नेपालगन्ज। बाँके जिल्लाको नेपालगन्ज, कोहलपुर र खजुरा लगायतका क्षेत्रमा गत केहिदिनदेखि अत्यधिक गर्मी बढेको छ ।
अत्यधिक गर्मी बढेकै समयमा जिल्लाको विद्युत सेवा समेत निरन्तर अनियमित हुन थालेपछी स्थानीय बासिन्दाको जनजीवन अतिनै कष्टकर बन्दै गएको हो ।
गर्मीको बेला पनि पूर्वसूचना बिना पटकपटक विद्युत जानेआउने क्रम बढेकोले बाँकेका सर्वसाधारण, व्यवसायी तथा उद्योगीहरू समस्यामा परेको नागरिक सरोकार मञ्च बाँकेका संयोजक कृष्ण प्रसाद श्रेष्ठको भनाइ छ ।
उनले वर्षौंअघि लोडसेडिङ अन्त्य भएको घोषणा गरिए पनि अहिले फेरी छिन छिनमा विद्युत आउने जाने तथा कुनै कुनै बेला लामो समयका लागि बन्द हुने हुँदा स्थानीयलाई ठुलो समस्या भएको बताए ।
नेपालगन्ज अर्का नागरिक अगुवा नमस्कार शाहले अत्यधिक गर्मीका बेला घण्टौँसम्म विद्युत अवरुद्ध हुँदा नागरिकको दैनिक जीवन कष्टकर बनेको जनाउँदै यसबाट घरायसी कामकाजदेखि व्यापार, उद्योग, शैक्षिक संस्था र सरकारी कार्यालयसम्मका गतिविधि प्रभावित भएको बताए।
उहाँले विद्युतको अनियमित आपूर्तिका कारण इन्टरनेट सेवा अवरुद्ध हुने, खानेपानी वितरण प्रभावित हुने तथा साना उद्योगव्यवसायको उत्पादन र कारोबारमा प्रत्यक्ष असर पर्ने गरेको बताए।
बारम्बारको ट्रिपिङ र भोल्टेज उतारचढावले विद्युतीय उपकरणहरू बिग्रिने जोखिम समेत बढेको भन्दै उपभोक्ताले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
केहिदिन पहिले सोही समस्यालाई लिएर नागरिक समाजका अगुवाको एक टोलीले नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख सञ्जय कुमार मिश्रलाई भेटेर समस्या अवगत गराएका थिए ।
तर, अवस्थामा खासै परिवर्तन नभएको उहाँहरूको गुनासो छ । यस्तो भीषण गर्मीको बेला विद्युत अनियमित किन भएको भनी जानकारी माग्दा नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख मिश्रले यसको मुख्य कारण अकस्मात् हुने प्राविधिक समस्या, मर्मत सम्भार तथा प्रणाली स्तरोन्नतिको कार्य लगायत केन्द्रबाटै सिस्टम र सर्किट फेल हुने हुँदा नियमित रुपमा विद्युत दिन नसकिएको बताए।
उनले बाँकेमा कुनैपनि प्रकारको लोडसेडिङ नभएको दाबी गर्दै नेपालगन्ज र कोहलपुरमा बेला बेलामा देखिने विद्युत अनियमितताले स्थानीयलाई समस्यामा पारेको स्विकाए ।
नेपालगन्ज वितरण केन्द्रका प्रमुख मिश्रले आफूले अहिले रातदिन नभनि फल्ट भएको वा संभावित फल्ट हुने स्थानमा आफै पुगेर अन्य प्राविधिकसँगै विद्युत नियमित गर्ने कार्य गरिरहेको बताए।
यो वर्ष केही समस्या भएपनि अर्को वर्ष अहिलेका समस्या नदोहोरिने गरि वितरण केन्द्रले विशेष योजनाका साथ काम गरिरहेका उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १३ गते, २०८३ - १५:२२
सल्यान । सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि नि:शुल्क वितरण गरिने औषधिको अभाव भएको छ । यहाँका अस्पतालहरूमा उच्च रक्तचाप, मधुमेह, मान...
आषाढ़ १३ गते, २०८३ - १५:०८
काठमाडौँ। चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व सङ्कलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल गरेको छ । सरकारको दैनिक बजेटरी हिस...
आषाढ़ १३ गते, २०८३ - १४:५५
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न सरोकार भएका सबै निकायबिच प्रभावकारी समन्वय र सहकार्...
आषाढ़ १३ गते, २०८३ - १४:२५
नेपालगन्ज। बाँके जिल्लाको नेपालगन्ज, कोहलपुर र खजुरा लगायतका क्षेत्रमा गत केहिदिनदेखि अत्यधिक गर्मी बढेको छ । अत्यधिक गर्मी बढेकै समयमा जिल्लाको वि...
आषाढ़ १३ गते, २०८३ - १४:१०
काठमाडौं । सरकार गठन भएको सय दिन पूरा हुनुअघि नै उद्योगमन्त्री गौरीकुमारी यादवले ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन प्रधानमन्त्री बालेन शाह लाई बुझाएकी छ...
आषाढ़ १३ गते, २०८३ - १३:२५
कालीकोट । तिलागुफा नगरपालिकाले नगरभित्र बसोबास गर्ने नागरिकको मृत्यु भएमा काजकिरियाबापत रु १० हजार खर्च उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्ष २०८३/...
आषाढ़ १३ गते, २०८३ - १३:१२
काराकास। भेनेजुएलामा बुधबार गएको दुई शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुगेको छ । मृतकमध्ये विभिन्न देशका नागरिक पनि रहेको सम्बन्धित देशहरू...
आषाढ़ १३ गते, २०८३ - १२:५५
ललितपुर। काठमाडौँ उपत्यकामा पछिल्लो तीन महिनायता देखिएको बर्डफ्लु (एच-फाइभ एन-वान) सङ्क्रमण हाल तीव्र रूपमा फैलिन थालेको छ। पशुसेवा विभागका अनुसार हाल...
आषाढ़ १३ गते, २०८३ - १२:२७
काठमाडौँ। न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा शनिबार भएक...
आषाढ़ १३ गते, २०८३ - ११:४७
विराटनगर। विराटनगरका नेपाली कांग्रेस नेता अभिषेक गिरी पक्राउ परेका छन्। शनिबार बिहान प्रहरीले उनको घरमा छापा मारेर खानतलासी गरेपछि उनलाई नियन्त्रणमा ल...



प्रतिकृया लेख्नुहोस्: