Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

साहस ऊर्जाको आइपिओ बुधबारदेखि

खबरडबली संवाददाता
काठमाडौँ । साहस ऊर्जा लिमिटेडले बुधबारदेखि सर्वसाधारणका लागि साधारण शेयर जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु ७० करोड बराबरको ७० लाख कित्ता प्राथमिक शेयर निष्काशन गर्न लागेको हो ।
 
निष्काशन गरिने प्रारम्भिक शेयरमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख ५० हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको र तीन प्रतिशत अर्थात् दुई लाख १० हजार कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरिएको छ ।  बाँकी रहने ६४ लाख ४० हजार कित्ता शेयरमा सर्वसाधारणले यही असोज ६ गतेदेखि आवेदन दिन पाउने भएका छन् । 
 
कम्पनीको विवरण पत्रानुसार सर्वसाधारणले असोज १० सम्म न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । सो अवधिसम्म माग गरिएबमोजिम आवेदन नआएमा असोज २० सम्म निष्काशन खुला हुने विवरणपत्रमा उल्लेख छ ।
 
कम्पनीले हाल सोलुखुम्बु जिल्लाका सोलुदूधकुण्ड नगरपालिका र थुलुङदूधकोशी गाउँपालिकामा कुल ८६ मेगावाट क्षमताको सोलुखोला (दूधकोशी) जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । कम्पनीले आयोजनाको प्रतिमेगावाट लागत रु  १३ करोड ७९ लाख हुने विवरण सार्वजनिक गरेको छ । 
 
सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट शेयरमा आवेदन दिन सक्नेछन् ।  साथै अनलाइनमार्फत ‘मेरोशेयर’ प्रयोग गरेर पनि शेयरका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले जनाएको छ ।
 
कम्पनीले आफ्नो जारी पूँजी रु तीन अर्ब पचास करोडको प्रतिशेयर रु एक सय अङ्कित दरले हुने तीन करोड पचास लाख कित्ता शेयरमध्ये ३० प्रतिशत अर्थात् एक करोड पाँच लाख कित्ता सार्वजनिक निष्काशनका निमित्त छुट्याएको थियो । सोअनुसार प्रतिशेयर रु एक सय अङ्कित मूल्यको ३५ लाख कित्ता साधारण शेयर गत साउन २९ देखि भदौ २७ सम्म आयोजना प्रभावित क्षेत्र सोलुखुम्बुका बासिन्दाका लागि निष्काशन गरिएको थियो जसको बाँडफाँटसमेत भइसकेको छ ।
Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बडी होइन, बच्चा बनाउनतिर लाग्न राजेश हमाललाई प्रशंसकको सल्लाह

काठमाडौं ।  महानायक राजेश हमालले तीन सयभन्दा बढी चलचित्रमा काम गरिसकेका छन् । उमेरले ६० वर्ष हाराहारीमा रहेका फिट्नेसमा ध्यान दिएकै कारण उनी तीन बीस उ...

चलचित्र ‘एक्टर’को शुभसाइत

ललितपुर ।  ललितपुरको भैसेपाटीमा  फिल्म ‘एक्टर’को शुभसाइत गरिएको छ । आज बिहान कार्यविनायक मन्दिरमा वैदिक विधिद्वारा हवन गर्दै फिल्मको शुभसाइत गरिएको हो...

किन तामेलीमा रह्यो महेश बस्नेतविरुद्धको मुद्धा ?

काठमाडौं । नेकपा (एमाले) पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतविरुद्ध शोभा पाठक सुनियोजित ढंगले लागेको पुष्टि भएको छ । जिल्ला सरकारी वकिल कार...

चेम्बर सल्लाहकार परिषदको अध्यक्षमा राजेशकाजी श्रेष्ठ चयन

काठमाडौं ।  नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषदको अध्यक्षमा राजेशकाजी श्रेष्ठ चयन भएका छन् । चेम्बरका पूर्वअध्यक्ष समेत रहेका श्रेष्ठ सल्लाहकार पर...

कतारी राजा थानी काठमाडौं उत्रिए

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आइपुगेका छन् ।  राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा दुई दिने भ्रमणमा आएका थान...

जनकपुरको होटेलमा मृत भेटिए महिला र पुरूष

जनकपुर  । जनकपुरको रामानन्दचोकमा रहेको होटेल होलिडे एण्ड गेष्ट हाउसमा एक महिला र पुरुष मृत अवस्थामा भेटिएका छन् । महोत्तरीको पिपरा गाउँपालिका ३ का ...

प्रजनन केन्द्रले पाँच वर्षको खगेन्द्र र छ वर्षकी रुद्रकली कतारलाई उपहार दिने

चितवन । सैँतिस वर्षअघि भारत, म्यानमार र थाइल्याण्डबाट हात्ती उपहार लिएर स्थापना गरिएको हात्ती प्रजनन केन्द्र खोरसोर सौराहाले अहिले कतारलाई दुई वटा हात...

हेटौँडामा बन्याे ५२ फिट अग्लो हनुमान मूर्ति

मकवानपुर। मकवानपुरको हेटौँडा उपमहानगरपालिका –१० गोरक्षश्वर मन्दिर परिसरमा ५२ फिट अग्लो हनुमानको मूर्ति स्थापना गरिएको छ । मूर्ति निकै कलात्मक र आकर्षक...

मोटरसाइकलमा आएर त्रिशूली पुलबाट सँगै हामफाले एक जोडी

महिलाको सकुशल उद्धार हुँदा पुरुष बेपत्ता

१४८ वटा आयोजना लगानी सम्मेलनमको शोकेसमा राख्न स्वीकृति

काठमाडौं । वैशाख १६ र १७ गते हुन लागेको तेस्रो लगानी सम्मेलनका क्रममा १४८ आयोजनाको प्रस्ताव तयार पारिएको छ ।  मंगलबार काठमाडौंमा बसेको लगानी बोर्डको ब...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies