Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

ए डिभिजन’ राष्ट्रिय फुटसल लिग : सविन, ढुकु र शङ्खमूलको जीत

रासस

काठमाडौं । अभिनाश तामाङको दोहोरो ह्याट्रिकसँगै घरेलु टोली सविन मेमोरियलले पोखरामा जारी ‘ए डिभिजन’ राष्ट्रिय फुटसल लिगमा महत्वपूर्ण जीत दर्ता गरेको छ । पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आज भएको प्रतिस्पर्धामा सविन मेमेरियलले प्रभातफेरी युथ क्लबमाथि ८–४ गोल अन्तरको जीत निकालेको हो ।

जीतसँगै आठ खेलबाट १३ अङ्क जोडेको सविनको ‘प्ले अफ’मा पुग्ने सम्भावनासमेत कायमै राखेको छ । समान खेलबाट प्रभातफेरीको भने सात अङ्क मात्र छ । तामाङले पहिलो हाफको पाँचौँ मिनेटमा गोल गर्दै अग्रता दिलाएकामा १२औँ मिनेटमा दुई गोल गर्दै पहिलो ह्याटिक गरे ।

यसैगरी दोस्रो हाफको २२औँ र २३औँ तथा ३०औँ मिनेटमा गोल गर्दै दोस्रो ह्याट्रिक पूरा गरेको थियो । लिगको एकै खेलमा दोहोरो ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका तामाङ लिगकै सर्वाधिक गोलकर्ता खेलाडीको सूचीमा रहेका छन् । उनले हालसम्म १८ गोल गर्नुभएको छ । सविनका मनोज गुरुङले दुई गोल गरेका थिए।

प्रभातफेरीका डोना थापाले दुई तथा एक्लेस कार्की र नवीन लामाले एकरएक गोल गरे । यसैगरी ढुकु फुटसल केन्द्र र मछिन्द्र स्काइ गोल्सका बीचको खेलमा ढुकु फुटसल विजयी भएको छ । ढुकुले मछिन्द्रलाई ७–५ गोल अन्तरले पराजित गर्न सफल भयो ।
 
ढुकुको जीतमा विक्रान्त नरसिंह रानाले चार, उरकेन शेर्पा र प्रसिद्ध मगरले एक/एक गोल गर्नुभयो । मछिन्द्रका लागि अमित तामाङले दुई तथा मनोज राई, आशिष सुनम र कप्तान संजोग चाम्लिङले समान एक/एक गोल गरे । अन्तिम खेलमा शङ्खमूल फुटसलले झरना फुटसललाई ७–० को फराकिलो गोल अन्तरले पाखा लगायो । शङ्खमूलका जेनिस प्रजापतिले ह्याट्रिक गरे । योगेश श्रेष्ठ, सविन खड्का, आरजु सिंह र क्रिजल खड्काले समान एकरएक गोल गरेका थिए । 

अखिल नेपाल फुटबल सङ्घ(एन्फा)ले देशमै पहिलोपटक फुटसल लिगको आयोजना गरेको हो । असोज २ गतेदेखि सञ्चालन भइरहेको लिग आगामी असोज २२ गतेसम्म जारी रहनेछ । लिगको विजेताले रु १० लाख तथा उपविजेताले रु पाँच लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । लिगको उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र उदीयमान खेलाडीले जनही रु २५ हजारका दरले पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मिथिला मध्यमा परिक्रमाको महोत्तरी यात्रा पूरा, यात्री धनुषा प्रस्थान

महोत्तरी । मिथिला मध्यमा परिक्रमाका यात्रीले महोत्तरी जिल्लाको यात्रा पूरा गरेका छन् । जिल्लाको भङ्गाहा–९ कञ्चनवनमा आठौँ दिनको रात्रिबास गरेका यात्री ...

झापामा बालेनको भीड सिद्धिसक्यो, भरसक एमालेको बहुमत नै आउँछ : ओली

प्रधानमन्त्री हुनु बाहेक मैले के अपराध गरेँ ? मैले गोली चलाएको हो र ?

पूर्वराजाको सन्देशपछि चुनावविरोधी समूह सक्रिय

दुर्गा प्रसाईंका सहयोगीदेखि शाही युवा शक्तिसम्म प्रहरी निगरानीमा

मङ्गल ग्रहको साटो चन्द्रमामा बसाउन लागिएको इलोन मस्कको ‘आत्मनिर्भर सहर’

काठमाडौं । चन्द्रमामा १० वर्षभित्रै एउटा 'आत्मनिर्भर सहर' बसाउन सकिन्छ - इलोन मस्कले हालै घोषणा गरेको योजनाले त्यसो भन्छ। एक्स, टेस्ला र स्...

दुई पालिका प्रमुख र एक उपप्रमुखलाई जसपा नेपालको कारबाही

जलेश्वर । जनता समाजवादी पार्टी (जसपा) नेपालले महोत्तरीका दुई पालिका प्रमुख र एक उपप्रमुखलाई कारबाही गरेको छ ।  आसन्न प्रतिनिधिसभा निर्वाचनमा महोत्त...

उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कर्णाली प्रदेशलगायत देशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ र बाँकी भूभ...

मतदाताको गुनासो- चुनावमा बाचा गर्छन्, जितेपछि बिर्सन्छन्

सुदूरपश्चिम । “चुनावका बेला आकर्षक नारा दिएर जनतालाई फकाउँछन्, चुनाव जितेपछि वाचा बिर्सन्छन्, यसपालि समस्या समाधान गर्नसक्ने उम्मेदवारलाई मत दिन्छु”, ...

मिथिला माध्यमिकी परिक्रमा: कञ्चनवन पुगेर होली खेलियो

धनुषा । मिथिलाको महाकुम्भ मिथिला माध्यमिक परिक्रमाअन्तर्गत सोमबार श्रद्धालु महोत्तरीको कञ्चनवन पुगेर रङ–अबिर साटासाट गर्दै हर्षोल्लासका साथ होली मनाएक...

गौरको सबगढामा सदभाव भड्काउने २२ जनाविरुद्ध मुद्दा

रौतहट ।  रौतहटको गौर नगरपालिका–६ सबगढामा सदभाव भड्काउने अभियोगमा २२ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । गत बिहीबार एउटा विवाहमा भएको दुई समुदायबीचको वि...

वडा वडामा मतदाता शिक्षा

मोरङ । आसन्न प्रतिनिधिसभा सदस्यका लागि फागुन २१ गते हुने निर्वाचनमा मोरङका गाउँगाउँमा चुनावी वातावरण बन्दै गएको छ । जिल्लाका १५६ वटै वडामा मतदाता शिक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE