काठमाडौं । राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय महाधिवेशनको मिति नजिकिँदै छ। यही ११ देखि १३ गतेसम्म काठमाडौंमा महाधिवेशन हुँदैछ।
महाधिवेशनको तयारी तिव्र रुपमा भइरहेको राप्रपा प्रचार विभाग संयोजक मोहन श्रेष्ठले जानकारी दिए। पहिलोपटक सक्रिय सदस्यबाट महाधिवेशन प्रतिनिधि चयन राप्रपाले नेतृत्व चयन गर्न लागको उनले बताए।
उनका अनुसार ४ र ५ गते राप्रपाका महाधिवेशन प्रतिनिधि छनोट हुने कार्यतालिका रहेको छ ।
उनी भन्छन्, ‘महाधिवेशनको तयारी तिव्र रुपमा भइरहेको छ। महाधिवेशनबाट पहिलो पटक सबै निर्वाचित पदाधिकारी ल्याउनेगरी पार्टीको विधान बन्दैछ।’
सोमबार मात्रै राप्रपाले प्रदेश अधिवेशन गरेको थियो। प्रदेश अधिवेशनपछि राप्रपाको तीनै अध्यक्ष महाधिवेशनमा केन्द्रीत भएर आफैंलाई अध्यक्षको दावेदारको रुपमा प्रस्तुत गर्ने तिव्र तयारीमा छन्।
‘अहिलेसम्म अध्यक्षमा अध्यक्षत्रय पशुपतिशमशेर जबरा, कमल थापा र डा. प्रकाशचन्द्र लोहनीसहित राजेन्द्र लिङ्देन र धवल शम्शेर राणाले दाबी गरिराख्नुभएको छ’ राप्रपा निकट स्रोतले भन्यो, ‘महाधिवेशन केन्द्रीत भएर यहाँ धेरै समीकरण बन्ने र भत्किने क्रम जारी छ। अहिल्यै कसले कसलाई समर्थन गर्छ भन्ने भन्न सक्ने अवस्था छैन।’
अध्यक्षत्रयलाई अभिभावकको रूपमा रहेर नेतृत्व सम्हाल्न तयार भएको लिङ्देनलाई अध्यक्ष थापाले साथ दिने सम्भावना कमै मात्रै भएको स्रोतको दाबी छ।
‘सकेसम्म उहाँ आफै एक अध्यक्षको नेतृत्व चलाउने दौडमा हुनुहुन्छ। त्यसैले उहाँले लिङ्देनलाई साथ दिनुहुन्छ भन्ने लाग्दैन’ स्रोतले भन्यो, ‘अध्यक्ष थापा मात्रै नभएर राणा र लोहनी पनि समीकरण बनाउन मै व्यस्त हुनुहुन्छ।’
अध्यक्षत्रयकै फेरि दाबी रहेकाले राप्रपामा पनि नयाँ नेतृत्व आउने सम्भावना कमै रहेको नेताहरु बताउँछन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १ गते, २०८२ - ०९:२२
धनुषा । पछिल्ला वर्षहरूमा जिल्लास्थित अतिविपन्न समुदायले ‘परिवार योजनाको सेवा’ लाई निर्धक्क उपयोग गर्न थालेका छन् । पायक पर्ने स्थानमा परिवार योजनाको ...
माघ १ गते, २०८२ - ०९:१८
काठमाडौँ । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स...
माघ १ गते, २०८२ - ०९:१५
काठमाडौं । कांग्रेसभित्रको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवाले बोलाएको बैठक उनको निवास महाराजगञ्जमा सुरु भएको छ । भृकुटीमण्डपमा दोस्रो विश...
माघ १ गते, २०८२ - ०८:०७
नजिकैको जंगलबाट १ करोड ८० लाख बरामद, चालक प्रहरी नियन्त्रणमा
माघ १ गते, २०८२ - ०८:००
काठमाडौं । झापा ५ एमाले अध्यक्ष केपी ओलीको आधार क्षेत्र हो । हुन पनि सो क्षेत्रमा ०४८ यताका सातमध्ये ६ निर्वाचन ओलीले नै जितेका थिए । ०६४ को संविधानसभ...
माघ १ गते, २०८२ - ०७:५५
काठमाडौं । सहमतिका लागि मंगलबार राति अबेरसम्म गरिएको पहल निष्कर्षमा पुग्न नसकेपछि कांग्रेस विभाजनको संघारमा पुगेको छ । विशेष महाधिवेशन पक्षधरले राखेको...
माघ १ गते, २०८२ - ०७:४८
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र अभियन्ता सुमन सायमी नेतृत्वको समूहबीच आज एकता हुँदैछ । आज दिउँसो एक बजे राष्ट्रिय सभागृहमा एकता सभा ह...
माघ १ गते, २०८२ - ०७:३४
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत मनोनयन दर्ताको समय फेरि थप गरिएको छ। यसअघि मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्मका लागि तय गरिएको...
माघ १ गते, २०८२ - ०७:३१
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ। बिहान ८ बजे केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो। भृकुट...
माघ १ गते, २०८२ - ०७:२४
दमौली । तनहुँंको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ परेका छन् । शनिबार...




प्रतिकृया लेख्नुहोस्: