काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा १० बुँदे सहमतिको विवाद उत्कर्षमा पुगेको छ। अध्यक्ष केपी शर्मा ओलीले सहमति कार्यान्वयन नगर्ने अडान लिएपछि विवाद बढेको हो।
अन्य प्रदेशमा १० बुँदे सहमति कार्यान्वयन भइसकेको भएपनि उपाध्यक्ष भीम रावलको हकमा लागू भएको छैन। उपाध्यक्ष रावल पार्टी विभाजनअघि माधवकुमार नेपाल समूहमा रहेर ओलीको चर्कोे विरोध गर्नेमध्येको एक हुन्।
ओलीले सुदुरपश्चिम प्रदेशबाट आफ्नो इन्चार्जको जिम्मेवारी खोसेपछि रावल रुष्ट छन्। ओलीले माओवादी केन्द्रबाट आएका लेखराज भट्टलाई प्रदेश इन्चार्ज बनाएका छन्। ओलीले भट्टलाई तोकेपनि रावलले पनि आफ्नो दाबी छाडेका छैनन्।
सोही विवाद चर्किँदै जाँदा उपाध्यक्ष रावल पक्षले कैलाली क्षेत्र नं २ मा समानान्तर ढंगले महाधिवेशन प्रतिनिधि चयन गर्ने तयारी गरेको छ। संस्थापन पक्षले यसअघि नै महाधिवेशन प्रतिनिधि चयन गरिसकेको छ।


एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य एवम् लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाईँले मंगलबार सार्वजनिक सूचना जारी गर्दै महाधिवेशन प्रतिनिधि चयन गर्ने बताएका हुन्।
बुधबार १० बजे महाधिवेशन प्रतिनिधि चयनका लागि लागि भनेर भेला बोलाएको बजगाईँले उल्लेख गरेका छन्।
बजगाईँले फेशबुकमा निमन्त्रणको लागि आह्वान गर्दै लेखेका छन्, ‘मंसिर १० -१२ गतेसम्म चितवनमा हुन गइरहेको दशौं राष्ट्रिय महाधिवेशनमा कैलाली क्षेत्र नं २ बाट ६ पुरूष र ३ महिला गरि जम्मा ९ जना प्रतिनिधि छनोट गर्न देहायको मिति, समय र स्थानमा कैलाली क्षेत्र नं २ का सम्पूर्ण संगठित सदस्यको भेला आयोजना गरि छनोट गर्नुपर्ने भएकाले यस क्षेत्रमा रहेका हाम्रो पार्टीका सम्पूर्ण संगठित सदस्य कमरेडले यसै सूचनालाई आधार मानी उपस्थित भइदिनहुन हार्दिक अनुरोध गर्दछु।’
उनले महाधिवेशन प्रतिनिधि छनोट भइसकेको भन्ने भ्रम नपर्न आग्रह गरेका छन्। केहि अराजक, विधि पद्धति निति नियम नमान्ने तत्वद्वारा भ्रम फैलाइएको आरोप लगाएका छन्।
प्रतिनिधिका लागि सकेसम्म सर्वसम्मत तरिकाले नभए विधान अनुसार निर्वाचन माध्यमबाट हुने बताएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १४ गते, २०८२ - ०८:५५
काठमाडौं । प्रतिनिधिसभाको निर्वाचन आउन डेढ महिना पनि बाँकी नहुँदा अहिले मुख्य भनिएका दलहरूले जनता रिझ्याउन नयाँनयाँ घोषणापत्र तयार गरिरहेको बताएका छन्...
माघ १४ गते, २०८२ - ०८:४५
खोटाङ । पाठेघर खस्ने समस्या भएका हलेसी तुवाचुङ नगरपालिकाका १३ महिलाको सफल शल्यक्रिया भएको छ । नगरपालिकाकाभित्रका सबै स्वास्थ्यचौकीमा परीक्षण गर्दा सो...
माघ १४ गते, २०८२ - ०८:४१
पर्सा । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु ९० अर्ब छ करोड मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज नाका हँुदै गत आवको छ महिनाको...
माघ १४ गते, २०८२ - ०८:०८
शेरबहादुर देउवाको साथ रहने सभापति थापाको विश्वास
माघ १४ गते, २०८२ - ०७:५९
काठमाडौँ । नेपाली बजारमा सुन र अमेरिकी डलरको मूल्य हरेक दिन उकालो लागिरहेको छ । सुन र अमेरिकी डलरको बजार मूल्य/विनिमय दरले हरेक दिन नयाँ रेकर्ड बनाइरह...
माघ १४ गते, २०८२ - ०७:५५
काठमाडौँ । २१ फागुनका लागि निर्वाचनको सरगर्मी चलिरहेका वेला चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डल ‘गोप्य’ रूपमा नेपाल आएर फर्केको छ । पार्टी मुख्...
माघ १४ गते, २०८२ - ०७:३६
बागलुङ । बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको बागलुङ नगरपालिका–९ स्थित ‘ब्लु हिल’मा अहिले पूर्वाधार निर्माणलाई तीव्रता दिइएको छ । आगामी असार...
माघ १४ गते, २०८२ - ०७:२९
काठमाडौँ । निर्वाचन आयोगद्वारा सञ्चालित कल सेन्टरमा मतदाता नामावलीका बारेमा धेरैले जिज्ञासा राख्ने गरेका छन् । मतदाता नामावलीमा नाम भए नभएको बारे धेरै...
माघ १४ गते, २०८२ - ०७:२६
काठमाडौँ । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको छ । जनक शिक्षा ...
माघ १४ गते, २०८२ - ०७:२१
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश...




प्रतिकृया लेख्नुहोस्: