काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सुकुम्बासी समस्या दिगोरुपमा समाधान गर्नुपर्ने बताउनु भएको छ । पत्रकारसँग आज यहाँ कुराकानी गर्दै उनले वास्तविक सुकुम्बासीहरुको पहिचान गरी तिनीहरुको समस्या समाधानका लागि सरकारले काम गर्नुपर्ने बताए।
उनले भने, “सुकुम्बासी समस्या समाधानका लागि सरकारको स्पष्ट नीति नहुँदा समस्या आयो ।” आइतबार बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा भएको घटना गलत भएको भन्दै उहाँले सुकुम्बासी समस्या समाधान गर्नतर्फ सरकारले ध्यान केन्द्रित गर्नुपर्ने बताए । उनले थपे, “वास्तविक सुकुम्बासी पहिचान गरौं, तितरवितर पार्नु समस्याको समाधान होइन ।”
फरक प्रसङ्गमा बोल्दै पूर्वप्रधानमन्त्री भट्टराईले विगतमा एकखाले प्रवृत्तिले व्यवस्था पल्टाउने, सङ्घीय लोकतान्त्रिक गणतन्त्र नै उल्टाउने, संविधान खतरामा पर्ने दिशातर्फ गएको भन्दै अहिलेको सरकारको गतिविधि त्यसभन्दा फरक हुनुपर्ने बताए । उनले भने, “अहिलेको सरकारको गतिविधि पहिलाको भन्दा फरक भएन भने जनतामा निरासा आउँछ ।” प्रतिगमनविरुद्ध सङ्घर्षबाट बनेको सरकार भएकाले यो सरकार पूर्ण कार्यकाल चल्ने उनको भनाइ थियो । उनले भने, “गठबन्धनको मात्रै होइन लोकतन्त्रमा पूरा कार्यकाल व्यवस्थापिकाले पूरा गरेन भने त्यसले राम्रो सन्देश दिँदैन ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १५:४२
काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...
मंसिर ३० गते, २०८२ - १५:३३
काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...
मंसिर ३० गते, २०८२ - १५:१४
काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...
मंसिर ३० गते, २०८२ - १५:०८
काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...
मंसिर ३० गते, २०८२ - १४:३८
काठमाडौं । एमालेको आगामी महाधिवेशनअन्तर्गत भोलि (मंगलबार) हुने निर्वाचनमा नयाँ नेतृत्व चयन हुने तयारी छ। अध्यक्ष पदका मुख्य प्रतिस्पर्धी केपी शर्मा ओल...
मंसिर ३० गते, २०८२ - १४:०९
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनको लागि हुन लागेको निर्वाचनको कार्यतालिका संशोधन भएको छ। एघारौं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर...
मंसिर ३० गते, २०८२ - १३:५७
काठमाडौँ । एमालेको ११औं महाधिवेशनमा उपमहासचिव पदका दाबेदार योगेश भट्टराईले आफूले व्यक्तिगत रूपमा उम्मेदवारी दिएको बताएका छन्। भट्टराईले आफ्नो समूहब...
मंसिर ३० गते, २०८२ - १३:४७
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो प्यानलबाट लेखराज भट्टलाई उपमहासचिव पदको उम्मेदवार बनाउने तयारीमा रहेका छन्। सोमबार बिहान ओली ...
मंसिर ३० गते, २०८२ - १३:२४
काठमाडौं । नेकपा (एमाले) नेता ईश्वर पोखरेलले पार्टीलाई ठीक ढंगले सञ्चालन गर्न अध्यक्ष पदमा दाबी गरेको बताएका छन्। महाधिवेशनको बन्दसत्र स्थलमा पत्रक...
मंसिर ३० गते, २०८२ - १३:१४
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले जनताले सुम्पिएको जिम्मेवारीलाई अन्तस्करणबाटै बोध गर्दै सबै मिलेर देश विकासमा समर्पित हुन आह्वान गरेको छन्। उनले...




प्रतिकृया लेख्नुहोस्: