दमौली । रमाइलोका लागि मात्र नभई विभिन्न सामाजिक कार्यका लागि देउसीभैलो खेल्नेक्रम बढेको छ । पछिल्लो समय तिहारमा खेलिने देउसीभैलोलाई विभिन्न सङ्घसंस्थाले सामाजिक कामसँग जोड्न थालेका छन् ।
व्यास नगरपालिका–२ अमरसिंह मार्ग टोल विकास संस्थामा आबद्ध स्थानीयवासीवासीले टोलमा सिसी क्यामरा जडानका लागि देउसीभैलो खेलेर रकम सङ्कलन गरेका छन् । ३५ घरधुरी रहेको टोलमा सिसी क्यामरा जडान गर्न आवश्यक रहेकाले देउसीभैलोबाट रु ६२ हजार १०५ सङ्कलन भएको टोलका अध्यक्ष हविव खानले जानकारी दिनुभयो । “यस टोलमा सिसी क्यामरा जडान गर्न अतिआवश्यक भइसकेको छ, शान्ति सुरक्षा कायम गर्न र अपराध नियन्त्रणका लागि सिसी क्यामरा आवश्यक छ”, उहाँले भन्नुभयो ।
बजार क्षेत्रमा चोरीलगायत शङ्कास्पद गतिविधि नियन्त्रण गर्न सघाउ पु¥याउने उद्देश्य लिएर आफूहरुले देउसीभैलो खेलेको टोलका सहसचिव विकल्प श्रेष्ठले बताउनुभयो । टोलवासीको सल्लाह र सुझावले नै आफूहरुले सिसी क्यामेरा जडान गर्न देउसीभैलो खेल्ने निर्णय गरेको उहाँले जानकारीदिनुभयो । उहाँका अनुसार देउसीभैलोबाट सङ्कलन भएको रकममा थपथाप गरी सिसी क्यामरा खरिद गरिने छ ।
सामाजिक भावना राखेर आफूहरुले खेलेको देउसीभैलो कार्यक्रममा टोलवासीले मन खोलेर दान गरेकाले थप हौसला मिलेको सस्थाका सदस्य गौरी थापाले बताउनुभयो । तिहारमा टोलले दमौली बजार क्षेत्रमा पहिलोपटक झिलीमिली बत्ती जडान गरेर चर्चा बटुलेको थियो ।
तीन महिनामा एक करोड राजश्व सङ्कलन
जिल्ला प्रशासन कार्यालय तनहुँले तीन महिनाको अवधिमा रु एक करोड भन्दा बढी राजश्व सङ्कलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष ०७८र७९ को साउनदेखि असोज मसान्तसम्म रु एक करोड २८ लाख ३१ हजार छ सय ३५ राजश्व सङ्कलन गरेको हो । राहदानी शुल्क, संस्था दर्ता, नवीकरण, हातहतियार नवीकरण, न्यायिक दण्ड लगायतबाट कार्यालयले उक्त राजश्व सङ्कलन गरेको हो । कार्यालयले सबैभन्दा बढी राहदानी शुल्कबाट राजश्व सङ्कलन गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार राहदानी शुल्कबाट मात्रै रु एक करोड २२ लाख १५ हजार, संस्था दर्ता÷नवीकरणबाट रु तीन लाख ४३ हजार तीन सय ९५, हातहतियारको इजाजतपत्र दस्तुरबाट रु ३५ हजार दुई सय र न्यायिक दण्ड, जरीवानाबाट रु दुई लाख ३८ हजार ४० राजश्व सङ्कलन भएको छ ।
कार्यालयले उक्त अवधिमा दुई हजार ९ सय ४० नागरिकता वितरण गरेको छ । वंशजका आधारमा दुई हजार ९ सय ३५ र वैवाहिक अङ्गिकृतका आधारमा पाँच नागरिकता वितरण गरिएको छ । सोही अवधिमा एक हजार ६ सय ६६ नागरिकताको प्रतिलिपि वितरण गरिएको छ ।
कार्यालयले एक हजार ७२ राहदानी वितरण, दुई हजार तीन सय ३५ जिल्लाबाट सिफारिस र चार सय २१ दु्रत सेवा सिफारिस गरेको छ । १२ जना विपद्बाट पीडित भएकामा कार्यालयले रु पाँच लाख ४८ हजार आर्थिक सहायता रकम प्रदान गरेको छ । ११ मुद्दा दर्ता भएकामा गत वर्षको समेत गरी १३ मुद्दा फछ्र्यौट भएको छ । आदिवासी जनजाति प्रमाणित सात सय ६५, दलित प्रमाणित दुई सय ९९, पेन्सन सिफारिस चार सय ३६ र एक हजार ४३ अन्य सिफारिस गरिएको छ । कार्यालयमा उक्त अवधिमा ३४ नयाँ संस्था दर्ता भएका छन् भने चार सय २५ संस्था नवीकरण भएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १३ गते, २०८३ - १८:०२
काठमाडौँ कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकै मञ्चबाट सम्बोधन गर्ने भएको छन् । फाउन्डेसनद्वारा जननेता मदन भण्डारीको ७५ ...
आषाढ़ १३ गते, २०८३ - १७:४८
जनकपुरधाम । धनुषाको जनकपुर उपमहानगरपालिका–९ स्थित थापा चौकमा रहेको थापा होटलबाट प्रहरीले पेस्तोल र गोलीसहित दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्न...
आषाढ़ १३ गते, २०८३ - १७:०२
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगले गरेको छानबिन तथा अनुसन्ध...
आषाढ़ १३ गते, २०८३ - १६:५३
विराटनगर । मोरङ जिल्ला कारागारका कैदीबन्दीको गर्मी भत्ता दुरुपयोग गरेको आरोपमा पक्राउ परेका अभिषेक गिरीको पक्ष र विपक्षमा शनिबार कारागारभित्र प्रदर्शन...
आषाढ़ १३ गते, २०८३ - १५:२२
सल्यान । सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि नि:शुल्क वितरण गरिने औषधिको अभाव भएको छ । यहाँका अस्पतालहरूमा उच्च रक्तचाप, मधुमेह, मान...
आषाढ़ १३ गते, २०८३ - १५:०८
काठमाडौँ। चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व सङ्कलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल गरेको छ । सरकारको दैनिक बजेटरी हिस...
आषाढ़ १३ गते, २०८३ - १४:५५
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न सरोकार भएका सबै निकायबिच प्रभावकारी समन्वय र सहकार्...
आषाढ़ १३ गते, २०८३ - १४:२५
नेपालगन्ज। बाँके जिल्लाको नेपालगन्ज, कोहलपुर र खजुरा लगायतका क्षेत्रमा गत केहिदिनदेखि अत्यधिक गर्मी बढेको छ । अत्यधिक गर्मी बढेकै समयमा जिल्लाको वि...
आषाढ़ १३ गते, २०८३ - १४:१०
काठमाडौं । सरकार गठन भएको सय दिन पूरा हुनुअघि नै उद्योगमन्त्री गौरीकुमारी यादवले ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन प्रधानमन्त्री बालेन शाह लाई बुझाएकी छ...
आषाढ़ १३ गते, २०८३ - १३:२५
कालीकोट । तिलागुफा नगरपालिकाले नगरभित्र बसोबास गर्ने नागरिकको मृत्यु भएमा काजकिरियाबापत रु १० हजार खर्च उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्ष २०८३/...



प्रतिकृया लेख्नुहोस्: