Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

भीष्मराज ढुङ्गाना प्रकरण : छानबिन समितिले अर्थमन्त्रीलाई प्रतिवेदन बुझायो

खबरडबली संवाददाता

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानामाथि लागेको आरोपको सम्बन्धमा जाँचबुझ गर्न गठित समितिले मङ्गलबार सकारलाई प्रतिवेदन बुझाएको छ ।

अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा समितिका अध्यक्ष एवम् उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेले छानबिन प्रतिवेदन अर्थमन्त्री जनार्दन शर्मासमक्ष बुझाएका हुन् ।

धितोपत्र बोर्डका अध्यक्ष ढुङ्गानाले धितोपत्रको भित्री कारोबार तथा धितोपत्र व्यवसाय गरी बोर्डलाई हानिनोक्सानी पु¥याई बोर्डको हित र पुँजी बजारको विकासविपरीत हुने गरी पदीय आचरणविपरीत काम कारबाही गरेको भन्ने सम्बन्धमा जाँचबुझ गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न गत भदौ १६ गतेको मन्त्रिपरिषद् बैठकले जाँचबुझ समिति गठन गरेको थियो । 

धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ७ को उपदफा ७ र नेपाल धितोपत्र बोर्डसम्बन्धी नियमावली, २०६४ को नियम ११ बमोजिम गठित समितिले तोकिएको समयभित्रै प्रतिवेदन पेश गरेको हो ।

जाँचबुझ प्रतिवेदन बुझ्दै अर्थमन्त्री शर्माले यसको अध्ययन गरेर सरकारले आवश्यक निर्णय गर्ने बताउनुभयो । अध्ययन प्रतिवेदनको निष्कर्ष तथा सुझावले धितोपत्रसम्बन्धी कारोबारलाई व्यवस्थित र सुरक्षित गर्न तथा पुँजी बजारका सम्पूर्ण लगानीकर्ताको हित रक्षामा सहयोगी हुने धारणा राखे ।

शेयर बजार आफ्नै नियम र पद्धतिमा अघि बढ्ने विषय भएकाले मन्त्रीको कारणले शेयर बजार घटबढ नहुने कुरा नभएको उनले बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्रीले मन्त्रीहरूसहित बैठक बोलाइन्, निर्वाचन तयारी र आचारसंहिताबारे छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्यकीले आसन्न प्रतिनिधि सभा निर्वाचन, निर्वाचन आचारसंहिता र अन्य समसामयिक विषयमा छलफल गर्न मन्त्रीहरूसहित बैठक बोलाए...

दलहरूको दबाब र सर्वोच्चको मुद्दाकाे असरले उम्मेदवारी दर्ता केही दिन सर्नसक्ने संकेत

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनमा संलग्न दलहरूले उम्मेदवार चयनमा समयको चाप महसुस गरेपछि निर्वाचन आयोगले मनोनयनको मिति केही दिन सर्नसक्ने संकेत दिएको...

झलनाथ खनाल निर्वाचन बाहिर, काठमाडौँ ८ बाट सुमन सायमीकाे तयारी

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाल यसपटक फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचन नलड्ने भएका छन्। विगतमा इलाम–२ बाट...

नयाँ ट्रयाक खुलेपछि रमुवा गाउँको वकरा पोखरीमा पर्यटकको चहलपहल बढ्दै

वाग्लुङ ।  गलकोट नगरपालिका–१०, पाण्डबखानीस्थित रमुवा गाउँको वकरा नामक रमणीय पोखरी लामो समयसम्म ओझेलमा परेको थियो। प्राकृतिक सुन्दरता, हरियाली र शान्त ...

पाण्डबखानी–रमुवा जोड्ने सडक स्तरोन्नति तीव्र, २५ प्रतिशत कटिङ कार्य सम्पन्न

वाग्लुङ ।  पाण्डबखानीदेखि रमुवा जोड्ने नयाँ ट्र्याक स्तरोन्नति सडक आयोजनाको काम तीव्र रूपमा अघि बढिरहेको छ । हालसम्म आयोजनाअन्तर्गत सडक कटिङ कार्य करि...

स्वास्थ्य बीमा संकट चुलिँदा निर्देशक काफ्लेको राजीनामा, बोर्ड झन् अन्योलमा

काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा परिरहेका बेला स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. रघुराज काफ्लेले पदबाट राजीनामा दिएका छन् । बीमा भु...

अनिश्चित राजनीतिमा बालेनको ‘स्टेप ब्याक’: किन अन्तिम घडीमा रोकियो राजीनामा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा धरान उपमहानगरपालिकाका मेयर बालेन शाहले बुझाउने तयारी गरेको राजीनामा अन्तिम समयमा ‘ह...

नेकपाभित्र उम्मेदवार टुंग्याउन सकस, दाङ–१ मा मेटमणिलाई रोक्न कुलप्रसादको कडा दावेदारी

रुपन्देही । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) भित्र दाङ जिल्लाको क्षेत्र नम्बर १ पेचिलो बन्दै गएको छ । लगातार निर्वाचन जित्दै आएका मेटमणि चौधरी पुनः उम...

राष्ट्रियसभा छाडेर प्रत्यक्ष चुनावमा ‘हेभीवेट’को इन्ट्री

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने तयारीसँगै राष्ट्रियसभाका तीन सदस्यले पदबाट राजीनामा दिएका छन् । राजीनामा दिनेमा नेकपाका नेता नार...

सागर ढकाल डडेल्धुरामा देउवासँग ‘फेरि भिडन्त’ नगर्ने, गुल्मी–रुपन्देहीतर्फ नजर

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य सागर ढकालले यसपटक डडेल्धुराबाट प्रतिनिधिसभा निर्वाचन नलड्ने घोषणा गरेका छन् । आ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending