काठमाडौं । अमेरिकासँगको एकदिवसीय खेलमा नेपालले उत्कृष्ट जीत हासिल गरेकाे छ ।
गएराती भएकाे खेलमा नेपाल ५ विकेटले विजयी भएकाे हाे ।
नेपालमा जितमा कुशल भुर्तेतल (८४) र रोहितकुमार पौडेल (६२) ले उत्कृष्ट पारी खेले । उनले आईसीसी विश्वकप लिग-२ अन्तर्गत सिरिजमा ओपनिङ ब्याट्सम्यानको भूमिकामा एक म्याचमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको उपलब्धि हासिल गरेका छन् ।
अमेरिकाले दिएको २ सय ३१ रनको लक्ष्य नेपालले ४९ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । उनले ९३ बलमा तीन छक्का र तीन चौकासहित ८४ रन बनाए । त्यस्तै, रोहितकुमार पौडेलले पनि अर्धशतकीय पारी खेले । उनले ८७ बलमा दुई चौका र तीन छक्कासहित अविजित ६२ रन बनाए ।
एकदिवसीय क्रिकेटमा रोहितको यो लगातार दोस्रो अर्धशतक हो । उनले पीएनजीसँगको दोस्रो खेलमा पनि अर्धशतक बनाएका थिए ।
त्यस्तै, आज विनोद भण्डारीले ३७, आसिफ शेखले २३, कप्तान ज्ञानेन्द्र मल्लले १७ रन बनाए । कुशल मल्ल भने एक रनमै आउट भए ।
बलिङमा निर्सग पटेल र नोषुतोस केन्जिङ्गेले सर्वाधिक २-२ विकेट लिए । त्यसअघि, टस जितेर पहिला ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३० रन बनायो ।
उसका लागि मोनाक मटेलले शतक बनाए । पटेलले ११४ बलमा एक छक्का र ९ चौकासहिचत १ सय रन बनाए ।
त्यस्तै, निर्शग पटेलले २१, करीमा गोरे, सुशान्त मोडानीले १६/१६, स्टिभन टेलरले १४, अभिषेक पराडकरले अविजित १३, नोषतोश केन्जिङ्गे, सञ्जय कृष्णमूर्तिले १३/१३ रर जसकरण मल्होत्राले ११ रनको योगदान दिए ।
बलिङमा सन्दीप लामिछाने, विक्रम सोब सुशान भारीले दुई/दुई र कुशल मल्लले एक विकेट लिए । अमेरिकाका दुई ब्याट्सम्यान रनआउटको शिकार भए ।
नेपालले एकदिवसीय क्रिकेटमा लामो समयपछि राम्रो प्रदर्शन गरेको हो । अमेरिकासँगको जितपछि टिम कप्तान ज्ञानेन्द्र मल्लले प्रतिक्रिया दिएका छन् ।
उनले अमेरिकासँगको जितले खेलाडीको मनोबल थप उच्च भएको बताए । ‘अमेरिकासँगको जितपछि खेलाडीको आत्मविश्वास थप बढेको छ । यद्यपि, हाम्रा केही कमजोरी छन् । आगामी म्याचमा सुधार गर्नुपर्छ,’ मल्लले भने ।
उनले कुशल, रोहित र विनोदको ब्याटिङको प्रशंसा गरे । ‘ब्याटिङमा कुशल, रोहित र विनोदको प्रदर्शन राम्रो रह्यो । उनीहरूको फिनिसिङ गज्जब थियो,’ कप्तान मल्लले भने ।
उनले ओमानविरुद्धको खेलमा पीचअनुसार प्लेइङ-११ चयन गरिने बताए । नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानसँग आज खेल्दैछ ।
नेपाल र ओमानबीचको खेल पनि नेपाली समयअनुसार आज अपरान्ह ४ः१५ बजेदेखि सुरू हुनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २० गते, २०८२ - १५:४७
काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक विभिन्न २६ निर्णय गर्दै सम्पन्न भएको छ । बैठकपछि उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले तराई ...
आश्विन २८ गते, २०८१ - १०:५४
काठमाडाैं । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान स...
आश्विन २८ गते, २०८१ - १०:३६
हाल देशको लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। कोसी, मधेस र बागमती प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव छ...
आश्विन २८ गते, २०८१ - १०:१८
अभिभ । उत्तरी इजरायलमा रहेको सेनाको बेसलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा चार सैनिकको मृत्यु हुनुका साथै अन्य ६० जनाभन्दा बढी घाइते भएको इजरायलको रक...
आश्विन २८ गते, २०८१ - १०:०५
काठमाडौं । आश्विन शुक्लपक्ष द्वादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउनेक्रम जारी छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीस...
आश्विन २७ गते, २०८१ - १७:१५
सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउले यसपटकको दसैँमा राम्रो बजार पाएको छ। यहाँका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको...
आश्विन २७ गते, २०८१ - ११:३४
मकवानपुर । हेटौँडा–कुलेखानी–फाखेल भएर काठमाडौं जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा बाटो बिग्रिएकाले वैकल्पिक सडक प्रयोग गर्न प्...
आश्विन २७ गते, २०८१ - १०:४३
काठमाडौं । गएराति गएको सुख्खा पहिरोले बन्द भएको अरनिको राजमार्ग एकतर्फी संचालनमा आएको छ । काभ्रेको पाँचखाल नगरपालिकाको पचासकिलो भन्ने स्थानमा गएरा...
आश्विन २७ गते, २०८१ - ०९:०१
काठमाडौं । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेश, बाग्मती र गण्डकी प्रदेशमा आंशिक प्रभाव छ । साथै...
आश्विन २७ गते, २०८१ - ०८:५५
काठमाडौं । बडादसैँ टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहने छ । विजयादशमीको दिन घरपरिवारमा टी...




प्रतिकृया लेख्नुहोस्: