Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

सभामुखलाई संविधान बाहिर विशेषाधीकार प्रयोग गरी सांसदलाई कारवाही गर्ने छुट छैन : घर्ती

ओनसरी घर्ती

संविधानको धारा ७६(५) मा सबै सांसदलाई व्यक्तिगत अधिकार दिएको छ । व्यक्तिगतरुपमा जसलाई पनि हामीले भोट गर्न सक्छौं । यसमा सभामुखले कुनै सांसदलाई पनि कारवाही गर्ने अधिकार छैन । उहाँहरुले दल त्याग गरेको, दल सम्बन्धि ऐन, नियम बमोजिम ह्वीप उलङ्घन गरेकोमा कारवा

संसदमा विपक्षी दलकोे अवरोध विरोधका नाममा विरोध जस्तो लाग्छ । यो कुनै सिर्जनात्मक काम भएन । संविधानभन्दा बाहिर सभामुखले विशेषाधीकार प्रयोग गरी निर्णय गर्न पाउनुहुन्न । संविधानमा कि त व्यक्तिगत अधिकारको विषय हटाएकोे हुनुपथ्र्यो । होइन भने सभामुखले सांसदलाई कसरी कारवाही गर्न पाउनुहुन्छ ? सभामुखले संविधान र विधि मिच्यो भन्ने विपक्षीका आरोप विल्कुल मिथ्या आरोप हो । संविधानमा भएको व्यवस्था बमोजिम  नियम कानून भन्दा माथि सभामुख छैनन् । दलीय व्यवस्थामा दलले नियम कानून बमोजिम ल्याएको प्रस्ताव उपर  सभामुखले कारवाही गर्नुहुन्छ । विपक्षीले संसद सचिवालयमा पेश गरेको प्रस्ताव संविधान संवत् छ जस्तो मलाई लाग्दैन । नियम, कानूको कुरा पनि भएन । यसमा प्रतिपक्ष दल जिम्मेवार हुनै पर्छ । 

सायद नेपालको इतिहासमा सभामुखको विषयलाई लिएर प्रतिनिधिसभा अवरुद्ध भएको यो पहिलो पटक हुनुपर्छ । साना साना विषयमा सभामुखमाथि प्रश्न उठाउने कुरा बेक्लै हो । तर, सभामुखले पक्षपातपूर्ण व्यवहार गर्यो भनेर हाउस बन्द गरेको मलाई थाहा छैन । विपक्षी दलले संविधान, नियम, कानून विपरित अडान लिनु हुँदैन । संविधानमा जे कुरा उल्लेख छ, त्यो उहाँहरुले मान्नुपर्छ । यो संविधान उहाँहरुले पनि लेखेको हो । हामीले मात्रै लेखेको होइन । उहाँहरुले संविधान लेख्ने बेलामै धारा ७६ उपधारा ५ आवश्यक छैन भनेको भए त्यतिबेला उपधारा ५ नराख्न पनि सकिन्थ्यो । उहाँहरुले नै तत्कालिन अवस्थामा स्वतन्त्र सांसदको अधिकार पनि हुनुपर्छ भनेर राख्ने अनि अहिले संविधान बमोजिन सभामुखले काम गर्दा संविधान विपरित भयो भन्न मिल्छ ? 

विपक्षीको माग संविधानको धारा ७६(५) सभामुखले प्रयोग गर्न पाउँदैनस् भनेको जस्तो भयो । त्यो भनेको संधिवानमा भएको व्यवस्था हटाउ भने जस्तो भएन र ? उहाँहरु निशर्त वार्तामा आउनु पर्छ । जिम्मेवार प्रतिपक्षको भूमिका खेल्नुपर्छ । काम गराइमा केही कमि कमजोरी हुन सक्छ । त्यसलाई सिर्जनात्मक तरिकाले हल गर्नुपर्छ । सरकार वा संसदलाई धम्क्याउने, अशिष्ट भाषामा गालिगलौज गर्ने काम बन्द गर्नुपर्छ । उहाँहरुले सरकारले ल्याएका अध्यादेश, क्रियाकलापका विषयमा आवाज राख्न सक्नु हुन्छ । त्यो छुट्टै विषय हो । सभामुखलाई नै लक्षित गरेर हाउस नै अवरुद्ध गर्नु उहाँहरुको राजनीतिक वेमानि र संविधान विपरित छ । यो राम्रो भएन । 

उहाँहरुलाई अहिले आरोप के लागेको छ भने दुई दुई पटक संसद विघटन गरिसक्नु भएको छ । उहाँहरुलाई संसदको मायाँ नै छैन । उहाँहरुले संविधान संवतरुपमा काम गर्न सक्नुभएन । त्यसै हुनाले आफ्नो लाज ढाक्नछोप गर्न नियोजितरुपमा सभामुखमाथि प्रहार गर्नुभएको छ । त्यसकारण, उहाँहरुले यो आरोप किन पुष्टि हुन दिने ? 

जुनरुपमा उहाँहरुले १४ जनालाई कारवाही गर्नुपर्छ भनिरहनु भएको छ । तीन महिना अघिको दलीय ह्वीप ल्याएर अहिले कारवाही गर भन्न मिल्छ ? संविधानको धारा ७६(५) मा सबै सांसदलाई व्यक्तिगत अधिकार दिएको छ । व्यक्तिगतरुपमा जसलाई पनि हामीले भोट गर्न सक्छौं । यो सांसदहरुको व्यक्तिगत अधिकारको कुरा हो । यसमा सभामुखले कुनै सांसदलाई पनि कारवाही गर्ने अधिकार छैन । उहाँहरुले दल त्याग गरेको, दल सम्बन्धि ऐन, नियम  बमोजिम ह्वीप उलङ्घन गरेकोमा कारवाही गर्न निवेदन दिएर सभामुखले कारवाही नगरेको भए म पनि विरोधमा उत्रिन्थे। त्यस्तो अवस्थामा सभामुखले तत्कालै कारवाही गर्नुपर्छ । त्यस्तो अवस्थामा सबैलाई एउटै नियम लागू हुन्छ । सभामुख पुर्वाग्रही हुने भन्ने कुरा आउँदैन ।  संविधानको धारा ७६(५)ले कुनै पनि स्वतन्त्र सांसदलाई प्रधानमन्त्री बन्ने र बनाउने अधिकार दिएको छ । त्यो अधिकार प्रयोग गर्ने सांसदलाई सभामुखले कारवाही गर्न मिल्दैन । ह्वीप नै नलाग्ने विषय उठाएर संसद अवरुद्ध गर्नु उहाँहरुको अलोकतान्त्रिक चरित्र र संविधान विपरित काम हो । यस्तो कार्यले उहाँहरुको संसदीय राजनीतिमाथिको निष्ठामै आशंका उत्पन्न भएको छ ।

(घर्ती नेकपा माओवादी केन्द्रकी नेतृ एवं पूर्वसभामुख हुन्)

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काभ्रेपलाञ्चोककी श्रद्धा: मेडिकल अध्ययनदेखि मिस्टर एण्ड मिस नेशनलसम्म

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका, रिठ्ठेमा जन्मिएकी श्रद्धा अधिकारी ‘मिस्टर एण्ड मिस नेशनल २०२४’ मा प्रतियोगी नम्बर २३ हुन् । गत...

दुर्गा प्रसाईमाथि कुटपिट

बागलुङ । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ ।  बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।...

भुटानी शरणार्थी प्रकरण : रायमाझि पुर्पक्ष थुनाको फैसला, खाँडका विषयमा राय बाझियो

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोप बहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश सदर भएको छ ।  उच्च अदालत पाटनका...

एमालेको मेची–महाकाली अभियान सुरु

बैतडी । नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु गरेको छ । एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन...

ल्यार्काल लामा आइविसिको सभापतिमा निर्बाचित

काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक...

दुर्गा प्रसाईको महंगो गाडीमा केपी ओली चढ्दै

काठमाडौं । राजतन्त्र फर्काउने अभियानका अभियान्ताका रुपमा चिनिएका दुर्गा प्रसाईले चढ्ने गरेको करिब ५ करोड रुपैँयाको ल्याण्डक्रुजर भि ८ गाडी केपी ओलीले ...

बल्खुमा फेरि तनाव : प्रहरीमाथि हातपात गरेपछि दुर्गा समथर्थकमाथि अश्रुग्याँस प्रहार

काठमाडौं । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबिच झडप भएको छ । प्रसाईका समर्थकले ब्यरिकेटमा बसिरहेका प्रहरीलाई हातपात गरेपछि  प्रहरीले प...

प्रधानमन्त्री प्रचण्ड सगरमाथाको आधारशिविर कालापत्थरमा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सगरमाथाको आधारशिविर कालापत्थरबाट शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गर...

जापानविरुद्द नेपालको सान्त्वना जित

काठमाडौं । चार देशीय महिला टी–२० सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जित निकालेको छ । आज भएको खेलमा जापानलाई ६७ रनले हराउँदै न...

लप्सीफेदीमा सुरक्षाकर्मी र स्थानीयबिच झडप, डीएसीसहित ३ घाइते

काठमाडौं । काठमाडौंको लप्सीफेदीमा स्थानीय र प्रहरीबिच झडप हुँदा डीएसपी सहित ३ प्रहरी घाइते भएका छन् ।  शंखरापुर नगरपालिका ३ लप्सीफेदीमा विद्युतप्रा...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies