काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अरु सबै खराब आफू मात्रै ठीक भन्नेहरूले ठूलाठूला उपदेश दिँदै जनतालाई भ्रममा राखेको बताए । अध्यक्ष दाहालले भने, ‘अरु सबै खराब म ठिक भनेर उपदेश दिने धेरै भए । माक्र्सवादमा धेरै सत्य छन् तर विद्रोह जनताको अधिकार हो भन्ने कुरा मुख्य हो । नेपालको कम्युनिष्ट आन्दोलनमा भएका बलिदानका कीर्तिमानलाई सम्मान गर्न र नाम लिन डराउनेहरू अझै पनि यहाँ रहेछन् । उनीहरू नै ठूलो उपदेश दिएर बसीरहेका छन् ।’
माओवादी केन्द्रका नेता परशुराम तामाङद्वारा लिखित ‘नेपाली कम्युनिस्ट आन्दोलनको कार्यदिशा’ पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उहाँले बलिदानको उच्च सम्मान गर्दै त्यसबाट अगाडि बढ्नु नै आजको प्रमुख कार्यभार भएको बताए । उनले तत्कालीन एमालेसँग एकता गर्दा आफूले देश र जनताको हितका लागि ठूलो जोखिम मोलेको र समाजवादमा जाने लक्ष्य राखेको भए पनि केपी ओलीकै कारण त्यो सम्भव नभएको बताए ।
‘समाजवादमा जाने गरी नेकपा एकीकरण गरेर जोखिम उठाएकै हो, तर त्यो सम्भव भएन’, उनले भने, ‘मलाई गठबन्धन बैठकमा पटकपटक ओलीसँग मिलेर के पाउनु भयो भनेर सोधिरहन्छन् । मैले ज्ञान प्राप्त गरेर आएँ भनेको छु । यो ज्ञान सजिलै प्राप्त गर्ने कुरा थिएन । ओलीसँग एकता गरेर मात्रै प्राप्त हुने थियो । प्रचण्डको यही ज्ञानले गर्दा वाम–लोकतान्त्रिक गठबन्धन बनेको हो ।’
अध्यक्ष दाहालले २१ औँ शताब्दीको समाजवादको मोडेलको खोजी गरिरहेकाहरू एकै ठाउँमा आउन जरुरी रहेको पनि बताए । ‘२१औँ शताब्दीको वैज्ञानिक समाजवादको मोडल के हुन्छ भनेर खोज्नेहरू एक ठाउँमा आउन जरुरी छ’, अध्यक्ष दाहालले भने, ‘त्यसको प्रयास पनि भइरहेको छ । एक चरण विभाजित भएर हेरियो । त्यसरी केही पनि हुनेवाला छैन । त्यस कारण फेरि एक ठाउँमा आएर हेरम । प्रयास गरौँ ।’
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाली कम्युनिस्ट पार्टीमा लम्पसार पर्ने चरित्र रहेको बताए । अध्यक्ष नेपालले नेपाली कम्युनिस्ट आन्दोलनाका विकृति अन्त्य गर्न क्रान्तिकारी सर्वहारा संस्कृतिको विकास हुनुपर्ने उहाँको जोड थियो ।
कार्यक्रममा माओवादी केन्द्रका नेता राम कार्कीले समाजवादमा पुग्न माओवादीले अघि सारेको ‘एक्काइसौं शताब्दीको जनवाद’ को दस्तावेजलाई थप विकसित गर्नुपर्ने बताए । जागरण बुक हाउसले प्रकाशन गरेको तामाङको उक्त पुस्तकमा नेपालको कम्युनिस्ट आन्दोलनको समग्र पक्षका बारेमा व्याख्या गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: