Khabar Dabali १३ असार २०८३ शनिबार | 27th June, 2026 Sat
Investment bank

पर्यटनको सम्भावना बोक्दै ‘टापुधाम’

खबरडबली संवाददाता

रोल्पा । रामपुर उपत्यका भित्रिने पूर्वी नाकामा अवस्थित टापुधामले पर्यटनको सम्भावना बोकेको छ । कालीगण्डकीको आडैमा रहेको सो धाम प्राकृतिक रुपमा अत्यन्तै सुन्दर र मनमोहक छ तर पर्यटन विस्तारका कामले फड्को मार्न भने सकेको छैन । कालीगण्डकीको तट रामपुर नगरपालिका–१ स्थित खटाङमा रहेको यो क्षेत्र प्रकृतिको अपार सुन्दरताले भरिपूर्ण छ ।

यहाँ पुग्ने जो कोही पनि सुन्दर प्राकृतिक छटासँग रोमलिन पुग्छन् । टापुधामलाई बग्दै गरेको नदीले दाहिने दिशा पारेर घेरेको छ । वर्षायामका बेला नदीको पानीले टापुलाई घेरेर बहन्छ । यो दृश्यले सबैको मनलाई टापुधामतिर तानिरहेको हुन्छ । पर्यटन विकासका काममा सम्बन्धित निकायले चासो नदिनु र प्रचार प्रसारको अभावमा भने पछाडि परिरहेको छ । 

हेर्दा अत्यन्तै रमणीय पवित्र कालीगण्डकीको किनारमा रहेको यो क्षेत्र आन्तरिक मात्र नभई बाह्य पर्यटकको लागि घुमफिर गर्ने उपयुक्त थलो रहेको बताउनुहुन्छ, रामपुर उपत्यका पर्यटन विकास समितिका अध्यक्ष श्यामकान्त खनाल । उनी भन्छन्, “रामपुर भित्रिने पूर्वी नाकामा रहेको छ, पोखरासँग नजिक पर्ने हुँदा लुम्बिनी प्रदेशको पूर्वीद्वारको रुपमा नेपालकै नमूना पर्यटकीयस्थल बन्न सक्ने भौगोलिक भूबनोट छ, प्रकृतिले दिएका यस्ता मूल्यवान क्षेत्रको समयमा नै विकास नहुँदा बत्तिमुनिको अध्याँरोजस्तै बनिरहेका छन् ।”

रामपुरको पर्यटन प्रवद्र्धन र विस्तारको निम्ति पर्यटन विकास समितिले अब पूर्वी रामपुरको प्रवेशद्वारबाट प्रचारप्रसारको काम थालनी गर्ने अध्यक्ष खनाल बताउछन् । अहिले यहाँ शिवपञ्चायनको मन्दिर, आश्रमस्थल, चौतारी, भजनकीर्तन मण्डली पौवा, शालिग्राम सङ्ग्रहालय निर्माण गरिएको टापुधाम क्षेत्र विकास समितिका अध्यक्ष रत्ना थापाले जानकारी दिए । 

“ठूलो वजेट प्राप्त नहुनु, साना–साना बजेटले ठूला काम गर्न कठिनाइ भएको छ, क्रमिकरुपमा त काम नभएका होइनन्, तर झट्ट हेर्दा ठूलै काम गरेर देखाउन सकिएको छैन, काम गर्न आर्थिककै सङ्कट परेको छ”, उनले भने ।

कालीगण्डी करिडोरदेखि करिब ४०० मिटर तल कालीनदीको किनारमा अवस्थित यो क्षेत्रमा प्राकृतिक दृश्यसँग रमाउन पुग्ने विस्तारै बढ्दैछन् । विशेष गरी यहाँ शालिग्राम सङ्ग्रहालय निर्माण गरिएपछि भने आउने जानेको चहलपहल बाक्लिदैछ ।

यहाँ पर्यटन बोर्डबाट रु पाँच लाख र रामपुर नगरपालिकाबाट रु पाँच लाख सहयोगमा शालिग्राम सङ्ग्रहालय निर्माण गरी प्रयोगमा ल्याइएको रामपुर नगरपालिका–१ का अध्यक्ष मित्रलाल कँडेलले बताए । “पर्यटन प्रवद्र्धनमा वडाले यस क्षेत्रलाई प्राथमिकतामा राखेको छ, यो क्षेत्र कालीगण्डकीको किनारमा रहेकाले पनि धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना छ, विकासको काममा वडाले विशेष ध्यान दिएर दिनेछ”, उनले भने ।
       
करिब दश रोपनी क्षेत्रफलमा फैलिएको छ । यहाँ विभिन्न संरचना निर्माणका लागि जग्गा प्रशस्त छ । लक्ष्मीनारायण गुठी सञ्चालन समितिका अध्यक्ष बृद्धिप्रकाश रेग्मी सडक स्तरोन्नति, यहाँको भौतिक पूर्वाधार विकास, पर्यटकीय संरचना निर्माण गर्नुपर्ने आवश्यकता छ भने । प्रकृतिले नै दिएको सुन्दर उपहार यस टापुधामको विकासमा सम्बन्धित निकायले बेलैमा ध्यान दिएर विकासका काम अगाडि बढाउन सके साच्चिकै यो क्षेत्र एक उत्कृष्ट पर्यटकीय क्षेत्रको रुपमा विकास हुनेछ ।

कालीगण्डकी करिडोरको आडैमा अवस्थित रहेकाले पनि यसको पर्यटकीय विकास भएको खण्डमा यहाँ दिनहुँ सयौँको सङ्ख्यामा पर्यटकको आवागमन हुनेछ । स्थानीय निकाय विभिन्न सङ्घ संस्था, व्यक्तिसँग रकम जुटाएर यसको भौतिक पूर्वाधार निर्माण गरी यसलाई छिट्टै नै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दै जान सकेको खण्डमा यो क्षेत्र उत्कष्ट पर्यटकीय गन्तव्यस्थल बन्नेछ । 

पछिल्लो समय स्थानीयस्तरमा यसको संरक्षण गर्दै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न कालीगण्डकी वारि र पारिका स्थानीयवासीले माग गरिरहेका छन् । यही टापुधामबाट कालीगण्डकी पारी रहेको तनहुँ जिल्लाको घिरिङ गाउँपालिका–१ को रमणीय भण्टार क्षेत्रलाई नियाल्दै प्रकृतिको अनुपम सुन्दरतासँग हराएको पत्तो हुँदैन । नगरपालिकाले यसलाई नगरका उत्कृष्ट पर्यटकीय क्षेत्रअन्तर्गत सूचीकृत गरेको छ । 

यहाँका स्थानीयवासी पदमबहादुर सिंले पुत्र प्राप्तिका लागि एक महिनासम्म टापुधाममा ध्यान गरेर बसेको र ध्यान पश्चात् पुत्र प्राप्त भएकाले २०५६ मा उनकै सक्रियतामा स्थानीयवासीको सहयोगमा यहाँ यज्ञ लगाइएको थियो ।

मनोकामना पूरा भएपछि पञ्चायन देवताको मन्दिर निर्माण गरिएको हो । यहाँका स्थानीयवासीले मागेको कुरा प्राप्त हुने भएपछि त्यस समयदेखि धार्मिक आस्था पनि बढ्दै गएको टापुधाम क्षेत्र विकास निर्माण समितिका सदस्य ऋषिराम तिवारी बताउछन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओली र प्रचण्ड एउटै मञ्चबाट सम्बोधन गर्दै

काठमाडौँ कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकै मञ्चबाट सम्बोधन गर्ने भएको छन् ।  फाउन्डेसनद्वारा जननेता मदन भण्डारीको ७५ ...

जनकपुरमा होटलबाट पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । धनुषाको जनकपुर उपमहानगरपालिका–९ स्थित थापा चौकमा रहेको थापा होटलबाट प्रहरीले पेस्तोल र गोलीसहित दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्न...

जेनजी आन्दोलनको छानबिन तथा अनुसन्धान प्रतिवेदन माग्दै मानव अधिकार आयोगमा ओलीले पठाए पत्र

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगले गरेको छानबिन तथा अनुसन्ध...

गर्मी भत्ता दुरुपयोगको आरोपमा अभिषेक गिरी पक्राउ, कारागारभित्र प्रदर्शन

विराटनगर । मोरङ जिल्ला कारागारका कैदीबन्दीको गर्मी भत्ता दुरुपयोग गरेको आरोपमा पक्राउ परेका अभिषेक गिरीको पक्ष र विपक्षमा शनिबार कारागारभित्र प्रदर्शन...

सल्यानमा तीन महिनादेखि नि:शुल्क वितरण गरिने औषधिको अभाव

सल्यान । सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि नि:शुल्क वितरण गरिने औषधिको अभाव भएको छ । यहाँका अस्पतालहरूमा उच्च रक्तचाप, मधुमेह, मान...

सरकारले ११ खर्ब १२ अर्ब राजश्व उठायो, पूँजीगत खर्च सुस्त

काठमाडौँ। चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व सङ्कलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल गरेको छ । सरकारको दैनिक बजेटरी हिस...

नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न समन्वय र सहकार्य आवश्यक छ : मुख्यमन्त्री शाह

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न सरोकार भएका सबै निकायबिच प्रभावकारी समन्वय र सहकार्...

अत्यधिक गर्मीमा बाँकेमा विद्युत अनियमित, जनजीवन कष्टकर

नेपालगन्ज। बाँके जिल्लाको नेपालगन्ज, कोहलपुर र खजुरा लगायतका क्षेत्रमा गत केहिदिनदेखि अत्यधिक गर्मी बढेको छ । अत्यधिक गर्मी बढेकै समयमा जिल्लाको वि...

उद्योग मन्त्रालयले प्रधानमन्त्रीलाई बुझायो ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन

काठमाडौं । सरकार गठन भएको सय दिन पूरा हुनुअघि नै उद्योगमन्त्री गौरीकुमारी यादवले ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन प्रधानमन्त्री बालेन शाह लाई बुझाएकी छ...

तिलागुफाले स्थानीयलाई काजकिरिया खर्च उपलब्ध गराउने

कालीकोट । तिलागुफा नगरपालिकाले नगरभित्र बसोबास गर्ने नागरिकको मृत्यु भएमा काजकिरियाबापत रु १० हजार खर्च उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्ष २०८३/...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending