Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

विभूषण वितरण प्रति अध्यक्ष ओलीको टिप्पणी : ‘आज बुवा, श्रीमती, छोराछोरीहरुको मुख हेर्ने दिन हो ?’

खबरडबली संवाददाता

काठमाडौं । प्रमुख प्रतिपक्ष एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अलंकार पदकहरु राजनीतिक आस्था र परिवारका व्यक्तिलाई(विभूषण) प्रदान गरेकोप्रति व्यंग्य गरेका छन् । 

आइतबार संविधान दिवसको अवसरमा एमालेले गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकारले ९ सय ३ जनालाई विभिन्न विभूषण घोषणा गरेकोप्रति कडा टिप्पणी गरेका हुन् । 

ओलीले संविधान दिवसका दिन शहीदका सन्तान, आमाबुबाहरुले गर्व गर्न पाउनुपर्ने र घाइतेहरुले सम्मानित हुन पाउनुपर्ने बताए । तर सरकारले कसैको बा त कसैका श्रीमतीलाई मानपदवी दिएको भन्दै उनले भने, ‘आज बाबुको मुख हेर्ने दिन हो ? श्रीमीतीको मुख हेर्ने दिन हो ? छोराछोरीको मुख हेर्ने दिन हो ?’

आफ्नो सरकारविरुद्ध खोइरो खन्ने पत्रकार, झगडियालाई ठूलठूला पदक दिएको उनले टिप्पणी गरे। ‘झगडिया सम्मानित, मुद्दा हाल्ने सम्मानित, तथानाम बोल्ने सम्मानित, मुद्दा जिताइदिने र हराइदिने श्रीमान सबैलाई सम्मान,’ओलीले भने, २–४ जना छुटेको झै लाग्यो नाम नभनौं । तिनलाई किन छुटाएको होला ?’

सरकारले प्रदान गरिएको अलंकार, पदक र विभूषणहरू लाज मानिरहेको ओलीले टिप्पणी गरे । 

 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाली कम्युनिष्टहरू मिल्दैनन् तर बारम्बार किन एकता वा सहकार्यको कुरा गर्छन् ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थापनाको ७५ वर्ष पुगेका बेला कतिपय नेपाली कम्युनिस्ट नेताहरूले फेरि एक पटक 'वामपन्थी सहकार्य'को चर...

स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू देखापरिरहेका छन् : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू देखापरिरहेकाले त्यसतर्फ सचेत रहनुपर्ने बताएका छन्। पाटन ...

जंगलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर जले

सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ देउपुजेको जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर जलेका छन् ।  गाईखर्क सामुदायिक वनमा मङ्गलब...

इजरायलको मध्यस्थताका लागि ‘उपयोगी’ भए हमास दोहामा नै रहन्छ : कतार

काठमाडौं । कतारले हमासको राजनीतिक नेतृत्वलाई युद्धविराम वार्ताका लागि आवश्यक रहेमाकतारमा नै रहने अनुमति दिने बताएको छ ।  गाजामा जारी युद्ध अन्त्य ग...

बिहे घरमा आगलागी हुँदा ६ लाखको क्षति

सर्लाही । सर्लाहीको बलरा नगरपालिकास्थित मिर्जापुरको बिहे घरमा आगलागी हुँदा रु छ लाखको क्षति हुनुका साथै दुई जना घाइते भएका छन् ।  बलरा नगरपालिका–६,...

भानुमा औद्योगिक ग्राम निर्माण गरिँदै

तनहुँ । तनहुँको भानु नगरपालिकामा औद्योगिक ग्राम निर्माणको प्रक्रिया सुरु भएको छ । भानु नगरपालिका–३ खहरेमा औद्योगिक ग्राम निर्माणका लागि रु एक करोड बजे...

मलेसियाको श्रम नीतिले नेपाली श्रमिकलाई असर

काठमाडौं । नेपालीको श्रम गन्तव्य मुलुक मलेसियाले यही वैशाख ९ गतेदेखि औपचारिक क्षेत्रमा विदेशी श्रमिक नलिने निर्णय गरेको छ।  केही दिनअघि आप्रवासी श्...

झापामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

काठमाडौं । पूर्व-पश्चिम राजमार्गअन्तर्गत झापाको झिलझिलेमा बुधबार बिहान मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।  दुर्घटनामा पश्चिमबाट पूर...

संकटमा प्रचण्ड सरकार : नयाँ कोर्स अघि बढाउन कांग्रेस-एमाले संवादमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढाल्ने गृहकार्य सुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रचण्ड नेतृत्व...

तराईका केही स्थानमा हुरीबतासको चेतावनी, बाँकी भागमा मौसम सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले पहाडी क्षेत्र...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies