काठमाडौं । छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने भएको छ । आगामी वैशाख १९ (मे १ तारिख २०२४) देखि नेपालीलाई साधारणतर्फ भिषा शुल्क नलाग्ने चिनियाँ राजदूतावासले जनाएको छ । नेपालले सन् २०१६ देखि नै चिनियाँ नागरिकलाई निःशुल्क भिषा दिँदै आइरहेको छ ।
उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गत चैत महिनामा गरेकाे चीन भ्रमणका क्रममा नेपाली नागरिकलाई भिषा शुल्क नलिने विषयमा दुई देशबीच सहमति भएको थियो । काठामाडौंस्थित चिनियाँ दूतावासले एक सूचना जारी गरी नेपाली नागरिकबाट चिनियाँ भिषा शुल्क नलिने जनाएको छ । ‘नेपाल र चीनबीचको मित्रता प्रवर्द्धन गर्न र कर्मचारी आदानप्रदानलाई थप सहज बनाउन दूतावासले भिषा शुल्क नलिने’ विज्ञप्तिमा भनिएको छ ।
एक्सप्रेस शुल्क र सेवा भने साबिकबमोजिम नै कायम रहने विज्ञप्तिमा उल्लेख छ । नेपालमा पछिल्लो समय चिनियाँ पर्यटक बढिरहेका छन् । नेपाली नागरिक पनि उल्लेख्य सङ्ख्यामा चीन गइरहेका छन् । चीनसँगको प्रमुख सीमानाका खुलेको र नेपालमा चिनियाँ एअरलाइन्सले पूर्ण क्षमतामा उडान गरिरहेकाले पछिल्लो समय चिनियाँ पर्यटक बढेको छ ।
नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले भने, “चीनले गन्तव्यको रुपमा नेपाललाई सकारात्मक रुपमा हेरेको देखिन्छ, यसरी प्राथमिकता दिइनुले आगामी दिनमा चिनियाँ पर्यटक बढ्ने अनुमान गर्न सकिन्छ ।”
नेपाली पर्यटन व्यवसायीले लामो समयदेखि नेपालीलाई निःशुल्क भिषा पाउनुपर्ने माग गर्दै आएका थिए । यसबाट नेपाली पनि सजिलै चीन जान सक्ने भएकाले दुवैतर्फको आवतजावतले पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पर्ने निर्देशक लामिछानेले बताए ।
सन् २०२४ मा चिनियाँ पर्यटको आगमन बढिरहेको छ । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार अङ्ग्रेजी वर्षको मार्च महिनामा १२ हजार ९३ चिनियाँ पर्यटक नेपाल आएका छन् । यस्तै, फेब्रुअरीमा नौ हजार एक सय ८० र जनवरीमा एक हजार चार सय ३६ चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रकाशन गरेको ‘टुरिज्म स्टाटिक्स २०२३’ अनुसार सन् २०२३ मा ६० हजार आठ सय ७८ चिनियाँ पर्यटक नेपाल भित्रिएका थिए । सन् २०२२ मा नौ हजार पाँच सय ९९ चिनियाँ नागरिक नेपाल आएका थिए ।
कोरोना महामारीपूर्व सन् २०१९ मा सर्वाधिक एक लाख ६९ हजार पाँच सय ४३ चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - २०:१२
खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...
पौष १ गते, २०८२ - १९:१२
काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् । ...
पौष १ गते, २०८२ - १९:०४
दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे दिनमा नारा ...
पौष १ गते, २०८२ - १८:५३
काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...
पौष १ गते, २०८२ - १८:४९
कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...
पौष १ गते, २०८२ - १८:१४
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ । विभागले उद्योग तथा फर्म...
पौष १ गते, २०८२ - १८:१०
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...
पौष १ गते, २०८२ - १७:५९
काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...
पौष १ गते, २०८२ - १७:५५
सङ्खुवासभा । यहाँको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको एक हजार ६३ मेगावाटको माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार भन्दा बढी रुख काटिएको छ ...
पौष १ गते, २०८२ - १७:५२
काठमाडौं । नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएका छन् । पार्ट...




प्रतिकृया लेख्नुहोस्: