Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

सय दिनभित्र नतिजा आउने गरी काम गर्न मन्त्री पौडेलको निर्देशन

खबरडबली संवाददाता

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षामन्त्रालय मातहतका कर्मचारीलाई अबको १०० दिनमा नतिजा आउने गरी काम गर्न निर्देशन दिएका छन्। मन्त्री पौडेल, राज्यमन्त्री बोधमायाकुमारी यादव र शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियासहितको टोलीले आज सानोठिमीस्थित चिकित्सा शिक्षा आयोग र शिक्षा तथा मानव स्रोत विकास केन्द्रको निरीक्षण एवं अवलोकनपछि कर्मचारीलाई यस्तो निर्देशन दिएको हो ।

मन्त्री पौडेलले भने, “कर्मचारीले आफ्नो दायित्व र जिम्मेवारी पूरा गर्न पछि पर्नु हुँदैन, कर्मचारीले अल्छिपना, उदासीनता, लापरबाही र भ्रष्टाचारलाई त्यागेर अगाडि बढ्नुस्, आफ्नो बारेमा होइन, संस्थाको बारेमा सोचेर अगाडि बढ्नुस्, अबको १०० दिनभित्र नतिजा आउने गरी काम गर्नुहोस् ।”

उनले आयोग र केन्द्र दुवै कार्यालयलाई तीन महिने, एक वर्षे र नीतिगत प्रक्रियाका कार्ययोजना बनाई काम गर्न निर्देशन दिनुभयो । जागिर खानु व्यक्तिगत जीवनयापनको आवश्यकता मात्र नभई देश र समाजप्रतिको कर्तव्य पनि हो भन्दै उहाँले कर्मचारीले हुने र गर्नसक्ने काम चुस्त दुरुस्तरूपमा गर्नुपर्ने र हुनै नसक्ने कामलाई छोडी दिनुपर्ने बताए ।

चिकित्सा शिक्षा आयोगले पनि कार्ययोजना बनाएर काम चुस्त दुरुस्तरूपमा काम गर्न निर्देशन दिँदै मन्त्री पौडेलले मेडिकल शिक्षा सुधार गर्दै यहाँको प्रणालीलाई समेत विवादरहित र निष्पक्ष प्रणालीका रूपमा लैजानुपर्ने बताउनुभयो । एक वर्षमा कति विशेषज्ञ जनशक्ति आवश्यक पर्ने हो त्यसको आकलन गर्दै जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिँदै उनले त्यसो भएमा चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई पनि योजना बनाएर अगाडि बढ्न सहज हुने बताए । 

उनले मेडिकल कलेज सुधारका लागि गरिएको सकारात्मक काममा एक दुई जनाले विरोध गर्दैमा केही हुँदैन भन्दै जनताको पक्षमा काम गर्दा कर्मचारीले आफ्नो कर्तव्य भने भुल्न नहुने औँल्याए । 

आयोग र केन्द्रलाई निर्देशन दिँदै मन्त्री पौडेलले भने, “कर्मचारीले कुर्सीमा मात्रै बस्ने होइन, संस्था सुधारेर अगाडि बढ्नु पर्छ, म आफू पनि मन्त्री मात्रै नभई कर्मचारी भएर दिन रात काम गर्नेछु, तपाईंहरु पनि संस्था सुधार्ने गरी काम गर्नुस् ।”

शिक्षामन्त्री पौडेलले मन्त्री पद अलौकिक नभएको भन्दै संविधानले व्यवस्था गरेका जनताका शैक्षिक हकलाई व्यवहारमा प्रकट हुने गरी काम गर्न आफू लाग्ने बताए । कर्मचारीले सबै काम सङ्कल्पकृत भएर गर्नुपर्नेमा जोड दिँदै उहाँले काम गर्ने क्रममा आइपर्ने जस्तोसुकै समस्याका गाँठो फुकाउन समन्वय गर्ने कार्यमा आफू लाग्ने भनाइ राखे । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सौर्य एयर दुर्घटना : पहिचान भएपछि मात्र शव हस्तान्तरण गरिने

काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान भएपछि मात्र हस्तान्तरण गरिने भएको छ । कतिपय शवहरू जलेर पहिचान गर्न कठिन भएकाले...

भारतबाट एक अर्बको आलु आयात

बाँके। बाँकेको जमुनाह सीमा नाका हुँदै भारतबाट गत आर्थिक वर्ष २०८०/८१ मा एक अर्ब ११ करोड, ६१ लाखको आलु आयात गरिएको छ । सो अवधिमा चार करोड ४९ लाख ८४ हजा...

कटौती भएको प्राविधिक सचिवको पद थप गर्न मन्त्रीसमक्ष माग

काठमाडौँ । विभिन्न मन्त्रालयमा कार्यरत प्राविधिक सहसचिवहरुले कटौती भएको प्राविधिक सचिवको पद थप गर्न माग गरेका छन् । प्राविधिक समूहका सहसचिवहरुले आज ऊर...

उपसभामुखको पत्र प्रकरणमा थप बचाउमा उत्रियो रास्वपा

उपसभामुखले लेखेको भनिएको पत्र अमेरिकी दुताबासमा दर्ता नै नभएको दाबी

उपराष्ट्रपति यादवसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेट

काठमाडौँ। उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डा।डेनियल म्यूली मोन्टेलियोनले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालय...

एनसिबी र राहदानी विभागबिच समझदारी

काठमाडौँ। अपराध नियन्त्रण गर्न राष्ट्रिय केन्द्रीय ब्युरो काठमाडौँ (एनसिबी) र राहदानी विभागबिच आज समझदारी-पत्रमा हस्ताक्षर भएको छ । प्रहरी महानिरीक्षक...

बेचन झा थुनामै रहने, सर्वोच्चद्वारा थुनामुक्त गर्न अस्वीकार

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा एक महिनादेखि थुनामा रहेका बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चले अस्वीकार गरेको छ । विहिबार न्यायाधीश टेकप...

नेप्से ३२ अंकले बढ्यो, १४ अर्ब माथीको सेयर कारोबार

काठमाडौं । नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। विहिबार नेप्से ३२ अंकले बढेर दुई हजार ५६८.११ विन्दुमा पुगेको छ। आज ‘क’ वर्गका कम्पनीको कारोबार मापक से...

आजको मन्त्रिपरिषद्को बैठकले भारत र चीनका लागि राजदूत नियुक्ति गर्ने तयारी

काठमाडौँ । आज बस्ने मन्त्रिपरिषद् बैठकले भारत र चीनका लागि राजदूत नियुक्तिका लागि सिफारिस गर्ने भएको छ ।  सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमाले...

संसदीय समितिले पर्यटन मन्त्रीलाई भन्योः आईकाओको रिपोर्ट एक हप्ताभित्र पेस गर्नु

काठमाडौँ । संसद्को पर्यटन तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको विहिबार बसेको बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई आईक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy