Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

डा. सूर्यराज आचार्यको यात्रा अनुभव : नौबिसे–नागढुङ्गा सडक खण्डमा किन हुन्छ घण्टौं सवारी जाम ?

खबरडबली संवाददाता

धादिङ । नेपालीहरुको महान चाड बडा दशैं घर आगन नजिकै आइपुग्दा राजधानी काठमाडौंबाट आफ्ना घर जानेहरु निकै चटारिएका छन् ।

वर्षभरी कामको बोझ, विश्वव्यापी महामारीबाट त्रसिद मानसिकतासंगै केही समय घरपरिवारसंग भेटघाट अनि रमाइलो पल साँटासाट गर्न देशभरबाट राजधानी आएका नागरिकहरु यतिबेला दशैं किनमेल र घर जानका लागि टिकट बुकिङमा व्यस्त छन् । सरकारले एक साता अघि नै यस वर्षको टिकट बुकिङ खुल्ला गरिसकेको छ ।

 विभिन्न कामको शिलशिलामा राजधानी आइ बसोबास गरेका नागरिकहरु दर्शैको खुशीसंगै वर्षातले भस्ताएको सडक मार्ग, साँघुरा, घुम्ति सडक त्यसमाथि क्षमता भन्दा सवारीसाधनको चाप छिचोल्दै घर जानुपर्ने बाध्यताले चिन्तित रहेका छन् । 

राजधानी भित्रिने र बाहिरिने प्रमुख नाका नागढुङ्गा–नौविसे सडक खण्डमा दिनहुँ जस्तो हुने जामबाट यात्रुहरु हैरानी भएका छन् । सडक क्षमता भन्दा अत्याधिक सवारी साधन र ठुला मालबहाक गाडिका कारण यात्रुहरु घण्टौं जाममा बस्नु पर्ने बाध्यता छन् । वर्षौं देखिको समस्या भएतापनि सरकारले उचित व्यवस्थापन गर्न सकेको छैन । 

सडकमा न कुनै सवारी दुर्घटना, न पहिरो, न कुनै निर्माणका कार्य तै पनि घण्टौं सवारी जाम हुँदा ट्राफिक व्यवस्था अस्तव्यस्त हुने गरेको छ । दुई साता अघि मात्र नौबिसे–नागढुङ्गा सडक खण्डमा झण्डै २० घण्टा सवारी जाम हुँदा धादिङतर्फ गल्छिसम्म ट्राफिक अवस्था अस्तव्यस्त भएको थियो । 

यस्तै, शनिबार लामो सवारी जामको चपेटामा परेका छन्, नेपाल सरकरका एकजना पूर्वाधार अध्येता (विज्ञ) डा. सूर्यराज आचार्य । उनीलाई नौबिसेबाट–थानकोट आईपुग्न झण्डै २ घन्टा लागेको छ । नेपालकै पहिलो मूख्य राजमार्गमा भएको सास्तीबारे नेपाल प्रहरीको मूख्यालयलाई ट्याग गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘बाटोमा कुनै ट्रक बिग्रेर हैन। लामो साईजका ट्रक/ट्रेलरले गर्दा घुम्तिमा हुने जामक‍ो कारण यस्तो समस्य भएको छ ।’

डा. आचार्यले काठमाडौंबाट बाहिर जाने लामो साईजका ट्रकका लागि ट्राफिक चाप कम हुने समय तोक्दा यो समस्या अलि कम हुन्थ्यो कि भनि प्रश्न गरेका छन् । 

यस्तो छ आचार्यको अनुभव:

‘नौविसेबाट–थानकोट आईपुग्न झण्डै २ घन्टा लाग्यो। बाटोमा कुनै ट्रक बिग्रेर हैन। लामो साईजका ट्रक/ट्रेलरले गर्दा घुम्तिमा हुने जामक‍ो कारण। काठमाडौंबाट बाहिर जाने लामो साईजका ट्रकका लागि ट्राफिक चाप कम हुने समय तोक्दा यो समस्या अलि कम हुन्थ्यो कि ?’

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मुख्यमन्त्री लामासँग वार्ता- प्रदेश सरकार खर्चिलो भयो भने कुरामा म सहमत छैन

हेटौँडा । विभिन्न आन्दोलन तथा सङ्घर्षबाट मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कार्यान्वयनमा आएको छ । जनताबाट निर्वाचित प्रतिनिधिले ...

सहुलियत मूल्य पसल : हुम्लामा खाद्यान्नमा प्रतिकेजी रु पाँच छुट

सिमकोट । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाले असोज ६ गतेदेखि प्रतिकेजी रु पाँच छुटमा खाद्यान्न बिक्री गर्ने भएको छ । हि...

प्यालेस्टिनी भूभागबाट इजरायल हट्नुपर्ने प्रस्ताव राष्ट्रसंघीय महासभाबाट पारित, नेपाल तटस्थ

काठमाडौं । एक वर्षभित्र पूर्वी जेरुसलेमसहित अधीनस्थ प्यालेस्टिनी भूभागमा इजरेलको "अवैधानिक उपस्थिति" अन्त्य गर्नुपर्ने माग गरिएको प्रस्ताव संयुक्त राष...

‘मलाई पुर्न खनेको खाल्डोमा कांग्रेस खस्यो, एमाले फस्यो’

अस्तिसम्म हामीसँग प्रमाण छ भन्नेहरू अहिले पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नुपरेको छ । सहकारीको पैसा लियो र खायो भन्नेहरूले सहकारीको पैसा लिएको चैँ ...

सरकारलाई रविन्द मिश्रको प्रस्ताव- दरबार मार्गको नाम प्रचण्ड मार्ग राखौं

अरूले जति फुर्ति लगाए पनि यो संविधानको केन्द्रमा प्रचण्ड छन्

सहकारी ठगीमा रवि लामिछानेको संलग्नता नदेखिएको प्रतिवेदन आएको छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगीमा नदेखिएको दाबी गरेका छन् । प्राइम टिभीमा दिएको अ...

‘ओलीलाई संविधान कार्यान्वयन गर्न मन नभएर संशोधन भन्दैछन्’ (अन्तर्वार्ता)

‘म अहिले देशभरि घुमें, जनतामा माओवादीप्रति सहानुभूतिको लहर छ’

देशभर मनसुनी वायुको प्रभाव कायम, मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्व...

उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो

करोडौँ लगानीमा खुलेका होटल सुनसान

१० दिनका लागि प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका

काठमाडौं । प्रधानमन्त्री केपी शर्माओली संयुक्तराज्य अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy