कर्णाली । सडक पूर्वाधार विकास कार्यालयले हालसम्म जिल्लामा २० किलोमिटरभन्दा बढी सडकका नयाँ ट्रयाक खुलाइएको छ । वि.सं २०७६ पुस २४ मा जिल्लामा स्थापना भएको कार्यालयले हालसम्म २० किलोमिटर ४० मिटर सडकका नयाँ ट्रयाक खुलाएको हो ।
यसैगरी १५ किलोमिटर ६४ मिटर सडक स्तरोन्नति गरिएको कार्यालयका प्रमुख गोविन्दबहादुर महत्रा क्षेत्रीले जानकारी दिए । उनका अनुसार पुथाउत्तरगङ्गा गाउँपालिकाका सल्ली, बिसौना, काग्खोला र तीपई दोभानमा १२० मिटरभन्दा लामा तीन झोलुङ्गे पुल निर्माण गरिएको र भूमे गाउँपालिकाको दोमै दोभानको एउटा झोलुङ्गे पुलको मर्मत गरिएको छ । चार वटा सडक पुल निर्माणाधीन अवस्थामा रहेका र सिस्ने तथा भूमेको सिमाना बालुमा पुल निर्माणका लागि बोलपत्र आह्वान गर्न लागिएको कार्यालय प्रमुख महत्रा क्षेत्रीले बताए ।
आर्थिक वर्ष २०७२/७३ मै काम सुरु भए पनि अलपत्र रहेका ८० मिटर पुलको जिल्लामै कार्यालय स्थापना भएपछि ९० प्रतिशत काम भइसकेको र रुकुमगाड खोलामा २५ मिटर लामो पुलको ५० प्रतिशत काम भएको छ भने सिस्ने गाउँपालिका–७ को नाथिगाड खोला र भूमे गाउँपालिकास्थित थबाङ खोलामा निर्माण हुने पुलको सम्झौतासमेत भइसकेको कार्यालयले जनाएको छ ।
सम्पन्न भइसकेका र निर्माणाधीन अवस्थामा रहेका सहित हालसम्म योजनाका सङ्ख्या ३५ छ । आव २०७६/७७ र २०७७/७८ मा गरी रू ३६ करोड ७५ लाख २७ हजार बजेट विनियोजन भएकामा अहिलेसम्म रू २७ करोड ९३ लाख ७२ हजार रुपैयाँ खर्च भइसकेको जनाइएको छ । यस्तै चालूतर्फ रू एक करोड २६ लाख ९८ हजार बजेट विनियोजन भएकामा रू ९८ लाख ४१ हजार खर्च भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २० गते, २०८२ - ०८:३४
काठमाडौँ । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचा...
फाल्गुन २० गते, २०८२ - ०८:३१
म्याग्दी । म्याग्दीमा चालु आर्थिक वर्ष २०८२र८३ मा खानेपानी, सिँचाइ र नदी नियन्त्रणसम्बन्धी ८२ वटा योजना सञ्चालन भएका छन् । खानेपानी, जलस्रोत तथा सिँचा...
फाल्गुन २० गते, २०८२ - ०७:५३
काठमाडौं । अमेरिका र इजरेलको संयुक्त आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेई मारिएपछि मध्यपूर्वभरि नै द्वन्द्व फैलिएको छ। अमेरिकी राष्ट्रप...
फाल्गुन २० गते, २०८२ - ०७:४६
काठमाडौं । पश्चिम एसिया क्षेत्रमा जारी युद्धका कारण त्यहाँको समग्र सुरक्षा व्यवस्था खलबलिँदा नेपालको अर्थव्यवस्थासमेत प्रभावित हुने भएको छ । कतार, सा...
फाल्गुन २० गते, २०८२ - ०७:४१
काठमाडौं । मौन अवधिमा मतदातालाई प्रभावित पार्ने गतिविधिमा सुरक्षा निकायले निगरानी बढाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार हरेक निर्वाचन क्षेत्रमा...
फाल्गुन २० गते, २०८२ - ०७:३७
काठमाडौँ । आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रतिनिधिसभा सदस्यको भोलि फागुन २१ मा हुने निर्वाचनमा मतदानका लागि मतदाता उत्साहित रहेको प्रतिवेदन सा...
फाल्गुन २० गते, २०८२ - ०७:३०
काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आ...
फाल्गुन २० गते, २०८२ - ०७:२६
काठमाडौं । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–२ स्थित चपलीमा शङ्कास्पद बस्तु भेटिएको छ । चपलीबाट माथिल्लो भंगाल जाने भित्री सडकमा कागजले पोको पारेर ...
फाल्गुन २० गते, २०८२ - ०७:१७
बेइजिङ । मध्यपूर्वमा चर्किएको युद्धबीच चीनले इरानमाथि गरिएको सैन्य आक्रमणप्रति आफ्नो स्पष्ट असहमति दोहोर्याएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले मङ्ग...
फाल्गुन २० गते, २०८२ - ०७:१४
काठमाडौँ । इजरायल–अमेरिका र इरानबिचको तनावले नेपालको समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता प्रकट गरिएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ...



प्रतिकृया लेख्नुहोस्: