कञ्चनपुर । चट्टानी पहाड, भौगोलिक विकटता तथा अन्य अवरोध नभए पनि कञ्चनपुरको ६२ किलोमिटर हुलाकी सडक साढे नौ वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन।
पटक–पटक ठेक्काको म्याद थपेर निर्माण व्यवसायीलाई काम गर्ने मौका दिइयो। स्थानीयवासीदेखि सांसद, मन्त्री र राजनीतिज्ञहरूले समेत समयमै काम सम्पन्न गराउन आग्रह गरे पनि हुलाकी सडकको बीचको खण्ड अझै नयाँ ठेक्का प्रक्रियामै रुमलिएको छ।
३० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी २०७३ फागुनमा तीन चरणमा ठेक्का सम्झौता भई निर्माण सुरु भएको जिल्लाको दक्षिण क्षेत्रको हुलाकी सडक अझै पूरा हुन सकेको छैन।
“पटक–पटक सम्झौता गरेर सडकको पहिलो र अन्तिम प्याकेज (डोकेबजार–बेलौरी र बेल्डाडी–दैजी खण्ड) सकिए पनि बीचको प्याकेज पुन: नयाँ ठेक्का दिने प्रक्रियामा छौँ,” हुलाकी राजमार्ग योजना कार्यालय धनगढीका प्रमुख मुकुन्दप्रसाद लामिछानेले भने, “यो योजना समयमा सम्पन्न नहुनुमा ठेकेदारको प्राथमिकतामा परेन। हामीले काम गर्ने सबैखाले वातावरण तयार गरेर दिँदा पनि उनीहरू कामप्रति गम्भीर भएनन्।”
डोकेबजारदेखि बेलौरीसम्मको पहिलो प्याकेज ९२० किलोमिटर० सडक सडक डिभिजन कार्यालय महेन्द्रनगरलाई हस्तान्तरण गर्ने प्रक्रियामा रहेको उनको भनाइ छ।
“अन्तिम २४ किलोमिटर बेल्डाडी–दैजी खण्डको काम पनि सकिएर डीएलपी (त्रुटि दायित्व अवधि) मा छ,” प्रमुख लामिछानेले भने, “म्याद थप, भुक्तानीलगायतका काममा कार्यालयबाट पूर्ण सहयोग रहँदा पनि ठेकेदारले पेटी ठेकेदार राख्ने, कामको भुक्तानी नदिनेलगायतका बदमासीका कारण वर्षौँसम्म योजना सकिएन।”
उनले योजनाअन्तर्गत बेलौरीदेखि बेल्डाडीसम्मको बीचको प्याकेजअन्तर्गत निर्माण कम्पनी बाबा हंस सिद्धीसाई जेभीले ११ किलोमिटर सडक कालोपत्रे गरे पनि धेरै ठाउँमा भत्किसकेको बताए।
“सो प्याकेजमा ठेकेदारले लापरबाही गरेपछि ठेक्का तोडेर अहिले नयाँ ठेक्काका लागि स्टिमेट तयार गरिरहेका छौँ। डेढ महिनाभित्र नयाँ ठेक्का खुल्छ,” उनले भने, “सोही खण्डमा भारतले दशगजालगायत सीमा विवाद गर्दा पचुई क्षेत्रमा एक हजार ४०० मिटर सडक कालोपत्रे गर्न सकिएन। त्यो भाग छोडेर काम अघि बढाइनेछ।”
नयाँ ठेक्का आह्वान गर्नुपर्ने बीचको प्याकेज यसअघि ४१ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। निर्माण व्यवसायीले हुलाकी सडक कार्यालयबाट २८ करोड रुपैयाँ भुक्तानीसमेत लिइसकेको थियो।
बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीले बेलौरी–बेल्डाडी खण्डको निर्माण पूरा गर्न धेरै पटक पहल भए पनि सडक नबनेको दुखेसो पोखे।
“हामीले यो बीचको अवधिमा मन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई सडक निर्माणका विषयमा ज्ञापन बुझायौँ,” उनले भने, “भारतीय पक्षबाट अवरोध भएको भागमा कालोपत्रे गर्न भारतीय एसएसबीसँग पनि पहल गर्यौँ, तर उपलब्धि भएन।”
उनले उक्त सडकखण्ड अहिले हिलाम्मे हुँदा स्थानीयवासीलाई हिँडडुलमा समेत समस्या रहेको बताए।
“हुलाकी सडक योजना कार्यालयबाट नयाँ ठेक्का हुँदैछ भन्ने सुनिएको छ,” उनले भने, “नयाँ ठेक्का खुलेपछि व्यवस्थित रूपमा समयमा निर्माण सक्ने गरी लाग्नुपर्छ। यो सडक नबन्दा जनप्रतिनिधिको पनि बेइज्जतीको स्थिति भइसकेको छ। सडक सम्पन्न नहुँदा दु:खी छौँ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २४ गते, २०८३ - १७:५३
काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको सोमबार बस्ने बैठकमा चारवटा विधेयक प्रस्तुत हुने भएका छन्। बैठकमा दुई मन्त्रीसँग सांसदको मन्त्रालयगत प्रश्नोत्तर...
श्रावण २४ गते, २०८३ - १७:३९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनका कारण पार्टी कमजोर बनेको र अहिले फुटको अवस्थामा पुगेको बताएका छन्। आ...
श्रावण २४ गते, २०८३ - १६:५८
काभ्रेपलाञ्चोक । काभ्रेको भुम्लु गाउँपालिका–८ दोलालघाटबाट बुधबार साँझ बेपत्ता भएकी ६७ वर्षीया तिलकुमारी पराजुलीको शव ओखलढुंगास्थित सुनकोशी नदीमा फेला ...
श्रावण २४ गते, २०८३ - १६:५१
चितवन । चितवन राष्ट्रिय निकुञ्जको आठ किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगतको काम अघि बढेको छ । नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्याल...
श्रावण २४ गते, २०८३ - १६:३३
काठमाडौँ । खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार अनुगमन तीव्र ...
श्रावण २४ गते, २०८३ - १६:०७
रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रूपन्देहीले शनिबार भैरहवामा विभिन्न कार्यक्रम आयोजना गर्दै पार्टी संगठन विस्तार र आगामी निर्वाचनको तय...
श्रावण २४ गते, २०८३ - १५:४९
दाङ। तुलसीपुर उपमहानगरपालिकाको एम्बुलेन्स दुर्घटना हुँदा डेढ महिने शिशुको मृत्यु भएको छ । शनिबार राति करिब ९ बजे तुलसीपुर–११ उरहरीमा हलवार स्वास्थ्...
श्रावण २४ गते, २०८३ - १५:४४
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले चुनावअघि पार्टीको नेतृत्व परिवर्तन गरे कांग्रेसले आमनिर्वाचनमा जित हासिल गर्दै सरकार गठन गर्ने भन्ने...
श्रावण २४ गते, २०८३ - १५:२७
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको वैधानिकता र विशेष महाधिवेशनबारे सर्वोच्च अदालतले पुनरवलोकनको अनुमति दिएको विषयलाई सहज रूपमा लि...
श्रावण २४ गते, २०८३ - १५:२०
पश्चिम नवलपरासी। तीनतर्फबाट भारत र एकतर्फबाट उर्लंदो नारायणी नदी। सुस्ताको भूगोल जति संवेदनशील छ, यहाँका बासिन्दाको दिनचर्या उस्तै जोखिमपूर्ण छ। बर्से...



प्रतिकृया लेख्नुहोस्: