्नेहरूले ठूलाठूला उपदेश दिँदै जनतालाई भ्रममा राखेको बताए । अध्यक्ष दाहालले भने, ‘अरु सबै खराब म ठिक भनेर उपदेश दिने धेरै भए । माक्र्सवादमा धेरै सत्य छन् तर विद्रोह जनताको अधिकार हो भन्ने कुरा मुख्य हो । नेपालको कम्युनिष्ट आन्दोलनमा भएका बलिदानका कीर्तिमानलाई सम्मान गर्न र नाम लिन डराउनेहरू अझै पनि यहाँ रहेछन् । उनीहरू नै ठूलो उपदेश दिएर बसीरहेका छन् ।’

माओवादी केन्द्रका नेता परशुराम तामाङद्वारा लिखित ‘नेपाली कम्युनिस्ट आन्दोलनको कार्यदिशा’ पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उहाँले बलिदानको उच्च सम्मान गर्दै त्यसबाट अगाडि बढ्नु नै आजको प्रमुख कार्यभार भएको बताए । उनले तत्कालीन एमालेसँग एकता गर्दा आफूले देश र जनताको हितका लागि ठूलो जोखिम मोलेको र समाजवादमा जाने लक्ष्य राखेको भए पनि केपी ओलीकै कारण त्यो सम्भव नभएको बताए ।
 
‘समाजवादमा जाने गरी नेकपा एकीकरण गरेर जोखिम उठाएकै हो, तर त्यो सम्भव भएन’,  उनले भने, ‘मलाई गठबन्धन बैठकमा पटकपटक ओलीसँग मिलेर के पाउनु भयो भनेर सोधिरहन्छन् । मैले ज्ञान प्राप्त गरेर आएँ भनेको छु । यो ज्ञान सजिलै प्राप्त गर्ने कुरा थिएन । ओलीसँग एकता गरेर मात्रै प्राप्त हुने थियो । प्रचण्डको यही ज्ञानले गर्दा वाम–लोकतान्त्रिक गठबन्धन बनेको हो ।’

अध्यक्ष दाहालले २१ औँ शताब्दीको समाजवादको मोडेलको खोजी गरिरहेकाहरू एकै ठाउँमा आउन जरुरी रहेको पनि बताए । ‘२१औँ शताब्दीको वैज्ञानिक समाजवादको मोडल के हुन्छ भनेर खोज्नेहरू एक ठाउँमा आउन जरुरी छ’, अध्यक्ष दाहालले भने, ‘त्यसको प्रयास पनि भइरहेको छ । एक चरण विभाजित भएर हेरियो । त्यसरी केही पनि हुनेवाला छैन । त्यस कारण फेरि एक ठाउँमा आएर हेरम । प्रयास गरौँ ।’

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाली कम्युनिस्ट पार्टीमा लम्पसार पर्ने चरित्र रहेको बताए । अध्यक्ष नेपालले नेपाली कम्युनिस्ट आन्दोलनाका विकृति अन्त्य गर्न क्रान्तिकारी सर्वहारा संस्कृतिको विकास हुनुपर्ने उहाँको जोड थियो ।
 
कार्यक्रममा माओवादी केन्द्रका नेता राम कार्कीले समाजवादमा पुग्न माओवादीले अघि सारेको ‘एक्काइसौं शताब्दीको जनवाद’ को दस्तावेजलाई थप विकसित गर्नुपर्ने बताए । जागरण बुक हाउसले प्रकाशन गरेको तामाङको उक्त पुस्तकमा नेपालको कम्युनिस्ट आन्दोलनको समग्र पक्षका बारेमा व्याख्या गरिएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending