Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

१० हिमाली जिल्लामा खोप

खबरडबली संवाददाता

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १० हिमाली जिल्लामा १८ वर्षमाथिकालाई आजदेखि कोरोना भाइरस विरुद्धको खोप अभियान सञ्चालन गरिएको जनाएको छ । 

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले ती जिल्लाका १८ वर्षभन्दा माथिका सबैलाई आजदेखि यही असोज १४ गतेसम्म कोरोना भाइरस विरुद्धको पहिलो मात्राको खोप अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए । 

उनका अनुसार ताप्लेजुङ, सङ्खुवासभा,  सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा र दार्चुलामा १८ वर्षभन्दा माथिका सबैलाई भेरोसेल खोपको पहिलो मात्रा लगाउन थालिएको हो । 

सरकारले शुक्रबारमात्र चीन सरकारबाट खरिद गरिएको ४४ लाख मात्रा भेरोसेल खोप ल्याएको थियो ।

यस्तै काभ्रे र चितवनमा पनि १८ वर्ष भन्दा माथि छुटेका विद्यार्थी र ३५ वर्षमाथिका सबैलाई खोप लगाउन थालिएको छ । उनले अभियानकै क्रममा काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछाम जिल्लामा ४० वर्ष माथिका खोप लगाउन बाँकी र १८ वर्ष माथिका खोप लगाउन छुटेका विद्यार्थीलाई खोप लगाइने छ । 

यस्तै, मनाङ्, मुस्ताङ र पूर्वी रुकुम वाहेकका ५५ जिल्लामा ४५ वर्षमाथिका खोप  लगाउन बाँकी सवै नागरिक र १८ वर्षमाथिका  खोप लगाउन छुटेका विद्यार्थीलाई पनि अभियानकै क्रममा खोप लगाइने उनले बताए । पहिलो मात्रा खोप लगाइसकेका लागि कात्तिक ४ देखि कात्तिक १४ गतेसम्म भेरोसेलको दोस्रो मात्राको खोप प्रदान गरिने छ । रासस

आजैदेखि यसअघि पहिलो मात्रा लगाएका नागरिकलाई दोस्रो मात्राको खोप अभियान पनि सञ्चालन गरिएको छ । दोस्रो मात्रा आजदेखि असोज ६ गतेसम्म काठमाडौं जिल्लामा सञ्चालन भइरहेको छ । 

मन्त्रालयले खोप लगाउनका लागि आफ्नो परिचय खुल्ने परिचय पत्र लिएर जान समेत अनुरोध गरेको छ । अहिलेसम्म नेपालमा पहिलो मात्रा ६२ लाख तीन हजार ३१६ जनाले र पूर्णमात्रा ५५ लाख ७८ हजार ८६५ जनाले लगाइसकेका छन् । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेभित्र प्रश्नको घेरामा महिला प्रतिनिधित्व : किन खोसियो सुदूरपश्चिमकी एक्ली महिला उम्मेदवारको टिकट ?

धनगढी । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभा उम्मेदवार बनाएकी एक्ली महिला नेतृ कमला बोहराको टिकट खोसेपछि पार्टीभित्रै तीव्र असन्तुष्टि र आ...

जनकपुरमा बालेनको ‘शक्ति प्रदर्शन’, समर्थकको भीडले विमानस्थलको सिसा ढोका फुट्यो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साह जनकपुर पुगेका छन् । काठमाडौं महानगरपालिकाको मेयर पदबाट आइतबार राजीनामा दिएपछि...

जनकपुरबाट भ्रमण आएको बस धरानमा दुर्घटना, पाँच जनाको मृत्यु

काठमाडौँ।     जनकपुरबाट धनकुटाको भेडेटार शैक्षिक भ्रमण आएको बस धरानमा दुर्घटनामा हुँदा ५ जनाको मृत्यु भएको छ । बस ब्रेक फेल भएर दुर्घटनामा परेको धरानक...

बालेनले दिए पदबाट राजीनामा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ ले राजीनामा दिएका छन् ।  मेयर साहले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन् । ...

प्रधानमन्त्रीले मन्त्रीहरूसहित बैठक बोलाइन्, निर्वाचन तयारी र आचारसंहिताबारे छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्यकीले आसन्न प्रतिनिधि सभा निर्वाचन, निर्वाचन आचारसंहिता र अन्य समसामयिक विषयमा छलफल गर्न मन्त्रीहरूसहित बैठक बोलाए...

दलहरूको दबाब र सर्वोच्चको मुद्दाकाे असरले उम्मेदवारी दर्ता केही दिन सर्नसक्ने संकेत

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनमा संलग्न दलहरूले उम्मेदवार चयनमा समयको चाप महसुस गरेपछि निर्वाचन आयोगले मनोनयनको मिति केही दिन सर्नसक्ने संकेत दिएको...

झलनाथ खनाल निर्वाचन बाहिर, काठमाडौँ ८ बाट सुमन सायमीकाे तयारी

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाल यसपटक फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचन नलड्ने भएका छन्। विगतमा इलाम–२ बाट...

नयाँ ट्रयाक खुलेपछि रमुवा गाउँको वकरा पोखरीमा पर्यटकको चहलपहल बढ्दै

वाग्लुङ ।  गलकोट नगरपालिका–१०, पाण्डबखानीस्थित रमुवा गाउँको वकरा नामक रमणीय पोखरी लामो समयसम्म ओझेलमा परेको थियो। प्राकृतिक सुन्दरता, हरियाली र शान्त ...

पाण्डबखानी–रमुवा जोड्ने सडक स्तरोन्नति तीव्र, २५ प्रतिशत कटिङ कार्य सम्पन्न

वाग्लुङ ।  पाण्डबखानीदेखि रमुवा जोड्ने नयाँ ट्र्याक स्तरोन्नति सडक आयोजनाको काम तीव्र रूपमा अघि बढिरहेको छ । हालसम्म आयोजनाअन्तर्गत सडक कटिङ कार्य करि...

स्वास्थ्य बीमा संकट चुलिँदा निर्देशक काफ्लेको राजीनामा, बोर्ड झन् अन्योलमा

काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा परिरहेका बेला स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. रघुराज काफ्लेले पदबाट राजीनामा दिएका छन् । बीमा भु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending