हेटौंडा । वाग्मती प्रदेश सरकारले विद्युतीय बस खरिदका लागि पुन: अन्तराष्ट्रिय बोलपत्र आह्वान गर्ने भएको छ । प्रादेशिक भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्थापन बोर्डमार्फत सरकारले सो बोलपत्र आह्वान गर्न लागेको हो ।
बोर्डले २०७७ चैत १८ मा विद्युतीय बस खरिदका लागि आह्वान गरेको बोलपत्र रद्द गरी पुन: बोलपत्र गर्ने तयारी थालेको निर्देशक जगदीश ढुङ्गानाले जानकारी दिए । उनका अनुसार मन्त्रालयले बस खरिदका लागि अध्ययन गरी तयार परेको लागत अनुमानभन्दा बढी रकमको बोलपत्र परेकाले सो बोलपत्र रद्द गर्नुपरेको थियो ।
लागत अनुमानभन्दा २९दशमलव८३ प्रतिशत बढीको प्रस्ताव बोलपत्रदाताले पेस गरेका कारण रद्द गर्नु परेको निर्देशक ढुङ्गानाको भनाइ थियो । यसका लागि आवश्यक सम्पूर्ण कागजी प्रक्रिया सम्पन्न गरी दसैँ अगाडि नै बोलपत्र आह्वान गर्न मन्त्रालयसँग सहकार्य भइरहेको छ । पहिले नै आह्वान गरिएको लागत मूल्यमा ३० विद्युतीय बस र १५ चार्जर खरिदका लागि ग्लोबल टेन्डर आह्वान गरिने उहाँले जानकारी दिए ।
हालै मन्त्रालयमा भएको सचिवको हेरफेरले यो काम केही दिन पर सरेकामा अब केही दिनमै बोर्डको बैठक बसेर निर्णय हुने र प्रक्रिया सुरु गरिने निर्देशक ढुङ्गानाले बताए ।
बस सञ्चालनका लागि आवश्यक चार्जिङ स्टेशन निर्माणको प्रक्रियासमेत अघि बढाइनाका साथै मन्त्रालय र बोर्डका प्रतिनिधिले संयुक्त रूपमा विभिन्न जिल्लाको स्थलगत अवलोकन गरेका थिए । बस सञ्चालन हुने मार्गका केही स्थानमा चार्जिङ स्टेशन निर्माण प्रक्रिया सुरु गरिएकोे छ । बोर्डले काठमाडौंको गोङ्गबु बसपार्क, हेटौंडा बसपार्क, भरतपुरको पारस बसपार्क, धादिङको गजुरी, काभ्रेको धुलिखेल र नुवाकोटको बट्टार तथा विदुर बसपार्कमा चार्जिङ स्टेशन निर्माण प्रक्रिया अघि बढाएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २२ गते, २०८२ - ०८:४३
चितवन । चितवन–३ मा जारी मतगणनामा रास्वपाकी सोविता गौतमको अग्रता देखिएको छ । उनले २ हजार २५ मत ल्याएकी छन् । नेकपाकी रेनु दाहालको १ हजार १० मत छ । न...
फाल्गुन २२ गते, २०८२ - ०८:४१
काठमाडौं । भक्तपुर–२ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्रीको अग्रता देखिएको छ । बिहान ८ः२० बजेसम्ममा मध्यपुर–१ मा भएक...
फाल्गुन २२ गते, २०८२ - ०८:३७
काठमाडौं । कालीकोटमा नेकपाका उम्मेदवार महेन्द्रबहादुर शाहीले सुरुवाती अग्रता लिएका छन्। प्रारम्भिक मतपरिणामअनुसार शाहीले १ हजार २६७ मत प्राप्त गरेक...
फाल्गुन २२ गते, २०८२ - ०८:३४
काठमाडौं । रुकुमपूर्वको प्रारम्भिक मतगणना अनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले फराकिलो मतान्तरले अग्रता लिएका छन...
फाल्गुन २२ गते, २०८२ - ०८:२८
काठमाडौं । काठमाडौं क्षेत्र– ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार १ हजारभन्दा बढी मतले अग्र स्थानमा छन्। शुक्रबार बिहान ९ः४५ बजे सम्ममा ११ ह...
फाल्गुन २२ गते, २०८२ - ०८:१२
कञ्चनपुर । कञ्चनपुर क्षेत्र–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपकराज बोहराले अग्रता लिएका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्म...
फाल्गुन २२ गते, २०८२ - ०८:१०
दमौली । तनहुँ क्षेत्र–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । उक्त पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले एक हजार ३५२ मतका साथ अग्रता लि...
फाल्गुन २२ गते, २०८२ - ०८:०७
रसुवा । रसुवामा मतगणना प्रारम्भ भएको छ । पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यले अग्रता लिनुभएको छ । निर्वाचन अधिकृतको कार्य...
फाल्गुन २२ गते, २०८२ - ०८:०४
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ मा रास्वपाका मनिष झाले फराकिलो अग्रता कायम गरेका छन्। झाले ४ हजार ३२४ मत प्राप्त गर्दा विमल...
फाल्गुन २२ गते, २०८२ - ०७:४५
काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत भक्तपुर क्षेत्र नम्बर १ को मतगणना जारी रहेको छ । पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्...



प्रतिकृया लेख्नुहोस्: