काठमाडौं । २०५२ सालमा राजसंस्था विरुद्ध १० वर्ष सशस्त्र युद्धमा होमिएका नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्यले पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ ढंगले सोचे सहकार्य गर्न तयार रहेको बताएका छन् ।
एक टेलिभिजनमा हालै दिएका अन्र्तवार्तामा उनले अहिले मुलुकमा राजा नभए पनि राजावादी शक्ति कायमै रहेको भन्दै मुलुकको सार्वभौम सत्ता राष्ट्रिय अखण्डताको रक्षाका निम्ति पूर्वराजासंग सहकार्य हुनसक्ने बताए ।
नयाँ ढंगले भनेको के हो भन्ने प्रश्नको जवाफमा उनले भने, ‘राजा नयाँ ढंगले अगाडि बढ्न तयार छन् भने हामी त्यहि पूर्वाग्रहमा किन बस्ने ?’ ‘यदि उहाँ नयाँ परिस्थिति अनुसार अगाडि बढ्न चाहनुहुन्छ, साच्चै देशरको रक्षा गर्ने हो भने उहाँसंग सहकार्य गर्न तयार छौं,’ उनले थप स्पष्ट पार्दै भने, ‘देशको रक्षा संसदवादी दलहरुबाट हुँदैन । त्यसका लागि शाहले सबै क्रान्तिकारी शक्तिहरुसंग सहकार्य गरी अगाडि बढ्न चाहनु पर्छ ।’ कम्मोडियामा पनि कम्युनिष्टहरुसंग मिलेर राष्ट्रिय स्वाधिनताको रक्षा भएको उदाहरण दिदै उनले भने, ‘तपाईँ साच्चिकै नरोद्दम सिंहानुक बन्न तयार हो ? पुराना सामन्ति सोच त्याग्नोस् । श्रीपेचबारे बसेर सल्लाह गरौंला ।’
राजावादीहरुले कम्युनिष्टहरु कामै लाग्दैन, सहकार्य गर्नै हुन्न भन्नु पनि गलत भएको उनले टिप्पणी गरे । अहिलेको परिस्थितिमा पुरानो राजसंस्था पुर्नस्थापना गर्नुभन्दा पनि समयानुकुल बदलिन सक्नु पर्ने बताए ।
उनले राष्ट्रिय स्वाधिनताको रक्षाका निम्ति सबै एक ठाउँमा आउनुको विकल्प नभएको बताए । ‘लिपु लेक, कालापनि फर्काउने कि नफर्काउने ? एमसीसी खारेज गर्ने कि नगर्ने ? अहिले कतिपय अवस्थामा एक ठाउँमा आउने वातारवण बनेको छ । त्यो राम्रो कुरा हो । राजावादीहरुले पुरानै अवस्थाबाट पूर्वाग्रह राख्नु हुँदैन । हामी पनि राख्दैनौं । त्यसका लागि कम्युनिष्टहरुले पनि पुराना विचारलाई परिमार्जन गर्नुपर्छ’, उनले भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: