Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

सर्लाहीमा ढुङ्गा प्रहारबाट घाइते वृद्धाको मृत्यु

खबरडबली संवाददाता

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका –१५, देउरालीमा झगडा मिलाउन जाँदा ढुुङ्गा लागेर घाइते वृद्धाको उपचारको क्रममा मृत्युु भएको छ । ढुुङ्गाले लागेर घाइते ६५ वर्षीया विष्णुुमाया बोम्जनको आइतबार बिहान मृत्युु भएको हो । 

बोम्जनको उपचारको क्रममा लालबन्दी बजारस्थित म्याक्स अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । उनलाई गत मङ्सिर २७ गते राति घरनजिक भएको झगडामा संलग्न व्यक्तिलाई छुटाउन जाँदा ईश्वरपुर नगरपालिका –१२, घारिबथानका वीरबहादुर मोक्तानले प्रहार गरेको ढुुङ्गा लागेर टाउकोमा गहिरो चोट भएको थियो । 

सोही दिन लालबन्दी १५ को तल्लो देउरालीमा विवाह भोज खाएर फर्किएका वीरबहादुर र अन्य व्यक्तिबिच विवाद भएपछि वृद्धा विष्णुुमाया घरबाट निस्किएर विवाद भएको ठाउँमा पुग्दा घटना भएको थियो । स्थानीयका अनुसार विवाह भोजबाट फर्किएका वीरबहादुर मदिरा सेवनबाट मात्तिएका थिए । ढुुङ्गा प्रहार गर्ने मोक्तानलाई प्रहरीले सोही दिन पक्राउ गरेको थियो । वीरबहादुर नातामा मृतक विष्णुमायाको ज्वाइँ पर्छन् । 

ज्यान मार्ने उद्योगमा अनुसन्धान भइरहेको मोक्तानमाथि वृद्धाको मृत्यु भएपछि अब कर्तव्य ज्यान मुद्दामा कारवाही अघि बढाइने लालबन्दीका प्रहरी निरीक्षक सुजन पाठकले जानकारी दिए । मृतक वृद्धाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको प्रहरी निरीक्षक पाठकले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending