काठमाडौं। नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनको लागि आयोजक कमिटी गठन गरेको छ। सभापति शेरबहादुर देउवाको नेतृत्वमा मुल आयोजक कमिटी गठन गरेको हाे।
क्रियाशिल सदस्यता विवाद समाधान गरेर वडा, पालिका र जिल्ला अधिवेशन अन्तिम अवस्थामा पुगेपछि प्रदेश अधिवेशन गर्न लागेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए।
सभापति देउवाको नेतृत्वमा गठन गरेको समितीमा केन्द्रीय सदस्य, सांसद, प्रदेश संसदीय दलका नेतालगायत सदस्य हुनेछन्।
त्यस्तै, अर्थ संकलनकालागि सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई जिम्मेवारी दिइएको छ। भोजन तथा आवासका लागि सुरेन्द्रराज पाण्डेले, विदेशी पाहुना स्वागतका लागि प्रकाशशरण महतलाई जिम्मेवारी दिइएको छ। प्रचार संयोजकमा प्रवक्ता विश्वप्रकाश शर्मा छन्।
मञ्च व्यवस्थापन काठमाडौं सभापतिको नेतृत्वमा भक्तपुर र ललितपुरका सभापति सदस्य रहने गरि प्रस्ताव गरिएको छ। स्वास्थ्य क्षेत्रको जिम्मेवारीमा मोहनबहादुर बस्नेत, सांस्कृतिक समितिमा सीता गुरूङ संयोजक रहने प्रस्ताव गरेको छ।
प्रदेश १ को संयोजकमा कृष्णप्रसाद सिटौला, प्रदेश २ को संयोजकमा रमेश रिजाल, बागमतीको संयोजकमा प्रकाशमान सिंह, गण्डकीको संयोजकमा गोपालमान श्रेष्ठ, लुम्बिनीको संयोजकमा बालकृष्ण खाँणलाई जिम्मेवारी दिएको छ।
यस्तै, कर्णालीको संयोजकमा जीवनबहादुर शाही र सुदूरपश्चिमको संयोजकमा दिलेन्द्र बडुलाई जिम्मेवारी दिएकाे छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १९ गते, २०८२ - ०९:१५
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...
मंसिर १९ गते, २०८२ - ०९:१२
चितवन । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...
मंसिर १९ गते, २०८२ - ०९:०६
काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ। मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...
मंसिर १९ गते, २०८२ - ०८:५७
बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...
मंसिर १९ गते, २०८२ - ०८:१९
१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत
मंसिर १९ गते, २०८२ - ०८:१५
काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...
मंसिर १९ गते, २०८२ - ०८:०८
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...
मंसिर १९ गते, २०८२ - ०७:४०
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । ...
मंसिर १९ गते, २०८२ - ०७:३७
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...
मंसिर १९ गते, २०८२ - ०७:३४
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...




प्रतिकृया लेख्नुहोस्: