Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

पर्यटनको सम्भावना बोक्दै ‘टापुधाम’

खबरडबली संवाददाता

रोल्पा । रामपुर उपत्यका भित्रिने पूर्वी नाकामा अवस्थित टापुधामले पर्यटनको सम्भावना बोकेको छ । कालीगण्डकीको आडैमा रहेको सो धाम प्राकृतिक रुपमा अत्यन्तै सुन्दर र मनमोहक छ तर पर्यटन विस्तारका कामले फड्को मार्न भने सकेको छैन । कालीगण्डकीको तट रामपुर नगरपालिका–१ स्थित खटाङमा रहेको यो क्षेत्र प्रकृतिको अपार सुन्दरताले भरिपूर्ण छ ।

यहाँ पुग्ने जो कोही पनि सुन्दर प्राकृतिक छटासँग रोमलिन पुग्छन् । टापुधामलाई बग्दै गरेको नदीले दाहिने दिशा पारेर घेरेको छ । वर्षायामका बेला नदीको पानीले टापुलाई घेरेर बहन्छ । यो दृश्यले सबैको मनलाई टापुधामतिर तानिरहेको हुन्छ । पर्यटन विकासका काममा सम्बन्धित निकायले चासो नदिनु र प्रचार प्रसारको अभावमा भने पछाडि परिरहेको छ । 

हेर्दा अत्यन्तै रमणीय पवित्र कालीगण्डकीको किनारमा रहेको यो क्षेत्र आन्तरिक मात्र नभई बाह्य पर्यटकको लागि घुमफिर गर्ने उपयुक्त थलो रहेको बताउनुहुन्छ, रामपुर उपत्यका पर्यटन विकास समितिका अध्यक्ष श्यामकान्त खनाल । उनी भन्छन्, “रामपुर भित्रिने पूर्वी नाकामा रहेको छ, पोखरासँग नजिक पर्ने हुँदा लुम्बिनी प्रदेशको पूर्वीद्वारको रुपमा नेपालकै नमूना पर्यटकीयस्थल बन्न सक्ने भौगोलिक भूबनोट छ, प्रकृतिले दिएका यस्ता मूल्यवान क्षेत्रको समयमा नै विकास नहुँदा बत्तिमुनिको अध्याँरोजस्तै बनिरहेका छन् ।”

रामपुरको पर्यटन प्रवद्र्धन र विस्तारको निम्ति पर्यटन विकास समितिले अब पूर्वी रामपुरको प्रवेशद्वारबाट प्रचारप्रसारको काम थालनी गर्ने अध्यक्ष खनाल बताउछन् । अहिले यहाँ शिवपञ्चायनको मन्दिर, आश्रमस्थल, चौतारी, भजनकीर्तन मण्डली पौवा, शालिग्राम सङ्ग्रहालय निर्माण गरिएको टापुधाम क्षेत्र विकास समितिका अध्यक्ष रत्ना थापाले जानकारी दिए । 

“ठूलो वजेट प्राप्त नहुनु, साना–साना बजेटले ठूला काम गर्न कठिनाइ भएको छ, क्रमिकरुपमा त काम नभएका होइनन्, तर झट्ट हेर्दा ठूलै काम गरेर देखाउन सकिएको छैन, काम गर्न आर्थिककै सङ्कट परेको छ”, उनले भने ।

कालीगण्डी करिडोरदेखि करिब ४०० मिटर तल कालीनदीको किनारमा अवस्थित यो क्षेत्रमा प्राकृतिक दृश्यसँग रमाउन पुग्ने विस्तारै बढ्दैछन् । विशेष गरी यहाँ शालिग्राम सङ्ग्रहालय निर्माण गरिएपछि भने आउने जानेको चहलपहल बाक्लिदैछ ।

यहाँ पर्यटन बोर्डबाट रु पाँच लाख र रामपुर नगरपालिकाबाट रु पाँच लाख सहयोगमा शालिग्राम सङ्ग्रहालय निर्माण गरी प्रयोगमा ल्याइएको रामपुर नगरपालिका–१ का अध्यक्ष मित्रलाल कँडेलले बताए । “पर्यटन प्रवद्र्धनमा वडाले यस क्षेत्रलाई प्राथमिकतामा राखेको छ, यो क्षेत्र कालीगण्डकीको किनारमा रहेकाले पनि धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना छ, विकासको काममा वडाले विशेष ध्यान दिएर दिनेछ”, उनले भने ।
       
करिब दश रोपनी क्षेत्रफलमा फैलिएको छ । यहाँ विभिन्न संरचना निर्माणका लागि जग्गा प्रशस्त छ । लक्ष्मीनारायण गुठी सञ्चालन समितिका अध्यक्ष बृद्धिप्रकाश रेग्मी सडक स्तरोन्नति, यहाँको भौतिक पूर्वाधार विकास, पर्यटकीय संरचना निर्माण गर्नुपर्ने आवश्यकता छ भने । प्रकृतिले नै दिएको सुन्दर उपहार यस टापुधामको विकासमा सम्बन्धित निकायले बेलैमा ध्यान दिएर विकासका काम अगाडि बढाउन सके साच्चिकै यो क्षेत्र एक उत्कृष्ट पर्यटकीय क्षेत्रको रुपमा विकास हुनेछ ।

कालीगण्डकी करिडोरको आडैमा अवस्थित रहेकाले पनि यसको पर्यटकीय विकास भएको खण्डमा यहाँ दिनहुँ सयौँको सङ्ख्यामा पर्यटकको आवागमन हुनेछ । स्थानीय निकाय विभिन्न सङ्घ संस्था, व्यक्तिसँग रकम जुटाएर यसको भौतिक पूर्वाधार निर्माण गरी यसलाई छिट्टै नै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दै जान सकेको खण्डमा यो क्षेत्र उत्कष्ट पर्यटकीय गन्तव्यस्थल बन्नेछ । 

पछिल्लो समय स्थानीयस्तरमा यसको संरक्षण गर्दै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न कालीगण्डकी वारि र पारिका स्थानीयवासीले माग गरिरहेका छन् । यही टापुधामबाट कालीगण्डकी पारी रहेको तनहुँ जिल्लाको घिरिङ गाउँपालिका–१ को रमणीय भण्टार क्षेत्रलाई नियाल्दै प्रकृतिको अनुपम सुन्दरतासँग हराएको पत्तो हुँदैन । नगरपालिकाले यसलाई नगरका उत्कृष्ट पर्यटकीय क्षेत्रअन्तर्गत सूचीकृत गरेको छ । 

यहाँका स्थानीयवासी पदमबहादुर सिंले पुत्र प्राप्तिका लागि एक महिनासम्म टापुधाममा ध्यान गरेर बसेको र ध्यान पश्चात् पुत्र प्राप्त भएकाले २०५६ मा उनकै सक्रियतामा स्थानीयवासीको सहयोगमा यहाँ यज्ञ लगाइएको थियो ।

मनोकामना पूरा भएपछि पञ्चायन देवताको मन्दिर निर्माण गरिएको हो । यहाँका स्थानीयवासीले मागेको कुरा प्राप्त हुने भएपछि त्यस समयदेखि धार्मिक आस्था पनि बढ्दै गएको टापुधाम क्षेत्र विकास निर्माण समितिका सदस्य ऋषिराम तिवारी बताउछन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाजुराको रिलामा भाइरल ज्वरोका बिरामी बढ्दै

बाजुरा। बाजुराको बडीमालिका नगरपालिका –४ रिलामा भाइरल ज्वरोको प्रकोप बढ्दै गएको छ । यहाँका झण्डै १८० घरपरिवारमा भाइरल ज्वरोका बिरामीहरु रहेका छन् । पछि...

हिउँदयाममा बाँसस्थान फेरिएको मुस्ताङको साङ्ता गाउँ

मुस्ताङ। यहाँको मुस्ताङ–डोल्पा सडकको सिमाना नजिक एक सानो गाउँ छ । विसं २०२२ मा पहिचान भएको यस गाउँको नाम हो साङ्ता । पछि पत्ता लागेका कारण यहाँको साङ्...

सप्तरीबाट हराएका १११ जना अझै बेपत्ता

सप्तरी। सप्तरीबाट हराएका एक सयभन्दा बढी बालबालिका, महिला तथा ज्येष्ठ नागरिक फेला पर्न नसकेको प्रहरीको तथ्याङ्कले देखाएको छ । साढे तीन वर्षको अवधीमा...

अरुण नदीमा रहेको अवैध क्रसर उद्योग सञ्चालनमा रोक

भोजपुर । भोजपुरको अरुण गाउँपालिका–६ लेगुवाघाटमा अवैध रूपमा सञ्चालन हुँदै आएको क्रसर उद्योग सञ्चालनमा रोक लगाइएको छ ।  कुनै पनि कानुनी प्रक्रिया पूर...

सुकुम्वासीको समस्या समाधानका लागि पहल गरिरहेकै अवस्थामा मेरो सरकार ढालियो: प्रचण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्वासी समस्या समाधानका लागि पहल गरिरहेकै अवस्थामा आफ्नो सरकार ढालिएको कारण...

एनसेलको शेयर विवाद चाँडो समाधान हुनुपर्छ: सञ्चारमन्त्री खरेल

कठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दूरसञ्चार सेवा प्रदायक एनसेलको विवाद चाडो समाधान हुनुपर्ने बताएको छन् । नक्खुस्थित एनसेल कार्...

ईश्वर पोखरेलको अवधारणापत्र : नयाँ चुनौतीको सामना गर्न सक्षम हुनेगरी पार्टी सङ्गठनको पुनर्गठन गर्न जोड

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनका लागि तयार पारिएको अवधारणापत्र पार्टी केन्द्रीय कार्यालयमा बुझाएका...

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच २७ बुँदे मागबारे औपचारिक वार्ता शुरु

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग अभियन्ता तथा नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंबीच २७ बुँदे मागबारे औपचारिक वार्ता शुरु...

नख्खु कारागारबाट भागेको कैदी विराटनगरमा पक्राउ

विराटनगर। काठमाडौंको नख्खु कारागारबाट भागेका अपहरण तथा शरीर बन्धक मुद्दाका दोषी ठहरिएका एक जना भारतीय व्यक्तिलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।...

गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो

काठमाडौँ। पछिल्लो छ कारोबार दिन पुँजीबजार निरन्तर ओरालो देखिएको छ । गतहप्तादेखि निरन्तर घटिरहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा यस हप्ता कारो...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending