NTC Banar
Khabar Dabali १२ चैत्र २०७९ आईतवार | 26th March, 2023 Sun

एमालेमा अझै मतभेद छ भन्नु २०० प्रतिशत झुट कुरा हो- नेम्वाङ

सुवास नेम्वाङ

घनश्याम कमरेडले तीन बुँदे फरक प्रस्ताव राखेको सहि हो । उहाँले महाधिवेशनमा पनि राख्न सक्नुहुन्छ । यो कुनै अचम्मको कुरा हो र ? पार्टीमा फर्किएका १० जना साथीहरूको माग सम्बोधन गर्न हामी निरन्तर छलफलमा छौं ।

अब एमालेभित्र कुनै विवाद छैन । पार्टीभित्र अझै मतभेद छ भन्नु १०० मा २०० प्रतिशत झुट कुरा हो । यसमा कुनै सत्यता छैन । मिडियाका साथीहरूसँग मेरा केही जिज्ञासा छन् । हिजो हामीले केन्द्रीय कमिटी भंग गरेर केन्द्रीय आयोजक कमिटी बनाएका थियौँ होइन ? त्यो आयोजक कमिटी फेरि भंग गरेर पुरानै केन्द्रीय कमिटी पुर्नस्थापित गरियो कि गरिएन ? यी निर्णय पार्टीभित्रको विवाद मिलाउन र एकताबद्ध बनाउन अगाडि बढाइएको कदम होइन र ? पुराना सबै उपाध्यक्षलाई पुर्नस्थापित गरियो कि गरिएन ? त्यसपछि १० बुँदे सहमतिलाई स्थायी कमिटी र केन्द्रीय कमिटीबाट अनुमोदन गरियो । बैठकले अनुमोदन मात्रै होइन, त्यसलाई कार्यान्वयनमा लैजाने घोषणासमेत गर्‍यो । घोषणा मात्र होइन कार्यान्वयनको सवालमा कहाँ-कहाँ बाधा-व्यबधान छ, त्यसलाई समाधान गरी कार्यान्वयन गर्न देशैभर ७ प्रदेशमा सहजकर्ताहरू खटिएका छन् । यसलाई थप प्रष्ट पारी कार्यान्वयनलाई मजबुद बनाउन सोमबार बसेको स्थायी कमिटी बैठकले भीम रावल नेतृत्वको कार्यदललाई विस्तार गरी समस्या समाधानको निचोड निकाल्न निर्देशन दिइएको छ ।

यसै विषयमा अझ सहज बनाउन सोमबार राति अबेरसम्म गृहकार्य गरेका छौं । कतिपय मिडियाका साथीहरूले पार्टीभित्रका बहस र छलफललाई नेगेटिभ ढंगले प्रस्तुत गर्ने काम गरेका छन् । त्यो दुःखको कुरा हो । मिडियाका साथीहरूले कतिसम्म गरे भने आइतबार केन्द्रीय कमिटीमा छलफल गर्दा १० बुँदे कार्यान्वयन पक्षका नेताहरूलाई जिम्मेवारी दिइएन भन्ने आलोचना भयो । १० बुँदे कार्यान्वयनका लागि भीम रावलको नेतृत्वमा कार्यदल बनाउँदासमेत प्रश्न उठाउनु पूर्वाग्रही बाहेक केही होइन ।

प्रदेश १ को १४ जिल्ला मध्ये १२ जिल्लामा वडा तहमै विवाद समाधान भइसकेको छ । बाँकी सुनसरी र ताप्लेजुङमा छलफल जारी छ । यो ढंगले काम भएको छ । तरपनि मिडियामा विवाद ज्युँकात्यूँ रहेको भन्दै समाचार प्रस्तुत हुन्छ । एक दुई ठाउँमा देखिएको विवादलाई सबैतिर विवाद छ भन्न त मिल्दैन नि ? तेस्रो पक्षलाई नेतृत्वले झुक्यायो । १० बुँदे कार्यान्वयन गरेन भन्ने जस्ता नेगेटिभ समाचार प्रस्ततु गर्न त भएन नि ।

जहाँसम्म तपाईँले राजनीतिक प्रतिवेदन र संगठनात्मक संरचनाको विषयमा नेता घनश्यामको असहमति छ भन्ने कुरा उठाउनु भयो । प्रजातान्त्रिक पार्टीमा यो के अचम्म भयो र ? घनश्याम कमरेडले तीन बुँदे फरक प्रस्ताव राखेको सहि हो । उहाँले महाधिवेशनमा पनि राख्न सक्नुहुन्छ । यो कुनै अचम्मको कुरा हो र ? पार्टीमा फर्किएका १० जना साथीहरूको माग सम्बोधन गर्न हामी निरन्तर छलफलमा छौं ।

उहाँहरूकै माग सम्बोधन गर्न सोमबार स्थायी कमिटी बैठक राखिएको होइन ? राति अबेरसम्म छलफल गरेका छौं । अब पार्टीभित्र कुनै विवाद छैन । पार्टीको नीति र प्रकृयागतरुपमा अब छलफल अगाडि बढ्छ । भएका केहि समस्या समेत स्थायी कमिटी बैठकले टुंगोमा पुर्‍याउने आधार तय गरेको छ ।
(नेम्वाङ पूर्वसभामुख एवं एमाले संसदीय दलका उपनेता हुन्)

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बायर्नको मुख्य प्रशिक्षकमा टुचेल नियुक्त

काठमाडौं। जर्मन क्लब बायर्न म्युनिखले जुलियन नागेल्समनलाई बर्खास्त गरेर नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेको छ।बायर्नले मुख्य प्रशिक्षकमा ४९ वर्षीय जर्म...

आजदेखि मिथिलामा वासन्ती छठ पर्व सुरु

महोत्तरी। मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ (बोलिचालीमा चैती छठ) पर्वको विधि आज सुरु भएको छ। चैत शुक्ल चतुर्थी (चौथी)देखि सप्तमीसम्म च...

कोशी प्रदेश नामाकरण विवाद : चैत ५ को घटनाबारे छानविन गर्न समिति गठन गरिने

काठमाडौं । कोशी प्रदेश नामाकरण विवादपछि चैत ५ गते भएको घटनाको छानविन गर्न सरकारले समिति गठन गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को...

कस्तो छ उपमहासचिव पुनको स्वास्थ्य अवस्था ?

काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा सुधार आएको छ । जटिल प्रकारको वंशाणुगत जन्डिसबाट पीडित उनी रोग बल्झिएपछि गत फागुन १ दे...

सुर्खेत उडेको बुद्दको जहाजमा समस्या आएपछि काठमाडौंमा अवतरण

काठमाडौं । काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि उडेको केही समयमै अवतरण गरेको छ ।   शनिबार बिहान बुद्ध एयरको यु–४१३३ ...

जनयुद्दका ८ हजार बढी शहिदको नाम राजपत्रमा प्रकाशित (हेर्नुहोस् नामावली)

काठमाडौं। नेपाल सरकारको मन्त्रिपरिषद बैठकले निर्णय गरेअनुरूप सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने सहिदहरूको नामावली नेपाल राजपत्रमा ...

आजको मौसम –मेघ गर्जन सहित हल्का वर्षा

काठमाडौं । हाल देशका विभिन्न क्षेत्रमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पनि देशको प...

युवामाथि सिंगो राष्ट्रको भरोसा छ : प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवामाथि सिंगो राष्ट्रको आशा र भरोसा रहेको बताएका छन्। टुँडिखेलमा आज आयोजित राष्ट्रिय सेवा दलद्वारा...

राष्ट्रपति भण्डारीद्वारा अस्पतालको नवनिर्मित भवन उद्घाटन

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले बागमती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा अस्पतालको नवनिर्मित  भवनको आज उद्घाटन गर्नुभएको छ । यहाँ आयोज...

गैँडाको आक्रमणबाट मृत्यु

काठमाडौं । पूर्वी चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नं ९ का ६० वर्षीय चन्द्रबहादुर तामाङ छन् । ...

अरु धेरै
Dish home detelpage

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Dish home detel page1 Salt Trending Detail Page