Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

बाढीले सम्बन्धविच्छेद गराएको मेलम्चीका सडकखण्ड क्रमश: जोडिँदै

खबरडबली संवाददाता

सिन्धुपाल्चोक । मेलम्चीबाट शाखा रुटमा बस सञ्चालन हुन थालेको छ । मेलम्ची नगरपालिका–१२ बाहुनेपाटीको पुल सञ्चालनमा आएसँगै पाँचपोखरी गाउँपालिका मेलम्ची नगर र इन्द्रावती गाउँपालिकालगायत विभिन्न स्थानमा जानका लागि सहज भएको छ ।

गत साउन १६ गते आएको बाढीले क्षति पुर्‍याएको बाहुनेपाटी पुल बिहीबारदेखि सञ्चालनमा आएको मेलम्चीका इञ्जीनियर जीतबहादुर कार्कीले जानकारी दिए । त्यस्तै मेलम्ची पारी झोलुङ्गेपुलबाट पाँचपोखरीको माथिल्लो भेग भोताङ, मानेखर्क, गुन्सा, धाप, तिपेनीलगायत स्थानमा यातायात सञ्चालनमा आएको पाँचपोखरी थाङ्पालका अध्यक्ष टासी लामाले जानकारी दिए । 

नेपालीहरूको महान् पर्व दशैँ नजिकिएसँगै व्यापारी केन्द्र र बजार क्षेत्रमा चहलपहल बढेको छ । त्यस्तै हेलम्बु गाउँपालिकामा पनि अवरुद्ध सडक सञ्चालनमा आएको छ । बिहीबारदेखि हेलम्बुको इचोक, ग्रेटटे«ल, तार्तुङ, कुटुङसाङलगायत ठाउँमा यातायातका साधन चलाउन सकिने हेलम्बुका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए । 

‘मेलम्ची नगरपालिकाको न्वारखोलामा पहिराले अवरुद्ध सडक खुलाएदेखि हेलम्बुका विभिन्न ठाउँमा यातायात सञ्चालन गर्न सकिने छ, रातो पुल भएको स्थानमा पनि पुल निमार्णका लागि बजेट छुट्टिसकेकाले अब छिट्टै मेलम्ची तिम्बु पनि गाडीमा जान पाइन्छ, त्यसका लागि गृहकार्य सुरु गरेका छौँ’, अध्यक्ष शेर्पाले भने ।

त्यस्तै पाँचपोखरीका लागि पनि मेलम्ची क्षेत्रभित्र पर्ने सल्लेखोला नजिकै बाढीले कटान गरेको सडक निर्माण गरेमा काठमाडौँबाट सिधै भोताङ जान सकिने पाँचपोखरी थाङ्पालका सल्लाहकार विजय पौडेलले बताए । 

आजदेखि बाहुनेपाटी पुल सञ्चालनमा आएको जनाउँदै अवरुद्ध सल्लेखोला छेउ र न्वारखोला छेउको बाटो खुलाउन पनि काम सुरु भएको मेलम्चीका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले जानकारी दिए । अवरुद्ध सडक खुलाउन काम भइरहेको र कतिपय ठाउँमा काम सुरु भइसकेको जनाइएको छ । कतिपय ठाउँमा प्राविधिक अध्ययन भइरहेको छ । अब केही दिनमै अवरुद्ध सबै ठाउँको सडक सञ्चालनमा आउने धितालले जानकारी दिए । 

गत असार १ गते र त्यसपछि आएको बाढीका कारण सडक सञ्जालमा क्षति पुग्दा मानिसलाई आवतजावतमा समस्या हुँदै आएको छ । चाडपर्व नजिकिएसँगै मोटरबाटो निमार्णको कामले तीव्रता पाउँदा र अवरुद्ध सडक सञ्चालनका लागि काम भइरहेको भन्ने खबरले स्थानीयवासी खुशी हुन थालेका छन् । 

दुई पुल निर्माण हुँदै

हेलम्बु गाउँपालिकाको चनौटेमा बेलीब्रिज जडानका लागि अर्थ मन्त्रालयले सहमति दिएको छ । गत असार १ गते मेलम्ची नदीमा आएको बाढीले रातोपुल बगाएको ठाउँमा बेलीब्रिज बन्ने भएको हो ।

गृह मन्त्रालयलाई पत्र लेख्दै अर्थ मन्त्रालयले अनुमानित लागत रु ९० लाख ५३ हजारको सीमाभित्र रहि सडक विभागको विनियोजित बजेट भित्रैबाट खर्च गर्न र बजेट अपुग भएमा थप बजेट व्यवस्थापनका लागि लेखी पठाउन भनेको छ । अर्थले गृह मन्त्रालयअन्तर्गतको विपद् अध्ययन, जोखिम तथा पुनर्लाभ शाखालाई पत्र लेखेको हो । बाढीले रातोपुल बगाएपछि त्यहाँका नागरिक निकै कष्टकर जीवन बिताइरहेका छन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ज्योतिषी अर्जुन क्षेत्रीको भविष्यवाणी- रवि लामिछानेको प्रधानमन्त्री बन्ने योग छ

काठमाडौं । २०८० सालभित्र नेपालमा राजतन्त्र फर्किने असफल भविष्यवाणी गरेका ज्योतिषी अर्जुन क्षेत्रीले रास्वपा सभापति रवि लामिछानेको प्रधानमन्त्री बन्ने ...

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्न लागेको छ । बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने गर...

भूकम्पमा गोडा गुमाएकालाई ललितपुर महानगरको सहयोग

ललितपुर । खुट्टा गुमाएका सात जनालाई कृत्रिम खुट्टा राख्न ललितपुर महानगरपालिकाले सुन्दर ढोका साथीसेवा नामको संस्थालाई आर्थिक सहयोग गरेको छ । महानगरप...

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी)ले  किसानलाई रु ४८ करोड भुक्तानी गरेको छ । डिडिसीले वैशाखमा दुग्धजन्य पदार्थको बिक्री वितरण बढेसँगै १३ दिनमा रु...

लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ । दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा ‘ड्रागन फ्रुट’ फलाउन थालेका छन् । वालिङ नगरपालिका–४ रत्नेथुम्काका उनले विदेशमा सिकेको स...

यी हुन् लगानी सम्मेलनमा प्रस्तुत गरिने १५१ परियोजना

काठमाडौं  । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर  कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ ...

सेनाले माग्यो प्राविधिकतर्फ ३१९ सैनिक कर्मचारी (सूचनासहित)

काठमाडौं । नेपाली सेनाले प्राविधिकर हवाईरविविध सेवातर्फ पादिक तथा विल्लादार पदहरूका लागि दरखास्त आह्वान गरेको छ। जंगी अड्डाले शुक्रबार सूचना प्रकाशित ...

युद्धविरामको लागि बन्धकलाई रिहा गर्न हमाससँग १८ देशको आग्रह

काठमाडौं । युद्धविरामको लागि बन्धकलाई रिहा गर्न हमाससँग अमेरिका लगायत विश्वका १८ देशले आग्रह गरेका छन् ।  विश्वका विभिन्न अठार देशले बिहीबार एक संय...

भारतमा लोकसभाको दोस्रो चरणको निर्वाचन- १२ राज्यका ८९ सीटका लागि मतदान

काठमाडौं । भारतमा संघीय संसदको तल्लो सदन लोकसभा निर्वाचनअन्तर्गत आज दोस्रो चरणको मतदान हुँदै छ। आज १२ राज्य र केन्द्रशासित एक प्रदेशका गरी कुल ८९ स...

कक्षा १२ को परीक्षा आजबाट, जापानमा पनि परीक्षा केन्द्र

तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies