काठमाडौं । २०५२ सालमा राजसंस्था विरुद्ध १० वर्ष सशस्त्र युद्धमा होमिएका नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्यले पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ ढंगले सोचे सहकार्य गर्न तयार रहेको बताएका छन् ।
एक टेलिभिजनमा हालै दिएका अन्र्तवार्तामा उनले अहिले मुलुकमा राजा नभए पनि राजावादी शक्ति कायमै रहेको भन्दै मुलुकको सार्वभौम सत्ता राष्ट्रिय अखण्डताको रक्षाका निम्ति पूर्वराजासंग सहकार्य हुनसक्ने बताए ।
नयाँ ढंगले भनेको के हो भन्ने प्रश्नको जवाफमा उनले भने, ‘राजा नयाँ ढंगले अगाडि बढ्न तयार छन् भने हामी त्यहि पूर्वाग्रहमा किन बस्ने ?’ ‘यदि उहाँ नयाँ परिस्थिति अनुसार अगाडि बढ्न चाहनुहुन्छ, साच्चै देशरको रक्षा गर्ने हो भने उहाँसंग सहकार्य गर्न तयार छौं,’ उनले थप स्पष्ट पार्दै भने, ‘देशको रक्षा संसदवादी दलहरुबाट हुँदैन । त्यसका लागि शाहले सबै क्रान्तिकारी शक्तिहरुसंग सहकार्य गरी अगाडि बढ्न चाहनु पर्छ ।’ कम्मोडियामा पनि कम्युनिष्टहरुसंग मिलेर राष्ट्रिय स्वाधिनताको रक्षा भएको उदाहरण दिदै उनले भने, ‘तपाईँ साच्चिकै नरोद्दम सिंहानुक बन्न तयार हो ? पुराना सामन्ति सोच त्याग्नोस् । श्रीपेचबारे बसेर सल्लाह गरौंला ।’
राजावादीहरुले कम्युनिष्टहरु कामै लाग्दैन, सहकार्य गर्नै हुन्न भन्नु पनि गलत भएको उनले टिप्पणी गरे । अहिलेको परिस्थितिमा पुरानो राजसंस्था पुर्नस्थापना गर्नुभन्दा पनि समयानुकुल बदलिन सक्नु पर्ने बताए ।
उनले राष्ट्रिय स्वाधिनताको रक्षाका निम्ति सबै एक ठाउँमा आउनुको विकल्प नभएको बताए । ‘लिपु लेक, कालापनि फर्काउने कि नफर्काउने ? एमसीसी खारेज गर्ने कि नगर्ने ? अहिले कतिपय अवस्थामा एक ठाउँमा आउने वातारवण बनेको छ । त्यो राम्रो कुरा हो । राजावादीहरुले पुरानै अवस्थाबाट पूर्वाग्रह राख्नु हुँदैन । हामी पनि राख्दैनौं । त्यसका लागि कम्युनिष्टहरुले पनि पुराना विचारलाई परिमार्जन गर्नुपर्छ’, उनले भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: