NTC Banar
Khabar Dabali १२ चैत्र २०७९ आईतवार | 26th March, 2023 Sun

देउवाले आत्मसमर्पण वा अर्ली इलेक्सनमध्ये एक रोजे एमालेले साथ दिन्छ : पण्डित

लालबाबु पण्डित

कानून मिच्न दिदैनौं । तर, के हो भने कुनै ठाउँमा, कानूनमा विवाद भयो भने त्यो विवाद निरुपण गर्ने संस्थाले न्यायपूर्ण निर्णय गर्नुपर्छ ।

सत्ता गठबन्धन बर्खामा बनेको हो । बर्खा सकिएपछि गठबन्धन पनि सकिन्छ । मैले त पहिले नै बोलेकै हुँ । यस विषयमा थप बोल्नुभन्दा पनि हेर्दै जाउँ । एमालेविरुद्ध षड्यन्त्र के हो ? कहाँ-कहाँ छ भन्ने कुरा विस्तारै खुल्दै आएको छ । दलीय भागबण्डामा प्रधानन्याधीशसमेत मुछिएपछि यो सरकार परमादेशबाट बनेको भन्ने हामीले लगाएको आरोप पुष्टि भएको छ । परमादेशबाट बनेको सरकार कति दिन चल्छ र ?

सत्ता गठबन्धन रहेसम्म एमालेसँग कुनै सहकार्य हुँदैन । एमालेसँग सहकार्यको निम्ति गठबन्धन टुट्नु बाहेक कुनै विकल्प छैन । गठबन्धन पनि रहने अनि एमालेसँग पनि सहकार्य हुने भन्ने हुँदैन । अहिलेको सत्ता गठबन्धन टुटेको अवस्थामा एमालेको सहयोग रहन्छ । उनीहरूले एमाले सिध्यायौं भन्ठानेका थिए, हामीले केही नगरी अहिलेको सत्ता गठबन्धन सकिन्छ । जसरी माकुराको आमाले बच्चाको मुख हेर्न पाउँदैन, त्यसैगरी यो गठबन्धनले अरु मुख हेर्दैन । हेर्न सक्दैन ।

अहिलेको राजनीतिको निकासको विकल्प भनेको पहिले सत्ता गठबन्धनका नेताहरूले ‘ग्वाँ’ भन्नुपर्छ । यसको अर्थ हामीले सत्ता चलाउन सकेनौं । राजनीतिक निकास दिन सकेनौं भनेर आत्मसमर्पण गर्नुपर्छ । हामी अहिले किन आत्तिने ? हामीले प्रष्ट भन्दै आएका छौं, एमाले सरकारमा रहँदा जनताको सेवा गर्छ । सरकार बाहिर रहँदा पनि हामी जिम्मेवार प्रतिपक्ष भएर अगाडि जान्छौं । हामी संविधान मिच्न दिदैनौं ।

कानून मिच्न दिदैनौं । तर, के हो भने कुनै ठाउँमा, कानूनमा विवाद भयो भने त्यो विवाद निरुपण गर्ने संस्थाले न्यायपूर्ण निर्णय गर्नुपर्छ । सर्वोच्च अदालतले फैसला सही गर्यो कि गलत गर्यो त्यो बुझाइमा फरक हुन सक्छ । सकेसम्म सर्वोच्चले सर्वमान्य हुने गरी न्याय गर्नुपर्छ । तर, हाम्रो अदालतले कानूनमा जेसुकै भएपनि बच्चाको मुख हेरेर फैसला गर्दिएको छु भन्छ । त्यस्तो त होइन नि । फैसला भनेको संविधान र कानून हेरेर गर्नुपर्छ, मुख हेरेर होइन । हो, अहिलेको राजनीतिक निकासको गाँठो यहिँ परेको छ । अन्तिम व्याख्या गर्ने निकाय सर्वोच्च अदालत भएकाले त्यसको व्याख्यालाई हामी मान्छौं तर आ-आफ्नो मत त फरक हुन्छ नि । हाम्रो मत फरक हो । र, संसारमै नभएको अभ्यास नेपालको अदालतले न्याय दिने सन्दर्भमा गर्न थाले । अझै भन्ने हो भने न्यायपालिकाले कार्यपालिकामा पनि आफ्नो लागानीको प्रतिफल खोज्न थाले । त्यो दुःखदायी कुरा हो ।

अहिले संवैधानिकरुपमा यदि देउवाले अब यो गठबन्धनले काम दिएन । राष्ट्रिय सहमतिमा जाउँ । गठबन्धन विघटन गरी नयाँ आवश्यकता अनुसार अगाडि बढ्न तयार छु भनेर सर्वदलीय बैठक बोलाउनु भयो भने त्यहाँबाट निकास निस्कन्छ । नेकपा एमाले देश, जनता, संविधान र मुलुकलाई अग्रगमनलाई गति दिने सन्दर्भमा कहिल्यै पनि पछि पर्दैन । एउटा निकास त्यो हुन्छ । त्यहाँबाट नयाँ सरकार र नयाँ गठबन्धन निस्कन सक्छ ।

अर्को, यो पनि नहुने, त्यो पनि नहुने अवस्था आएमा अन्तिम विकल्प भनेको निर्वाचन नै हो । देशलाई अग्रगमनमा लैजानको निम्ति, राजनीतिको गलत मनसायबाट तयार गरिएको जालोलाई च्यातेर राजनीतिक निकाससहित संवैधानिक र कानूनी बाटोबाट अगाडि बढ्नु उत्तम विकल्प हो । यो सत्ता गठबन्धन कायमै रहेको अवस्थामा एमालेले यही नै गर्नुपर्छ भनेर हतारमा निर्णय गर्दैन ।

(पण्डित पूर्वमन्त्री एवं नेकपा एमालेका नेता हुन्)

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बायर्नको मुख्य प्रशिक्षकमा टुचेल नियुक्त

काठमाडौं। जर्मन क्लब बायर्न म्युनिखले जुलियन नागेल्समनलाई बर्खास्त गरेर नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेको छ।बायर्नले मुख्य प्रशिक्षकमा ४९ वर्षीय जर्म...

आजदेखि मिथिलामा वासन्ती छठ पर्व सुरु

महोत्तरी। मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ (बोलिचालीमा चैती छठ) पर्वको विधि आज सुरु भएको छ। चैत शुक्ल चतुर्थी (चौथी)देखि सप्तमीसम्म च...

कोशी प्रदेश नामाकरण विवाद : चैत ५ को घटनाबारे छानविन गर्न समिति गठन गरिने

काठमाडौं । कोशी प्रदेश नामाकरण विवादपछि चैत ५ गते भएको घटनाको छानविन गर्न सरकारले समिति गठन गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को...

कस्तो छ उपमहासचिव पुनको स्वास्थ्य अवस्था ?

काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा सुधार आएको छ । जटिल प्रकारको वंशाणुगत जन्डिसबाट पीडित उनी रोग बल्झिएपछि गत फागुन १ दे...

सुर्खेत उडेको बुद्दको जहाजमा समस्या आएपछि काठमाडौंमा अवतरण

काठमाडौं । काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि उडेको केही समयमै अवतरण गरेको छ ।   शनिबार बिहान बुद्ध एयरको यु–४१३३ ...

जनयुद्दका ८ हजार बढी शहिदको नाम राजपत्रमा प्रकाशित (हेर्नुहोस् नामावली)

काठमाडौं। नेपाल सरकारको मन्त्रिपरिषद बैठकले निर्णय गरेअनुरूप सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने सहिदहरूको नामावली नेपाल राजपत्रमा ...

आजको मौसम –मेघ गर्जन सहित हल्का वर्षा

काठमाडौं । हाल देशका विभिन्न क्षेत्रमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पनि देशको प...

युवामाथि सिंगो राष्ट्रको भरोसा छ : प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवामाथि सिंगो राष्ट्रको आशा र भरोसा रहेको बताएका छन्। टुँडिखेलमा आज आयोजित राष्ट्रिय सेवा दलद्वारा...

राष्ट्रपति भण्डारीद्वारा अस्पतालको नवनिर्मित भवन उद्घाटन

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले बागमती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा अस्पतालको नवनिर्मित  भवनको आज उद्घाटन गर्नुभएको छ । यहाँ आयोज...

गैँडाको आक्रमणबाट मृत्यु

काठमाडौं । पूर्वी चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नं ९ का ६० वर्षीय चन्द्रबहादुर तामाङ छन् । ...

अरु धेरै
Dish home detelpage

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Dish home detel page1 Salt Trending Detail Page