काठमाडौं । इजरायलले दीर्घकालीन स्याहार केन्द्र (केयरगिभर) मा रोजगारीका लागि १ हजार १ सय १५ जना नेपाली श्रमिक छनोट गरेको छ। छनोटमा परेका श्रमिकहरूको वरीयता सूची इजरायली पक्षले वैदेशिक रोजगार विभागलाई पठाइसकेको छ भने अब उनीहरूलाई इजरायल पठाउने प्रक्रिया अघि बढाइने भएको छ।
केयरगिभरतर्फ २ हजार ३ सय श्रमिकको माग भए पनि अंग्रेजी भाषा परीक्षामा १ हजार २ सय ३१ जना मात्र उत्तीर्ण भएका थिए। तीमध्ये लक्की ड्रमार्फत १ हजार १ सय १५ जना अन्तिम रूपमा छनोट भएका हुन्। छनोटमा परेकामध्ये ७५ प्रतिशत पुरुष र २५ प्रतिशत महिला रहेका छन्।
इजरायलको जनसंख्या तथा अध्यागमन प्राधिकरण ९पिबा० ले लक्की ड्रमार्फत वरीयता सूची तयार गरेको हो। वैदेशिक रोजगार विभागले अंग्रेजी भाषा परीक्षा उत्तीर्ण गरेका १ हजार २ सय ३१ जनाको कागजात परीक्षणपछि १ हजार १ सय ४० जनाको विवरण पिबामा पठाएको थियो। त्यसमध्ये आवश्यक मापदण्ड पूरा गरेका १ हजार १ सय १५ जनालाई अन्तिम छनोट गरिएको हो।
यसैबीच, पिबाले नेपालका लागि थप ८ सय जनाको नयाँ कोटा पनि स्वीकृत गरेको छ। यसअघि रिक्त रहेको १ हजार १ सय ८५ जनाको कोटा र नयाँ ८ सय कोटा जोडेर अब १ हजार ९ सय ८५ जना श्रमिकका लागि पुन: अंग्रेजी भाषा परीक्षा सञ्चालन गरिने तयारी गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २४ गते, २०८३ - १७:५३
काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको सोमबार बस्ने बैठकमा चारवटा विधेयक प्रस्तुत हुने भएका छन्। बैठकमा दुई मन्त्रीसँग सांसदको मन्त्रालयगत प्रश्नोत्तर...
श्रावण २४ गते, २०८३ - १७:३९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनका कारण पार्टी कमजोर बनेको र अहिले फुटको अवस्थामा पुगेको बताएका छन्। आ...
श्रावण २४ गते, २०८३ - १६:५८
काभ्रेपलाञ्चोक । काभ्रेको भुम्लु गाउँपालिका–८ दोलालघाटबाट बुधबार साँझ बेपत्ता भएकी ६७ वर्षीया तिलकुमारी पराजुलीको शव ओखलढुंगास्थित सुनकोशी नदीमा फेला ...
श्रावण २४ गते, २०८३ - १६:५१
चितवन । चितवन राष्ट्रिय निकुञ्जको आठ किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगतको काम अघि बढेको छ । नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्याल...
श्रावण २४ गते, २०८३ - १६:३३
काठमाडौँ । खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार अनुगमन तीव्र ...
श्रावण २४ गते, २०८३ - १६:०७
रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रूपन्देहीले शनिबार भैरहवामा विभिन्न कार्यक्रम आयोजना गर्दै पार्टी संगठन विस्तार र आगामी निर्वाचनको तय...
श्रावण २४ गते, २०८३ - १५:४९
दाङ। तुलसीपुर उपमहानगरपालिकाको एम्बुलेन्स दुर्घटना हुँदा डेढ महिने शिशुको मृत्यु भएको छ । शनिबार राति करिब ९ बजे तुलसीपुर–११ उरहरीमा हलवार स्वास्थ्...
श्रावण २४ गते, २०८३ - १५:४४
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले चुनावअघि पार्टीको नेतृत्व परिवर्तन गरे कांग्रेसले आमनिर्वाचनमा जित हासिल गर्दै सरकार गठन गर्ने भन्ने...
श्रावण २४ गते, २०८३ - १५:२७
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको वैधानिकता र विशेष महाधिवेशनबारे सर्वोच्च अदालतले पुनरवलोकनको अनुमति दिएको विषयलाई सहज रूपमा लि...
श्रावण २४ गते, २०८३ - १५:२०
पश्चिम नवलपरासी। तीनतर्फबाट भारत र एकतर्फबाट उर्लंदो नारायणी नदी। सुस्ताको भूगोल जति संवेदनशील छ, यहाँका बासिन्दाको दिनचर्या उस्तै जोखिमपूर्ण छ। बर्से...



प्रतिकृया लेख्नुहोस्: