Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

विशेष सुरक्षा योजनाः अपराध नियमन तथा नियन्त्रणमा प्रहरी

खबरडबली संवाददाता

वीरगञ्ज । बडादशैँ, तिहार, छठलगायतका विविध चाडपर्वलाई लक्ष्य गरी पर्सा प्रहरीले विशेष सुरक्षा योजना अघि बढाएको छ । 

चाडपर्वका बेला हुनसक्ने सम्भावित आपराधिक क्रियाकलाप र सुरक्षा जोखिमलाई मध्यनगर गर्दै विशेष सुरक्षा योजना अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए।

प्रहरीले यतिबेला सम्भावित सुरक्षा दबाब तथा जोखिमलाई मध्यनगर गरी अख्तियार गरिने सुरक्षा रणनीति तथा प्रहरी कारबाही, ड्युटी परिचालनदेखि ट्राफिक व्यवस्थापनसम्मको योजना सुरु गरेको हो । आवश्यकतानुसार प्रहरी जाँचलाई बढाइएको छ । प्रहरी परिचालन र सक्रियतालाई अधिकतम वृद्धि गरी अपराधजन्य घटना हुने स्थान र आपराधिक व्यक्तिका हर्कतउपर निरन्तर निगरानी जारी राखेको प्रहरीले जनाएको छ ।

त्यसअनुसार वीरगञ्ज महानगरपालिकाको मुख्य बजार माईस्थान रोड, आदर्शनगर, घण्टाघर, बसपार्कलगायतका स्थानमा रहेको स्थायी बजारलाई अव्यवस्थित हुन नदिन चौबीसै घण्टा जुनियर प्रहरी अधिकृतको कमाण्डमा ड्युटी खटाइएको हो । 

दशैँ–तिहारलाई लक्ष्य गरी सर्वसाधारणले लत्ता कपडा, खाद्य वस्तुलगायत विभिन्न सामग्री ठूलो मात्रामा खरिद बिक्री हुने हुनाले बजार क्षेत्रमा सम्बन्धित प्रहरी एकाइबाट आवश्यकतानुसार सादा पोशाक, मोबाइल, पदैल गस्ती तथा पिकेटसमेत खटाइएको छ । जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी कालोबजारी नियन्त्रण तथा बजार अनुगमन गर्न अनुगमन टोली पठाइने छ । भीडभाडको मौका छोपी हुनसक्ने स्न्याचिङ  र बैंक तथा वित्तीय संस्थामा हुनसक्ने लुटपाटलाई नियमन तथा नियन्त्रण गर्न सादा पोशाकका प्रहरी खटाइएको हो ।

यसैगरी बैंक तथा वित्तीय संस्थामा तथा रकम भुक्तानी लिई आउने सेवाग्राहीलाई पिछा गरी लुटपाट, चोरी तथा ठगी हुनसक्ने सम्भावनालाई ध्यान दिई सचेत हुन आग्रह गर्ने, बैंक तथा वित्तीय संस्था भएका स्थानमा निरन्तर निगरानीमा राख्नाका साथै त्यस्ता स्थानमा प्रहरी गस्ती बढाइएको छ ।

प्रहरी नायब निरीक्षकको कमाण्डमा सिसीटिभीजडित बजार तथा क्षेत्रका गतिविधि जिल्लास्थित सिसीटिभी कक्षबाट निरन्तर अवलोकन गरिएको छ भने कुनै पनि घटना घटाई भाग्न सक्ने अवस्थालाई मध्यनजर गरी मूलबजार ९घण्टाघर, माईस्थान, आदर्शनगर०मा प्रहरी हवल्दारको कमाण्डमा तीन टोली खटाइएको हो । सुरक्षित वीरगञ्जअन्तर्गत रहेका सिसीटिभीबाहेक अन्य व्यवसायी तथा सङ्घसंस्थाले राखेका सिसीटिभीको समेत अभिलेख तयार गरी आवश्यकतानुसार घटनाको अनुसन्धान गर्ने योजना बनाइएको प्रहरीले जनाएको छ । 

यात्रुसँग तोकिएभन्दा बढी भाडा असुल गर्ने, क्षमताभन्दा बढी यात्रु चढाउने सवारी चालक, सहचालक तथा टिकट काउण्टरलाई कारबाही गर्ने प्रहरीले जनाएको छ । चाडपर्वमा हुने हर्ष उल्लासको माहोल, भीडभाड तथा साविकभन्दा बढी हुने आर्थिक कारोबारको फाइा उठाउँदै चोरी, लुटपाट, पाकेटमारीजस्ता घटना घटाउने अपराधीसमेत सीमापारिबाट नेपाल आउनसक्ने हुनाले सीमावर्ती प्रहरी एकाइले भारतीय प्रहरीसँग समन्वय गरी त्यस्ता व्यक्तिको पहिचान गर्नाका साथै निरन्तर जाँच गर्ने तथा शङ्कास्पद व्यक्तिलाई प्रवेश गर्न नदिने व्यवस्था मिलाएको छ ।

भारतबाट आउने नेपाली यात्रुलाई सीमामा अनावश्यक दुःख नहोस् भन्ने हेतुले भारतीय सुरक्षाकर्मी र सरोकारवाला पक्षसँग उचित समन्वय गरी अनुकूल वातावरण सिर्जना गर्ने, प्रहरी कर्मचारीको बिदा कटौती गर्ने तथा सबै प्रहरी कर्मचारीलाई तयारी अवस्थामा राखेको जनाइएको छ । यसैगरी अवैध मदिरा भट्टी नष्ट गर्ने, जुवातास, कौडा, झण्डीबुर्जा (खडखडे) हुन नदिने र हुने स्थानमा छापामारी गर्ने शान्ति सुरक्षमा खलल पुग्ने तथा सुरक्षा जोखिम बढाउने कुनै पनि कानुनविपरीत कार्यमा संलग्नलाई कडाइका साथ कारबाही गरिने प्रहरीले जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इनिसा विकको बलपूर्वक यौनसम्पर्कले मृत्यु

सुर्खेत । गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई वीरेन्द्रनगर–१ बस्दै आएकी १६ वर्षीया इनिसा विकको मृत्यु यौनांगको भित्री भाग च्यातिएर अत्यधिक रक्त...

निर्वाचनले देशको राजनीतिक अन्यौलतालाई केही हदसम्म कम गरेको छ : अष्टलक्ष्मी शाक्य

काठमाडौं । नेकपा एमालेकी नेतृ तथा बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले हालै सम्पन्न निर्वाचनले देशको राजनीतिक अन्यौलतालाई केही हदसम्म...

इनिशा विकका बुवा दुबईबाट सुर्खेत आइपुगे, न्याय नपाए शव नबुझ्ने

सुर्खेत । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिशा विकका बुवा इन्द्रबहादुर विक सुर्खेत आइपुगेका छन्। छोरीको हत्या भएको खबर पाएपछि उनी रोजगारीका लागि दु...

बढ्न थाल्यो सहरी क्षेत्रमा तापक्रम

काठमाडौँ । देशका विभिन्न सहरमा यही फागुन २६ देखि २८ गतेसम्म अधिकांश स्थानमा अधिकतम तापक्रम क्रमश: बढ्दै गएको देखिन्छ । जल तथा मौसम विज्ञान विभागको तथ्...

बैठकमा बोल्दै गर्दा ढलेका एमालेका केन्द्रीय सदस्य कृष्ण थापाको निधन

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की ईन्चार्ज कृष्ण थापाको निधन भएको छ। बिहीबार जिल्ला कमिटीको बैठकमा बोल्दै गर्दा उनी ढलेका थिए। उन...

क्रोसियामा दुर्घटनामा परेका विकको शव ल्याउन ढिलाइ

सल्यान। वैदेशिक रोजगारीका क्रममा क्रोसियामा सवारी दुर्घटनामा परी निधन भएका सल्यानका एक युवकको शव स्वदेश ल्याउन ढिलाइ भएको छ । कुमाख गाउँपालिका–७ जिमाल...

इनिसा विकको न्याय माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन

काठमाडौं । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विकको न्यायका लागि काठमाडौंमा बिहीबार पनि विरोध प्रदर्शन भएको छ। माइतीघर मण्डलामा भएको प्रदर्शनम...

रास्वपा हिन्दू राष्ट्र बनाउन संविधान संशोधनका लागि तयार भए दुईतिहाइ सिटका लागि हामी सहयोग गर्छाै: कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हिन्दू राष्ट्र बनाउन संविधान संशोधनका लागि तय...

कम्बोडियामा अलपत्र परेका १६ नेपाली उद्धार गरी स्वदेश फर्काइयो

काठमाडौं । मानव तस्करको प्रलोभनमा परेर कम्बोडिया पुगेका १६ जना नेपाली उद्धार गरी नेपाल फर्काइएको छ। थाइल्याण्डस्थित नेपाली राजदूतावासको पहल, कम्बोड...

कञ्चनपुरमा जिप–मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

धनगढी । कञ्चनपुरमा जिप र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बेदकोट नगरपालिका–७, लालपुरमा से १ च १४०५...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: