Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

नयाँ पार्टीको वैधानिकताका कारण सरकार विस्तारमा ढिलाई भयो : पोखरेल

गिरिराजमणि पोखरेल

सरकार गठनको शुरुमा नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको वैधानिक समस्या थियो । त्यसपछि सर्वोच्चमा मुद्दा मामिला भए । यसबीचमा अन्य समस्यासमेत देखा परेकाले सरकार विस्तारमा प्रभाव परेको छ । गठबन्धनलाई टिकाउन नसकिए संसद्‌भित्र सरकार अल्पमतमा पर्न सक्छ ।  

गठबन्धनलाई थप बलियो र सबैलाई समेटिएर लैजान खोज्दा सरकार विस्तारमा ढिला हुन गएको हो । शुरुका दिनमा सरकार विस्तार गर्न यस्तो ढिला होला भन्ने लागेको थिएन । गठबन्धनको सरकार भएकाले सबैलाई मिलाएर जानुपर्ने बाध्यता छ । त्यसमा पनि दलीय हिसाबले कसले कुन मन्त्रालय पाउने भन्ने कुरा आउँछ । त्योसँगै कसले कति मन्त्रालय पाउने भन्ने कुरा पनि अन्तरसम्बन्धित हुन्छ ।

सरकार गठनको बेला कांग्रेस र माओवादी पार्टीभित्र कुनै समस्या थिएन । त्यतिबेला कि त तत्काल कांग्रेस र माओवादीलाई मात्र समेटेर सरकार विस्तार गर्न गठबन्धन दलभित्र सहमति भएको भए धेरै हदसम्म समस्या समाधान हुन्थ्यो । त्यतिबेला सरकार बिस्तार गर्न  यति ढिलो हुन्छ भन्ने हामीलाई लागेको थिएन । त्यसैले सबैको समस्या हल होस भन्ने कुराले सरकार गठन गर्न ढिलाई भएको हो ।

मेरो विचारमा सरकार विस्तार हुन नसक्दा काममा बाधा पुगेको छ । यसले जनतामा राम्रो सन्देश प्रवाह हुन सकेको छैन । तर पनि गठबन्धनलाई टिकाउने र प्रतिगमनविरुद्धको मोर्चालाई सुदृढ बनाउन लागिएको कारण ढिला भएको हो । सरकारमा जाने विषयमा माओवादी केन्द्रभित्र कुनै समस्या छैन । केही महिनाअघि पार्टी अध्यक्षले पार्टीभित्रको समस्याबारे आफ्ना भनाई राख्दा त्यसले बाहिर नकारात्मक सन्देश प्रवाह भयो । अध्यक्ष प्रचण्डले पद, प्रतिष्ठाभन्दा पनि सिद्धान्त, मुल्य, मान्यताको राजनीतिलाई जोड दिनुपर्छ भन्न खोज्नुभएको हो । मन्त्री बन्नकै लागि पार्टीभित्र कुनै समस्या छैन ।

पहिलो कुरा हामीलाई कति र कुन मन्त्रालय पर्छ भन्ने एकीन छैन । माओवादीले पाउने मन्त्रालय टुंगो लागेपछि त्यो प्रस्ताव पार्टीको स्थायी कमिटीमा आउँछ । त्यसपछि सरकारमा जाने विषयमा टुंगो लाग्छ । त्यसकारण हाम्रो कारणले सरकार विस्तारमा कुनै समस्या छैन । हामी नेतृत्व गर्ने दल भएका कारणले गर्दा सबैलाई मिलाएर जानुपर्ने बाध्यता छ । मन्त्रालय भागबण्डामा गठबन्धनबीच शुरुमा काँग्रेस, माओवादी, जसपा र नेकपा एसलाई क्रमश: ९, ७ , ३, ३ वटा मन्त्रायलय पाउने मोटामोटी सहमति भएको थियो । त्यतिबेला माधव समूह एमालेमै फर्किने कि छुट्टीने भन्ने एकीन थिएन । त्यसपछि एकपछि अर्को राजनीतिक घटनाक्रम विकसित हुँदै गयो । त्यसले जनताको काममा गम्भीर असर गरेको छ । अदालतको निर्णयपछि गठबन्धन दलहरूबीच सहमतिमा दुई–तीन दिनसम्ममा सरकारले पूर्णता पाउने विश्वास छ । 
(पोखरेल पूर्वमन्त्री एवं माओवादी केन्द्रको नेता हुन्)

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा नेता काशी महतोको निधन, पार्टी र समाजमा अपूरणीय क्षति

काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को  निधन भएकाे छ । महतोको नि...

जुम्लामा ‘फायर हाइड्रेन्ट’ को सफल प्रयोग, जोगियो ठूलो क्षति

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...

एमाले महाधिवेशनअगाडि पोखरेलको फरक दस्तावेज, ओलीसँग छलफलको तयारी

काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...

४ महिनाका शिशुको हत्या आरोपमा प्रहरी असई पक्राउ

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...

विप्लव, प्रभाकर र घनश्याम सँग बलदेव आक्रमक: अन्तिममा तीनैजना ओलीकै पछि लाग्छन्

रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...

सल्यानको कोटबारामा बस दुर्घटना

सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...

राष्ट्रिय बायोग्यास कार्यक्रम कागजमै सीमित, मैदानमा प्रणाली बन्द

उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट

जेनजी आन्दोलनपछिको चुनौतीबीच पनि तनहुँ प्रशासनको सेवा निरन्तर

तनहुँ  । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...

नेपाल बैंक र क्यूरा हेल्थबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...

मतपत्रमा १०७ चिन्ह: प्रतिनिधि सभा चुनावमा ११४ दल मैदानमा

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending