Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

सरकार गठन र विघटनका शृङ्खलाले देश विकासमा अवरोध भएको छः रामशङ्कर यादव

खबरडबली संवाददाता

काठमाडौं । अहिले वैदेशिक रोजगारीमा जाने युवाको ताँती छ । युवा पलायन रोक्न देशभित्रै  रोजगारीका अवसर सिर्जना गर्न  जरुरी भएको छ । ‘आफ्नो देश छाडेर परदेश नजाऊ’ भन्न राज्यले उनीहरूलाई परिवार पाल्न सक्ने रोजगारीको व्यवस्था गर्न सक्नुपर्छ । सरकार गठन र विघटनको शृङ्खलाले देशको विकास प्रयासमा अवरोध भएको छ । जनताले राजनीतिक स्थायित्व विकास चाहेका छन् । देश र जनताको हित गर्ने राजनीतिक पार्टीलाई सत्तामा पुग्नेगरी मत दिनुपर्छ । अनिमात्र देशको विकासमा ती दलले काम गर्ने वातावरण बन्छ ।

हामीले अङ्गीकार गरेको संसदीय अभ्यास सैद्धान्तिक रूपमा मलाई ठीक लागेको छ । यद्यपि कतिपय व्यावहारिक पक्षमा अझै सुधारको खाँचो छ । सदनभित्र हामी जरुरी विषयलाई थाँती राखेर अनावश्यक कुरामा बढी केन्द्रित भएको देख्छु । सदनभित्र सांसदहरूले कानुन बनाउने विषयमा बढी ध्यान दिनुपर्छ । तर कानुन अलपत्र परेको देख्दा सांसदको नाताले आफैँलाई हीनताबोध हुन्छ । पछिल्लो निर्वाचनपछि संसद्का तीनवटा अधिवेशन बसिसके, तर संसद्बाट जम्मा चारवटा कानुन पास भयो । सांसदको काममा कमी भयो । सांसदहरूको मनोबल नै कमजोर भएको छ । सांसदले शून्य र विशेष समयमा जनताका आधारभूत कुरा राख्छन्, तर ती कार्यान्वयन हुँदैनन् ।

राजनीतिमा म पनि धेरै समयदेखि क्रियाशील छु । तैपनि पहिलोपटक प्रतिनिधिसभा सदस्य बनेको हुँ । देशका ठूला राजनीतिक दल नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०ले मुलुकका लागि जेजति गर्नुपर्ने हो त्यो गर्न सकेको देखिँदैन । देश र जनतालाई भुलेर आफ्नो स्वार्थका लागि अलि बढी काम गरेको जस्तो देखिन्छ । नेताहरूमा नैतिकता हुनुपर्छ । भ्रष्टाचार न्यूनीकरण नभएसम्म देश बन्दैन । 

राजनीति कमाउने पेसा होइन, यो समाजसेवा हो । सांसदहरूको पनि सोच अलि फरक छ । आफ्नो क्षेत्रमा बजेट लिएर जान पाए जनता खुसी हुने थिए भन्ने हरेक सांसदको सोचाइ हुन्छ । जनताले भोट दिएर जिताएका सांसदलाई विकास निर्माणको काम गर्नुपर्ने पनि जरुरी हुन्छ । जनताले विकासकै कामको आशा गर्छ । के–के विकास गर्यो त रु त्यो नै प्रश्न हुन्छ । ठूला नेता, प्रभावशाली सांसदले आफ्नो निर्वाचन क्षेत्रमा विकास निर्माणका लागि धेरै बजेट लैजाने गलत प्रवृत्ति हाबी छ ।

सिराहा जिल्ला पञ्चायती व्यवस्थादेखि नै विकास निर्माणमा पछि परेको छ । त्यहाँको मुख्य समस्या खानेपानी र सिँचाइ हो । हामीजस्ता साना सांसदको जिल्लामा बजेट नै दिइएन । यसबाट जनतामा निराशा छ । खेतीबालीका लागि उर्वर यस क्षेत्रमा सिँचाइ अभाव किसानले भोग्नुपरिरहेकै छ । तर हाम्रो कुरा सुनुवाइ भइरहेको छैन । आगामी बजेटमा सरकारले सिराहाको विकासका लागि केही गर्छ कि रु

हामी नेपाली स्वाभिमानी छौँ । सङ्घीय व्यवस्था उपयुक्त व्यवस्था हो । यो व्यवस्थालाई खराब भन्न मिल्दैन । यो व्यवस्थामा अन्याय, भ्रष्टाचार, अनियमितता रोक्न जनता नै जाग्नुपर्छ । दलीय प्रणालीमा ‘ह्वीप’ जारी हुन्छ । सांसदले समर्थन गर्न मन नभए पनि गर्नुपर्ने बाध्यता हुन्छ । संसदीय व्यवस्थामा प्रधानमन्त्री देशका लागि समर्पित हुनुपर्छ । कर्मचारी संयन्त्र पनि स्वच्छ छविको हुनुुपर्छ । अनिमात्र देशमा सुशासन प्रत्याभूत हुनसक्छ । 

सांसद रामशङ्कर यादवको परिचय 

२०१८ साल असोज १४ गते सिराहा जिल्लामा जन्भमीएका सांसद रामशङ्कर यादव नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । 

यादव २०५६ सालदेखि राजनीतिमा सक्रिय छन् । २०७८ मा एमाले केन्द्रीय सदस्य र राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य हुँदै २०७९ मङ्सिर ४ को निर्वाचनमा सिराहा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए  । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जीबी राईको हत्या भएको दाबी गर्ने डिल्लीराम खनाल पक्राउ

काठमाडौं । सहकारी घोटालामा संलग्न आरोपमा फरार गितेन्द्रबावु (जीबी) राईको ‘हत्या’ भइसकेको दाबी गर्ने डिल्लीराम खनाललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई ...

ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारेबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार रुपैयाँले बढेको हो । बुधबार...

सूचना-प्रविधिलाई 'लिडिङ फ्याक्टर' को रूपमा आत्मसात गरौँ- प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापना गरिने बताएका छन् । सा...

पत्रकार यादव मृत्यु शंकास्पद, ज्यान मार्ने धम्की आएको भन्दै प्रहरीमा १५ दिन अघि नै दिएका थिए निवेदन

जनकपुर ।  मोटरसाइकल दुर्घटनामा मृत्यु भएका पत्रकार विनयकुमार यादवको दुर्घटना शंकास्पद देखिएको छ । गत वैशाख ११ गते रेडियो धनुषाधामका सञ्चालक समेत रहेका...

घरको भित्तामा मोटरसाइकल जोत्तिदा दुई युवाको मृत्यु

काठमाडौं । चितवनको रत्ननगर नगरपालिकामा मोटरसाइकल दुर्घटनाहुँदा दुई युवाको मृत्यु भएको छ । तिब्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भई मध्यराति घरमा ...

मैथलीफिल्म ‘लेबर’ घोषणा

काठमाडौं ।  ‘इतिहास, उपलब्धि र आगामी बाटो’ भन्ने नाराकासाथ विश्वभर मानाइदै गरेको एक सय ३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर निर्देशक  पुर्णे...

धादिङमा भएको आगलागीमा वृद्ध दम्पतीको मृत्यु, गोरखामा ६ घरगोठ जले

काठमाडाैं। धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको एक घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु भएको छ ।  गएराति ७० वर्षीय ते...

डा. आयुष्नोभाको पोल्टामा ‘मिस इन्टरकन्टिनेन्टल नेपाल’को ताज

काठमाडौं । डाक्टर आयुष्नोभा ढुंगाना ‘मिस इन्टरकन्टिनेन्टल नेपाल २०२४’ घोषित भएकी छन् । बुधबार साँझ नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित ‘मिस्टर एन्ड मिस ...

सूचना प्रविधि क्षेत्रमा लगानी बढाउन सरकार दृढतापूर्वक लागेको छः मन्त्री शर्मा

काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको क्षेत्रमा लगानी वृद्धि गर्ने गरी आवश्यक नीति, कानुन र पूर्वाधार विकासका लागि...

मादी नदीमा धमाधम पुल निर्माण हुँदै

तनहुँ । मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा धमाधम पुल निर्माण भइरहेको छ ।  सवारी साधन सञ्चालन गर्न मिल्न...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies