Khabar Dabali १३ असार २०८३ शनिबार | 27th June, 2026 Sat
Investment bank

प्रदेश नं १ मा २६१ जना कोरोना सङ्क्रमणमुक्त

खबरडबली संवाददाता
विराटनगर । प्रदेश नं १ मा आज २६१ जना कोरोना सङ्क्रणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १३० महिला र १३१ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट दुई महिलासहित पाँच जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टाको अवधिमा  प्रदेश नं  १ मा सबैभन्दा बढी झापामा १४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ती सङ्क्रमित झापाको १३ वटा पालिकामा देखिएका हुन् । सो अवधिमा प्रदेशभरिमा एक हजार १४६ जनाको पीसीआर परीक्षण गर्दा ४८८ र ६१४ जनाको एन्टिजेन परीक्षण गर्दा १४१ जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
 
मन्त्रालयका अनुसार झापाबाहेक मोरङमा १२२, सुनसरीमा ६१, धनकुटा र इलाममा पाँच÷पाँच, भोजपुर, उदयपुर र सङ्खुवासभामा एक÷एक र प्रदेश बाहिरका तीन जनामा सङ्क्रमण देखिएको छ । प्रदेशमा आज आठ जिल्ला बढी प्रभावित भएको देखिएको छ । 
 
स्थानीय पालिका अनुसार झापामा १३ वटा पालिकाअन्तर्गत झापाको विर्तामोडमा ४१, अर्जुनधारामा २७, कनकाइमा १८, दमकमा १५, शिवसताक्षी र मेचीनगरमा १०÷१०, बुद्धशान्ति र भद्रपुरमा छ÷छ, बाह्रदशी र हल्दिबारीमा चार, कमल गाउँपालिकामा तीन, गौरादह र झापा गाउँपालिकामा दुई÷दुई जनामा कोरोना देखिएको हो ।
 
मोरङको विराटनगरमा ७२, सुन्दरहरैचामा २०, पथरीशनिश्चरेमा १०, उर्लाबारीमा सात, केराबारीमा पाँच, रतुवामाईमा दुई, बेलबारी, लेटाङ, रङ्गेली, धनपालथान, बूढीगङ्गा र कटहरीमा एक÷एक गरी १२ वटा पालिकामा, सुनसरीको छ वटा पालिकाअन्तर्गत इटहरीमा ४२, धरानमा ११, रामधुनीमा चार, हरिनगरमा दुई, इनरुवा र देवानगञ्जमा एक÷एक, धनकुटाको धनकुटा नगरपालिकामा तीन, छथर र पाख्रिबासमा एक÷एक गरी तीन पालिकामा देखिएको छ । त्यस्तै इलामको इलाम नगरपालिकामा तीन, सूर्योदय र चुलाचुलीमा एक÷एक गरी तीन पालिकामा, भोजपुरको भोजपुर नगरपालिका, उदयपुरको कटारी र सङ्खुवासभाको खाँदबारीमा एक÷एक र प्रदेश बाहिरका तीन जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । रासस
Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेनजी आन्दोलनका मुख्य अभियुक्त ताजिम अन्सारी पुर्पक्षका लागि थुनामा

विराटनगर । जेनजी आन्दोलनका क्रममा विराटनगरमा भएको आगजनी र तोडफोड घटनाका मुख्य अभियुक्त ताजिम अन्सारीलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठा...

विराटनगरमा कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरी छापा

विराटनगर । विराटनगरमा कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीले खानतलासी गरेको छ । शनिबार बिहान जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले विराटनगर–१...

श्रमदातालाई विपन्नको घर–टहरा बनाइदिन हर्क साम्पाङको आह्वान

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आर्थिक अवस्था कमजोर भएका परिवारको घर–टहरा निर्माणमा श्रमदान गर्न आह्वान गरेका छन्। सामाजिक...

फेसबुकमै सचिव खोज्दै मन्त्री महावीर पुन, ‘अनुभवी र काम गर्न सक्ने व्यक्ति चाहियो’

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफ्नै मन्त्रालयका लागि योग्य सचिवको खोजी सामाजिक सञ्जालमार्फत गरेका छन्। मन्त्री पु...

रास्वपा महाधिवेशन लम्बिँदा संसद तीनपटक रोकियो, दलको प्राथमिकतामाथि प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन निर्धारित समयमै टुंगिन नसक्दा प्रतिनिधिसभा बैठक लगातार तेस्रो पटक स्थगित भएको छ। पार्टीका ...

झापामा दुई किशोरी बलात्कारको आरोपमा दुई युवक पक्राउ

झापा । झापाको भद्रपुरमा दुई फरक घटनामा किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–५ का १९ वर्...

कञ्चनपुर र कैलालीमा खैरो हेरोइनसहित ६ जना पक्राउ

काठमाडौं । कञ्चनपुर र कैलालीका विभिन्न स्थानबाट प्रहरीले खैरो हेरोइनसहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक जना १८ वर्षीय किशोरसमेत रहेका छ...

अजय आरएन र शान्तिश्री परियारको नयाँ गीत ‘पिर दियौ’ सार्वजनिक

काठमाडौं । गायक अजय आरएन र चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियारको स्वरमा नयाँ लोकदोहोरी गीत ‘पिर दियौ’ सार्वजनिक भएको छ। प्रेम, पीडा र भावनात्मक ...

चमेलीको पोइ’ को पोस्टरमा नारायण त्रिपाठीको बिजोग

काठमाडौं  । एभरेष्ट सूर्य बोहरा निर्देशीत फिल्म ‘चमेलीको पोइ’ को नयाँ पोस्टरले चर्चा पाएको छ । १६ असोजबाट बिश्वब्यापी प्रदर्शनमा आउन लागेको फिल्मको शु...

कालीमाटीमा गोलभेडा ८ रुपैयाँ किलो, किसान भने ३ रुपैयाँमै बेच्न बाध्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबार सार्वजनिक गरेको थोक मूल्यसूचीअनुसार सानो (लोकल) गोलभेडाको मूल्य प्रतिकिलो ८ देखि १० रुप...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending