Khabar Dabali १३ जेष्ठ २०८३ बुधबार | 27th May, 2026 Wed
Investment bank

बाढीले सम्बन्धविच्छेद गराएको मेलम्चीका सडकखण्ड क्रमश: जोडिँदै

खबरडबली संवाददाता

सिन्धुपाल्चोक । मेलम्चीबाट शाखा रुटमा बस सञ्चालन हुन थालेको छ । मेलम्ची नगरपालिका–१२ बाहुनेपाटीको पुल सञ्चालनमा आएसँगै पाँचपोखरी गाउँपालिका मेलम्ची नगर र इन्द्रावती गाउँपालिकालगायत विभिन्न स्थानमा जानका लागि सहज भएको छ ।

गत साउन १६ गते आएको बाढीले क्षति पुर्‍याएको बाहुनेपाटी पुल बिहीबारदेखि सञ्चालनमा आएको मेलम्चीका इञ्जीनियर जीतबहादुर कार्कीले जानकारी दिए । त्यस्तै मेलम्ची पारी झोलुङ्गेपुलबाट पाँचपोखरीको माथिल्लो भेग भोताङ, मानेखर्क, गुन्सा, धाप, तिपेनीलगायत स्थानमा यातायात सञ्चालनमा आएको पाँचपोखरी थाङ्पालका अध्यक्ष टासी लामाले जानकारी दिए । 

नेपालीहरूको महान् पर्व दशैँ नजिकिएसँगै व्यापारी केन्द्र र बजार क्षेत्रमा चहलपहल बढेको छ । त्यस्तै हेलम्बु गाउँपालिकामा पनि अवरुद्ध सडक सञ्चालनमा आएको छ । बिहीबारदेखि हेलम्बुको इचोक, ग्रेटटे«ल, तार्तुङ, कुटुङसाङलगायत ठाउँमा यातायातका साधन चलाउन सकिने हेलम्बुका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए । 

‘मेलम्ची नगरपालिकाको न्वारखोलामा पहिराले अवरुद्ध सडक खुलाएदेखि हेलम्बुका विभिन्न ठाउँमा यातायात सञ्चालन गर्न सकिने छ, रातो पुल भएको स्थानमा पनि पुल निमार्णका लागि बजेट छुट्टिसकेकाले अब छिट्टै मेलम्ची तिम्बु पनि गाडीमा जान पाइन्छ, त्यसका लागि गृहकार्य सुरु गरेका छौँ’, अध्यक्ष शेर्पाले भने ।

त्यस्तै पाँचपोखरीका लागि पनि मेलम्ची क्षेत्रभित्र पर्ने सल्लेखोला नजिकै बाढीले कटान गरेको सडक निर्माण गरेमा काठमाडौँबाट सिधै भोताङ जान सकिने पाँचपोखरी थाङ्पालका सल्लाहकार विजय पौडेलले बताए । 

आजदेखि बाहुनेपाटी पुल सञ्चालनमा आएको जनाउँदै अवरुद्ध सल्लेखोला छेउ र न्वारखोला छेउको बाटो खुलाउन पनि काम सुरु भएको मेलम्चीका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले जानकारी दिए । अवरुद्ध सडक खुलाउन काम भइरहेको र कतिपय ठाउँमा काम सुरु भइसकेको जनाइएको छ । कतिपय ठाउँमा प्राविधिक अध्ययन भइरहेको छ । अब केही दिनमै अवरुद्ध सबै ठाउँको सडक सञ्चालनमा आउने धितालले जानकारी दिए । 

गत असार १ गते र त्यसपछि आएको बाढीका कारण सडक सञ्जालमा क्षति पुग्दा मानिसलाई आवतजावतमा समस्या हुँदै आएको छ । चाडपर्व नजिकिएसँगै मोटरबाटो निमार्णको कामले तीव्रता पाउँदा र अवरुद्ध सडक सञ्चालनका लागि काम भइरहेको भन्ने खबरले स्थानीयवासी खुशी हुन थालेका छन् । 

दुई पुल निर्माण हुँदै

हेलम्बु गाउँपालिकाको चनौटेमा बेलीब्रिज जडानका लागि अर्थ मन्त्रालयले सहमति दिएको छ । गत असार १ गते मेलम्ची नदीमा आएको बाढीले रातोपुल बगाएको ठाउँमा बेलीब्रिज बन्ने भएको हो ।

गृह मन्त्रालयलाई पत्र लेख्दै अर्थ मन्त्रालयले अनुमानित लागत रु ९० लाख ५३ हजारको सीमाभित्र रहि सडक विभागको विनियोजित बजेट भित्रैबाट खर्च गर्न र बजेट अपुग भएमा थप बजेट व्यवस्थापनका लागि लेखी पठाउन भनेको छ । अर्थले गृह मन्त्रालयअन्तर्गतको विपद् अध्ययन, जोखिम तथा पुनर्लाभ शाखालाई पत्र लेखेको हो । बाढीले रातोपुल बगाएपछि त्यहाँका नागरिक निकै कष्टकर जीवन बिताइरहेका छन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending