Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

दुहबी सबस्टेशन डुबानमा, पूर्वाञ्चलमा ब्ल्याक आउट, सुदूरपश्चिमका पहाडी जिल्लामा पनि विद्युत ठप्प

खबरडबली संवाददाता

काठमाडाैं । सुनसरीको दुहवीस्थित सबस्टेसन डुबानमा परेको कारण प्रदेश नं १ का जिल्लाहरुमा मंगलबार साँझबाट मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुरलगायतका जिल्लाहरुमा विद्युत आपूर्ति बन्द भएको छ ।

सबस्टेसन डुबानमा परेपछि अहिले त्यहाँबाट विद्युत आपूर्ति हुने लाइन काटिएको प्राधिकरणका कार्यकारी कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । ‘बाढी पसेर सबस्टेसन डुबानमा परेपछि त्यहाँबाट विद्युत आपूर्ति गर्ने लाइन काटिएको छ, यसबाट प्रदेश नं १ का जिल्लाहरुमा ब्ल्याक आउट भएको छ,’ उनले भने ।

‘सबस्टेसनको नियन्त्रण कक्ष डुबानमा परेको छ, अहिलेसम्म मुख्य उपकरणमा क्षति नपुगेको जानकारी पाएका छौं, पानी नरोकिएमा उपकरणहरूमा ठूलो क्षति पुग्ने देखिएको छ, यस्तो भएमा त्यस क्षेत्रमा विद्युत आपूर्ति केही दिन बन्द हुनसक्छ, अहिले सबस्टेसनभित्रको पानी हटाएर उपभोक्तालाई जतिसक्दो छिट्टो विद्युत आपूर्ति उपलब्ध गराउन हाम्रो टिम प्रयासरत छ ।’

सबस्टेसनको पानी हटाउनका लागि आवश्यक सहयोग गरिदिन स्थानीय सरकार, प्रशासन, नेपाली सेना, नेपाल प्रहरी लगायतलाई आग्रह गरिएको घिसिङले बताए । उनले दुवही सबस्टेसन बन्द हुँदा काबेली करिडोर १३२ केभी प्रसारण लाइन पनि बन्द भएको बताए । यसबाट काबेली करिडोरमा जोडिएका करिब १७० मेगावाटका जलविद्युत आयोजनाहरुको विद्युत उत्पादन पनि बन्द भएको छ ।

वर्षाका कारण विभिन्न स्थानमा रुख ढल्दा अत्तरिया–चमेलिया १३२ केभी प्रसारण लाइन र अन्य ३३ तथा ११ केभी लाइनमा क्षति पुगेको छ । यसबाट दार्चुलामा सञ्चालन रहेको ३० मेगावाटको चमेलियालगायतका जलविद्युत आयोजनाको विद्युत उत्पादनसमेत बन्द भएको छ । सुदूरपश्चिमका डडेल्धुरा, बैतडी, बझाङ, अछामलगायतका पहाडी जिल्लाको विद्युत आपूर्तिसमेत बन्द भएको छ ।

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यस्ता २६ निर्णय गर्दै माओवादी स्थायी समिति बैठक सम्पन्न

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक विभिन्न २६ निर्णय गर्दै सम्पन्न भएको छ ।  बैठकपछि उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले तराई ...

गौतमबुद्ध विमानस्थलमा फ्लाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै, के छ तयारी ?

काठमाडाैं । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान स...

तीन प्रदेशमा आज मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने अनुमान

हाल देशको लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। कोसी, मधेस र बागमती प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव छ...

इजरायलमा ड्रोन आक्रमण : ४ को मृत्यु, ६० भन्दा सैनिक घाइते

अभिभ । उत्तरी इजरायलमा रहेको सेनाको बेसलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा चार सैनिकको मृत्यु हुनुका साथै अन्य ६० जनाभन्दा बढी घाइते भएको इजरायलको रक...

दशैंको टिका जमरा लाउने र आर्शिवाद लिने क्रम जारी

काठमाडौं । आश्विन शुक्लपक्ष द्वादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउनेक्रम जारी छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीस...

कर्णालीको स्याउले दसैंमा पायो बजार, भारत पनि निकासी

सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउले यसपटकको दसैँमा राम्रो बजार पाएको छ। यहाँका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको...

यात्रा गर्दै हुनुहुन्छ ? नजानुस् कुलेखानी–फाखेलको बाटो

मकवानपुर । हेटौँडा–कुलेखानी–फाखेल भएर काठमाडौं जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा बाटो बिग्रिएकाले वैकल्पिक सडक प्रयोग गर्न प्...

अरनिको राजमार्ग एकतर्फी संचालनमा आयो

काठमाडौं । गएराति गएको सुख्खा पहिरोले बन्द भएको अरनिको राजमार्ग एकतर्फी संचालनमा आएको छ ।  काभ्रेको पाँचखाल नगरपालिकाको पचासकिलो भन्ने स्थानमा गएरा...

मौसम पुर्वानुमान : आज केहि प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेश, बाग्मती र गण्डकी प्रदेशमा आंशिक प्रभाव छ । साथै...

आज टिकाको दोस्रो दिन, मान्यजनको हातबाट टिका र आर्शिवाद लिने क्रम जारी

काठमाडौं । बडादसैँ  टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहने छ । विजयादशमीको दिन घरपरिवारमा टी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending